दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख ।
राजविराज उच्च अदालत वार एशोसिएशनद्वारा बिहीबार आयोजित एक कार्यक्रमबीच स्व. काशीराज गंगदेवी सम्मान पुरस्कार २०८३ प्रदान गरिएको छ ।
यस वर्ष वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान“ पुरस्कार प्रदान गरिएको हो । मानव अधिकारको क्षेत्रमा बर्ष भरी काम गर्ने कानून व्यवसायीलाई यो पुरस्कारबाट सम्मानित गर्ने गरिन्छ ।
दाता परिवारका सदस्य वरिष्ठ अधिवक्ता सुजीत पोखरेलले पुरस्कार राशी नगद १५ हजार र प्रमाण पत्र रहेको जानकारी दिदै विगत दुई वर्ष देखि यो पुरस्कार प्रदान गर्दै आइरहेको बताए ।
पहिलो पटक यस पुरस्कारबाट वरिष्ठ अधिवक्ता हिम्मत सिंह र दोश्रो पटक वरिष्ठ अधिवक्ता अमर बहादुर पाण्डेलाई प्रदान गरिएको थियो ।
उच्च वारका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सप्तरी जिल्ला अदालतमा भर्खरै आएका न्यायाधीश बाबुराम भट्टराईलाई स्वागत गरिएको थियो ।
यस्तै बिहीबारै सम्पन्न अर्को कार्यक्रममा उच्च अदालत जनकपुर राजविराज इजलाशका प्रमुख न्यायाधीश सुभाष पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बितेको २०८२ पौष १८ गते देखि पौष २४ गते सम्म राजविराजमा सञ्चालन भएको “फौजदारी कानून विषयक आधारभुत तालिम“ मा सहभागी ४० जनालाई सो तालिमको प्रमाण–पत्र बितरण गरिएको छ ।
वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
सारांश
- यस वर्ष वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान“ पुरस्कार प्रदान गरिएको हो ।
- मानव अधिकारको क्षेत्रमा बर्ष भरी काम गर्ने कानून व्यवसायीलाई यो पुरस्कारबाट सम्मानित गर्ने गरिन्छ ।
- दाता परिवारका सदस्य वरिष्ठ अधिवक्ता सुजीत पोखरेलले पुरस्कार राशी नगद १५ हजार र प्रमाण पत्र रहेको जानकारी दिदै विगत दुई वर्ष देखि यो पुरस्कार प्रदान गर्दै आइरहेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया