टिपरको ठक्करबाट विद्यार्थीको ज्यान गएपछि रुपनी तनावग्रस्त, प्रहरीद्वारा १३ राउण्ड हवाई फायर

राजविराज राजविराज
|
मंगलबार, पौष ५, २०७९
|
|
३६ पटक हेरिएको
Shares
टिपरको ठक्करबाट विद्यार्थीको ज्यान गएपछि रुपनी तनावग्रस्त, प्रहरीद्वारा १३ राउण्ड हवाई फायर

सारांश

  •     राजविराज–रुपनी सडक खण्डमा विद्यालयबाट घर फर्किदै गरेकी रुपनी गाउँपालिका १ निवासी शंकर यादवका १२ वर्षिया छोरी रिताकुमारीको ना.
  • १क.
  • ८५४२ नं.

दैनिक समाचारदाता
राजविराज, ५ पुस ।

    सप्तरीको रुपनीमा विद्यालयबाट साइकल चढेर घर फर्कदै गरेकी एक विद्यार्थी (छात्रा)को मंगलबार बिहान टिपरको ठक्करबाट ज्यान गएपछि बिहानैदेखी तनावग्रस्त बन्यो । 
    राजविराज–रुपनी सडक खण्डमा विद्यालयबाट घर फर्किदै गरेकी रुपनी गाउँपालिका १ निवासी शंकर यादवका १२ वर्षिया छोरी रिताकुमारीको ना.१क. ८५४२ नं.को टिपरले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवले जानकारी दिएका छन् । 
    दुर्घटना पश्चात् आक्रोसित विद्यार्थी, आफन्त र स्थानियले ठाउँ ठाउँमा टायर बालेर चर्को प्रदर्शन तथा पूर्वपश्चिम राजमार्गको रुपनी खण्डमा आवागमन ठप्प पारेपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले एक दर्जन बढी हवाई फायर र अऋ ग्यास प्रहार गरेको थियो । 
    मृतकका बुबा बैदेशिक रोजगारमा छन् । स्थानिय रायपुर उच्चमाविमा कक्षा ६ मा अध्ययनरत उनको घटनास्थलमै मृत्यु भएपछि आक्रोसित विद्यार्थी तथा स्थानियवासीले चक्काजाम गरि ठक्कर दिने गाडी तथा नजिकै रहेको इलाका प्रहरी कार्यालय रुपनीमा ढुंगामुढा र तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गर्नुका साथै १३ राउण्ड हवाई फायर र ८ राउण्ड अऋ ग्यास सेल प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी नरेशकुमार सिंहले जानकारी दिए । 
    प्रदर्शनकारीले गरेको ढुंगामुढाबाट इलाका प्रहरी कार्यालय रुपनीको झ्यालका सिसाहरु फुटेका छन् भने दुई जना प्रहरी समेतलाई चोट लागेको छ । ठक्कर दिने गाडी र चालक भुपाल चौधरीलाई नियन्त्रणमा लिई कार्यवाही प्रक्रिया अघि बढाइएको तथा स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 
    स्थानियले भने प्रहरीले समेत ढुंगामुढा गरेको र सो क्रममा स्थानिय सन्तोष यादव र श्रवण यादव घाइते भई उपचारका लागि युनिक अस्पतालमा भर्ना गरिएको छ । 
    आक्रोसित विद्यार्थी र आफन्तले चालकमाथी सवारी ज्यान मुद्दा अन्तरगत कारवाही हुनुपर्ने, उक्त सडकखण्डमा बाटो नै अवरुद्ध हुने गरि जथाभावी बालुवा, गिटी थुपार्ने निर्माण कम्पनीमाथी कारवाही हुनुपर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ती, घाइतेको उपचार, टिपरहरुमा टाइमकार्ड लागु तथा बल प्रयोग गर्ने प्रहरीमाथी विभागिय कारवाही हुनुपर्ने माग गरेका छन् । 
    यसैबीच आन्दोलनकारी, मृतकका आफन्त, गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा प्रहरी अधिकारीबीच भएको तीन घण्टा लामो छलफल सहमति नजिक पुगेपछि मंगलबारै साँझदेखी आवागमन सूचारु गरिएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
विद्यालयको लापरवाहीले विद्यार्थीको मृत्यु भएको भन्दै कारवाहीको माग गर्दै प्रदर्शन 
विद्यालयको लापरवाहीले विद्यार्थीको मृत्यु भएको भन्दै कारवाहीको माग गर्दै प्रदर्शन 
मैथिली भाषालाई सरकारी कामकाजको भाषा रूपमा मान्यता दिनुपर्नेमा जोड 
मैथिली भाषालाई सरकारी कामकाजको भाषा रूपमा मान्यता दिनुपर्नेमा जोड 
ज्येष्ठ सदस्य न्यौपानेलाई शपथ 
ज्येष्ठ सदस्य न्यौपानेलाई शपथ 
खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु 
खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु 
एकै दिन १३ जना संक्रमित पुष्टि भएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो 
एकै दिन १३ जना संक्रमित पुष्टि भएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो 
सप्तरीमा लिटिल स्टार्स शो २०२६ आयोजना हुने
सप्तरीमा लिटिल स्टार्स शो २०२६ आयोजना हुने
सप्तरीमा निषेधाज्ञा १३ दिनका लागि बिस्तार
सप्तरीमा निषेधाज्ञा १३ दिनका लागि बिस्तार
आन्दोलनकारीलाई फुटाउने खेल गर्न थाल्यो ः मिटरब्याजी पीडित
आन्दोलनकारीलाई फुटाउने खेल गर्न थाल्यो ः मिटरब्याजी पीडित
सशस्त्र असई हत्या घटनामा एसपी  खड्कामाथि विभागीय कारबाहीको सिफारिस
सशस्त्र असई हत्या घटनामा एसपी  खड्कामाथि विभागीय कारबाहीको सिफारिस

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?