दैनिक समाचारदाता
राजविराज, ४ कात्तिक ।
कोरोना महामारीका बीच अति, गरिव तथा असहाय परिवारलाई गुजारा चलाउनको निम्ति कठिनाई भएपछि सबल नेपालले खाद्यान्न, शैक्षिक तथा सरसफाई सामग्री बितरण गरेको छ ।
सप्तरीको खडक नगरपालिका वडा १, २, ३ र ५ तथा सुरुङ्गा नगरपालिकाको ३, ९ र १० अति प्रभावित १ सय ६८ परिवारलाई प्रतिपरिवार ८ हजार ६ सय २५ बराबरको खाद्यान्न र आवश्यकता अनुसार २ हजार ५ सय पर्ने शैक्षिक सामग्री, एक हजार बरावरको बेबी प्याक सेभ द चिल्ड्रेनको सहयोगमा वितरण गरिएको हो ।
सुरुङ्गा नगरपालिकास्थित कदमाहामा नगर प्रमुख मुक्तिनाथ चौधरीले सो कार्यक्रमको सुरूवात गर्दै नगरका सबै प्रभावित परिवारहरुलाई सहयोग गर्ने योजना रहेको बतााए । उनले संकटको बेलामा सबल नेपाल र सेभ द चिल्ड्रेनले पु¥याएको सहयोगको प्रशंसा गरे ।
उक्त कार्यक्रममा अनावश्यक भिड र झन्झट न्यूनीकरण गर्नका लागि प्रभु बैंक लिमिटेडको प्राविधिक सहयोगममा मार्फत उक्त सामग्रीहरु प्रभावित परिवारहरुलाई भौचर कोडलाई उपलब्ध गराई छुटाछट्टै तोकिएको पसलमा सेवाग्राहीले सजिलै सामग्री सँग साट्ने गरि व्यवस्था मिलाउनमा सहयोग गरेको सबल नेपालका कार्यक्रम अधिकृत रोशन मण्डलले बताए ।
यस अघि पनि सबल नेपालले नै बन्दाबन्दिको कारण जिविकोपार्जन र रोजगार गुमाएका १ सय ५० बढी परिवारलाई सहयोग गरेको थियो ।
विपन्न १ सय ६८ परिवारलाई खाद्यान्नसहित शैक्षिक तथा सरसफाई सामाग्री बितरण
सारांश
- सप्तरीको खडक नगरपालिका वडा १, २, ३ र ५ तथा सुरुङ्गा नगरपालिकाको ३, ९ र १० अति प्रभावित १ सय ६८ परिवारलाई प्रतिपरिवार ८ हजार ६ सय २५ बराबरको खाद्यान्न र आवश्यकता अनुसार २ हजार ५ सय पर्ने शैक्षिक सामग्री, एक हजार बरावरको बेबी प्याक सेभ द चिल्ड्रेनको सहयोगमा वितरण गरिएको हो ।
- सुरुङ्गा नगरपालिकास्थित कदमाहामा नगर प्रमुख मुक्तिनाथ चौधरीले सो कार्यक्रमको सुरूवात गर्दै नगरका सबै प्रभावित परिवारहरुलाई सहयोग गर्ने योजना रहेको बतााए ।
- उनले संकटको बेलामा सबल नेपाल र सेभ द चिल्ड्रेनले पु¥याएको सहयोगको प्रशंसा गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया