सप्तरीमा लिटिल स्टार्स शो २०२६ आयोजना हुने

दैनिक संवाददाता दैनिक संवाददाता
|
शनिबार, श्रावण २, २०८३
|
|
१५२ पटक हेरिएको
Shares
सप्तरीमा लिटिल स्टार्स शो २०२६ आयोजना हुने

सारांश

  • मिस्ट्री डान्स गाइज विराटनगरको आयोजना तथा सप्तरी कालाकार संघ नेपालको समन्वयमा उक्त शो सञ्चालन हुन लागेको हो ।
  • भदौ ६ गते देखि अडिसन कार्यक्रम सुरु गर्न लागिएको आयोजक संस्थाले शनिबार पत्रकार सम्मेलनको आयोजन गरी जानकारी दिएको छ ।
  • मोडलिङ्गमा रुचि भएका, विभिन्न कारणले क्षमता देखाउने अवसर नपाएका तथा उनीहरुको क्षमता, व्यक्तित्व विकास अभिवृद्धि र प्रतिभा मार्फत देश तथा अन्तराष्ट्रियस्तरमा छुट्टै पहिचान स्थापित गराउने उद्देश्यले उक्त शो को आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
दैनिक समाचारदाता
राजविराज, २ साउन । 
सप्तरीमा पहिलो पटक बालबालिकाको क्षमता तथा व्यक्तित्व विकास, अभिवृद्धि र प्रतिभा मार्फत छुट्टै पहिचान स्थापितका लागि लिटिल स्टार्स शो २०२६ को आयोजना हुने भएको छ ।
मिस्ट्री डान्स गाइज विराटनगरको आयोजना तथा सप्तरी कालाकार संघ नेपालको समन्वयमा उक्त शो सञ्चालन हुन लागेको हो । भदौ ६ गते देखि अडिसन कार्यक्रम सुरु गर्न लागिएको आयोजक संस्थाले शनिबार पत्रकार सम्मेलनको आयोजन गरी जानकारी दिएको छ ।
मोडलिङ्गमा रुचि भएका, विभिन्न कारणले क्षमता देखाउने अवसर नपाएका तथा उनीहरुको क्षमता, व्यक्तित्व विकास अभिवृद्धि र प्रतिभा मार्फत देश तथा अन्तराष्ट्रियस्तरमा छुट्टै पहिचान स्थापित गराउने उद्देश्यले उक्त शो को आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
शो को ग्राण्ड फिनाले भने असोज १० गते राजविराजस्थित शिवशंकर चलचित्र मन्दिर भवनमा आयोजना हुने आयोजक संस्थाका अध्यक्ष संजीव सहनी (ज्याक)ले जानकारी दिए ।
सप्तरीमा पहिलो पटक आयोजना हुन लागेको उक्त शो मा ६ देखि ९ तथा १० देखि १४ बर्ष उमेर समूहका गरी दुई समूहमा प्रतिस्पर्धा हुने आयोजक संस्थाका कार्यक्रम निर्देशक रौनक अग्रबालले जानकारी दिए ।
शो मा सहभागीहरुलाई तीन चरणमा २८ दिनको तालिम पनि दिईनेछ । उनीहरुलाई कोरियोग्राफर, फोटोग्राफर, डान्सर तथा विभिन्न बिषयका विज्ञ प्रशिक्षकबाट तालिम प्रदान गरी ग्राण्ड फिनाले का लागि छनौट गरिने कार्यक्रम निर्देशक अग्रवालको भनाई छ ।
शो मा सहभागी हुनेले दर्ता वापत पाँचसय र तालिम बापत ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने निर्देशक अग्रवालले बताए । उनले उक्त शो जित्न भन्दा पनि सिकाउनका लागि र प्रतिभा खोज्नका लागि आयोजना गर्न लागिएको बताएका छन् ।
ग्राण्ड फिनाले अन्तर्गत वाक कला, हाजिरी जवाफ, प्रश्नोत्तर, हाउभाउ, व्यक्तित्व, कला, नृत्य र प्रस्तुती लगायतका मुल्यांकन विधि प्रयोग गरिने तथा निर्णयक मंडलीबाट विजेयताको छनौट गर्ने आयोजक संस्थाका सदस्य साहिल खानले जानकारी दिए ।
उक्त शो राजविराजपछि क्रमशः जनकपुर, पोखरा, धनकुट्टा, चितवन, काठमाडौं र विराटनगरमा हुने तथा त्यसपछि छनौट भएकाहरुबीच नेपाल लिटिल स्टार्स शो को आयोजना गरिने छ । उक्त शो मा छनौट भएकाले अन्तारिष्ट्रय लिटिल स्टार्स शो मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनताको दवाबपछि राति अबेरसम्म सडक मर्मत
जनताको दवाबपछि राति अबेरसम्म सडक मर्मत
सेनाद्वारा चुरे क्षेत्रमा चार हजार बोट बिरुवा रोपिए
सेनाद्वारा चुरे क्षेत्रमा चार हजार बोट बिरुवा रोपिए
स्थानिय तहमा कक्षा पढाई कार्यक्रम पु¥याउनुपर्नेमा जोड
स्थानिय तहमा कक्षा पढाई कार्यक्रम पु¥याउनुपर्नेमा जोड
कनकपट्टीमा ३४ सुकुम्वासी दलित परिवारका  लागि सुरक्षित भवन निर्माण हुँदै
कनकपट्टीमा ३४ सुकुम्वासी दलित परिवारका  लागि सुरक्षित भवन निर्माण हुँदै
शौचालय सेफ्टी टयांकीको फोहर पानी बाहिर बग्दा अस्पताल क्षेत्र दुर्गन्धित 
लायन्सद्वारा अस्पताललाई चार सय भिटिएम किट प्रदान
लायन्सद्वारा अस्पताललाई चार सय भिटिएम किट प्रदान
उपचार खर्च माग्दै पीडित परिवार तथा  आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
उपचार खर्च माग्दै पीडित परिवार तथा  आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
नयाँ मुख्यमन्त्री नियुक्तिको विरोध
नयाँ मुख्यमन्त्री नियुक्तिको विरोध