दैनिक समाचारदाता
राजविराज, २० पुस ।
निर्माण व्यवसायी संघ सप्तरीको १३ औं वार्षिक साधारण सभा एवं अधिवेशनको उद्घाटन समारोह शुक्रबार सम्पन्न भएको छ ।
संघका वर्तमान अध्यक्ष एनेश्वर दासको अध्यक्षता तथा निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रबि सिंहको प्रमुख आतिथ्यमा आयोजित समारोहमा महासंघका प्रथम उपाध्यक्ष एडी लामा, महासचिव रोशन दाहाल, नीतिगत उपमहासचिव शिवहरी घिमिरे, मधेश प्रदेश उपाध्यक्ष कैलाश प्रसाद यादव, उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य अरुण प्रधान, नेपाली काँग्रेस सप्तरीका सभापती रामदेव साह, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, जनमतका जिल्ला इन्र्चाज रामगमन साह, जिल्ला समन्वय समिती सप्तरीका प्रमुख शिव नारायण साह लगायतले निर्माण व्यवसायीले भोग्नु परिरहेको पीडा समाधानका लागी राज्यले पहल गर्नू पर्नेमा जोड दिदै साधारण सभाको सफलताको शुभकामना दिए ।
कार्यक्रममा विभिन्न क्षेत्रका योगदान पु¥याए बापत संघको मधेश प्रदेश उपाध्यक्ष कैलाश प्रसाद यादव, संघको संस्थापक अध्यक्ष देवेन्द्र जोशी तथा पुर्व अध्यक्ष कामेश्वर लाल देवलाई प्रमुख अतिथी सिहले कदर पत्रबाट सम्मान गरिएको छ ।
यसैबीच सम्पन्न अधिवेशनले निर्वाचन मितिको टुङ्गो लगाएसंगै चुनावी सरगर्मीले निर्माण ब्यवसायी बीच माहोल तातेको हो । अगामी तीन वर्षे कार्यकालका लागी नयाँ नेतृत्वको चयन गर्ने भएकाले निर्माण व्यवसायीमा चुनावी सरगर्मीले माहोल तातेको छ ।
साधारण सभाले पुस २७ गते मनोनयन पत्र दर्ता तथा माघ ६ गते शनिवार निर्वाचन मिति तोकेको छ । संघमा करिब ३ सय ५० मतदाता छन । निर्वाचनका लागि संघका पूर्व अध्यक्ष रामअशिष प्रसाद साहको संयोजकत्वमा राजकुमार परियार र मो.फैयाज अंसारी सदस्य रहने गरी तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरिएको छ । उक्त निर्माण समितिमा कानूनी सल्लाहकारमा सतिष कुमार दत्त रहेको संघले जनाएको छ ।
अध्यक्षसहित २१ पदका लागी हुने निर्वाचनको आवश्यक तयारी सुरु गरिसकेको वर्तमान अध्यक्ष एनेश्वर दासले बताए । उनले सदस्यता नविकरणका लागी पुसा २३ गते सम्म अन्तिम म्याद राखिएको र सो पछी आउनेको नविकरण नगरिने निर्णय भएको जानकारी पनि दिए ।
निर्वाचन समितीका संयोजक रामअषिश साहले निर्वाचनका लागी उम्मेदवारले पुस २७ गते मनोनयन पत्र दर्ता गराउने कार्यतालिका तय गरिएको जानकारी दिए । साधारण सभाको उदघाटन गर्दै प्रमुख अथिति नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सिंहले निर्माण व्यवसायीको पेशागत हकहितका लागी मिलेर जानु पर्ने नै उपयुक्त हुने र यसका लागी सर्वसम्मत र सहमतीबाट नयाँ नेतृत्व चयन गर्नु पर्नेमा जोड दिए पनि सहमतिको सम्भावना भने न्यून रहेको र निर्वाचनबाटै यसको टुङ्गो लाग्ने लगभग निश्चित रहेको निर्वाचन गतिविधीलाई नजिकबाट नियाली रहेका निर्माण व्यवसायीहरु बताउँछन ।
नयाँ नेतृत्व कसलाई दिने भन्ने विषयमा चर्चा र छलफल चलिरहेकै बेला वर्तमान प्रथम उपाध्यक्ष सतिष चन्द्र मिश्र, द्वितीय उपाध्यक्ष संंतोष दास, महासचिव अमृतलाल साह र अघिल्लो निर्वाचनमा महासचिवका प्रत्याशी रहेका भोगेन्द्र मिश्रले आपूm यस पल्ट अध्यक्ष पदका लागी उम्मेदवार बन्ने घोषणा सहित सक्रियता बढाएका छन् ।
मनोनयन दर्ताका दिन सम्म यस बाहेकका थप अध्यक्ष पदका नयाँ अनुहार पनि देखिन सकिने सम्भावना रहेको जानकारहरु बताउँछन् । सबैले निर्माण व्यवसायीले भोग्नु परिरहेको समस्या समाधान, संघलाई साझा संगठन बनाउने तथा निर्माण व्यवसायीको पेशागत हकहित र सम्मानका लागी काम गर्ने प्रतिबद्धता निर्माण व्यसायीहरु माझ राख्ने गरेका छन् ।
निर्माण व्यवसायीहरुको निर्वाचन माघ ६ गते
सारांश
- संघका वर्तमान अध्यक्ष एनेश्वर दासको अध्यक्षता तथा निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रबि सिंहको प्रमुख आतिथ्यमा आयोजित समारोहमा महासंघका प्रथम उपाध्यक्ष एडी लामा, महासचिव रोशन दाहाल, नीतिगत उपमहासचिव शिवहरी घिमिरे, मधेश प्रदेश उपाध्यक्ष कैलाश प्रसाद यादव, उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य अरुण प्रधान, नेपाली काँग्रेस सप्तरीका सभापती रामदेव साह, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, जनमतका जिल्ला इन्र्चाज रामगमन साह, जिल्ला समन्वय समिती सप्तरीका प्रमुख शिव नारायण साह लगायतले निर्माण व्यवसायीले भोग्नु परिरहेको पीडा समाधानका लागी राज्यले पहल गर्नू पर्नेमा जोड दिदै साधारण सभाको सफलताको शुभकामना दिए ।
- कार्यक्रममा विभिन्न क्षेत्रका योगदान पु¥याए बापत संघको मधेश प्रदेश उपाध्यक्ष कैलाश प्रसाद यादव, संघको संस्थापक अध्यक्ष देवेन्द्र जोशी तथा पुर्व अध्यक्ष कामेश्वर लाल देवलाई प्रमुख अतिथी सिहले कदर पत्रबाट सम्मान गरिएको छ ।
- यसैबीच सम्पन्न अधिवेशनले निर्वाचन मितिको टुङ्गो लगाएसंगै चुनावी सरगर्मीले निर्माण ब्यवसायी बीच माहोल तातेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया