राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले  ग¥यो चौथो चरणको आन्दोलन घोषणा

राजविराज राजविराज
|
सोमबार, श्रावण २६, २०८२
|
|
१३९ पटक हेरिएको
Shares
राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले  ग¥यो चौथो चरणको आन्दोलन घोषणा

सारांश

  •     यस अघि तीन चरणको आन्दोलन गरिसकेका संघर्ष समितिले माग पुरा नभएपछि चौथो चरणको आन्दोलन घोषणा गरेको हो ।
  •     संघर्ष समितिका संयोजक इरसाद अन्सारीको नेतृत्वमा सोमबार प्रमुख जिल्ला अधिकार भोला दाहाललाई आन्दोलनको घोषणाका साथै ६ बुँदे माग अघि सार्दै ज्ञापनपत्र समेत बुझाइएको छ ।
  •     बुझाइएको ज्ञापनपत्रमा भदौ ५ गते स्थानीय गजेन्द्र चोकमा पत्रकार सम्मेलन गर्ने, ७ गते लाठी जुलुससहित खबरदारी सभाको आयोजना गर्ने, ९ गते सिटी जुलस प्रदर्शन गरिने, ११ गते राजविराज नगरपालिकामा २ घण्टा धर्ना दिने, १४ गते मसाल जुलुस प्रदर्शन गर्ने, १५ गते राजविराज बजार बन्द गरी नगरपालिका कार्यालयमा ताला लगाउने कार्यक्रम रहेको छ ।

दैनिक समाचारदाता
राजविराज, २६ साउन । 

    दशकौंदेखी ब्लक, बिटोरी जग्गाको लालपूर्जा पाउनबाट बञ्चित राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।
    यस अघि तीन चरणको आन्दोलन गरिसकेका संघर्ष समितिले माग पुरा नभएपछि चौथो चरणको आन्दोलन घोषणा गरेको हो ।
    संघर्ष समितिका संयोजक इरसाद अन्सारीको नेतृत्वमा सोमबार प्रमुख जिल्ला अधिकार भोला दाहाललाई आन्दोलनको घोषणाका साथै ६ बुँदे माग अघि सार्दै ज्ञापनपत्र समेत बुझाइएको छ ।
    बुझाइएको ज्ञापनपत्रमा भदौ ५ गते स्थानीय गजेन्द्र चोकमा पत्रकार सम्मेलन गर्ने, ७ गते लाठी जुलुससहित खबरदारी सभाको आयोजना गर्ने, ९ गते सिटी जुलस प्रदर्शन गरिने, ११ गते राजविराज नगरपालिकामा २ घण्टा धर्ना दिने, १४ गते मसाल जुलुस प्रदर्शन गर्ने, १५ गते राजविराज बजार बन्द गरी नगरपालिका कार्यालयमा ताला लगाउने कार्यक्रम रहेको छ । 
    यस्तै १६ गते संघर्ष समिति तथा नगरबासीको वृहत बैठक बसी आन्दोलनको समीक्षा गर्दै पाँचौ चरणको आन्दोलन घोषणा गरिने संघर्ष समितिका संयोजक अन्सारीले जानकारी दिए ।
    यसैगरि सोही ज्ञापनपत्रमा राजविराज हटियामा निर्माणाधीन व्यवसायिक कम्पलेक्सको निर्माण कार्य अविलम्ब सकाएर व्यापारीलाई हस्तान्तरण, खाडो नदी तट्बन्ध क्षेत्रका जग्गाहरूको नापी, राजविराज–कंचनपुर सड़क खण्डको निर्माण कार्यमा देखिएका समस्या अविलम्ब समाधान, सीमा नाकामा विषादी परिक्षणका लागि क्वारेन्टाइनको व्यवस्था, लामखुट्टे नियन्त्रणका लागी नगर क्षेत्रमा अविलम्ब औषधी छर्कने व्यवस्था तथा सप्तरीको सिमानाका क्षेत्रमा वर्षौदेखि बन्द रहेका छोटी भंसार कार्यालयहरु अविलम्व संचालन गर्न माग अघि सारिएको छ ।
    यसअघि ब्लक, बिटोरी जग्गाको आन्दोलनका क्रममा गत फागुन १८ गते नगरपालिका, स्थानीय प्रशासन, सुरक्षा निकाय, नापी कार्यालय, मालपोत कार्यालय लगायतका सरोकारवाला निकायका प्रमुखको उपस्थितिमिा भएको सहमति कार्यान्वयनमा ढिलाई भएको भन्दै पुनः आन्दोलनमा जाने निर्णय गरिएको संघर्ष समितिका संयोजक अन्सारीले जानकारी दिए । 
    बि.स. २०१६ सालमा राजविराज नगरपालिका स्थापना भएको काल देखी नै नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ बायाँका करिब ७० विगहा क्षेत्रफलमा वसोवास गर्दै आएका ५ हजार २ सय परिवार जग्गाधनी पुर्जा पाउनबाट बञ्चित रहेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्मानजनक जिम्मेवारीका लागि जोड
सम्मानजनक जिम्मेवारीका लागि जोड
दुई सातादेखि विद्यालय नगएका छात्र मृत फेला, २६ वर्षिया महिलाद्वारा आत्महत्या 
सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
लोहजरा दहमा पत्रकार  महासंघको साधारण सभा हुने
लोहजरा दहमा पत्रकार  महासंघको साधारण सभा हुने
कर्मचारी पदपूर्ती सम्बन्धी प्रकाशित सूचनाको विषयलाई  लिएर अस्पताल प्रमुखको कार्यकक्षमा तालाबन्दी
कर्मचारी पदपूर्ती सम्बन्धी प्रकाशित सूचनाको विषयलाई  लिएर अस्पताल प्रमुखको कार्यकक्षमा तालाबन्दी
विपन्न १ सय ६८ परिवारलाई खाद्यान्नसहित शैक्षिक तथा सरसफाई सामाग्री बितरण 
विपन्न १ सय ६८ परिवारलाई खाद्यान्नसहित शैक्षिक तथा सरसफाई सामाग्री बितरण 
विद्युत सर्ट भएर आगलागि हुँदा तीस लाखको क्षति
विद्युत सर्ट भएर आगलागि हुँदा तीस लाखको क्षति
शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने
शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने
एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जनाको समस्या समाधान
एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जनाको समस्या समाधान
चालक परिवर्तन भए नभएको जानकारी दिने  उद्देश्यले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा
चालक परिवर्तन भए नभएको जानकारी दिने  उद्देश्यले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?