दैनिक समाचारदाता
राजविराज, ४ मंसिर ।
सप्तरी प्रहरीले फरार अभियुक्तमाथी कडा निगरानी र अनुसन्धान बढाएसंगै विभिन्न अपराधका अभियुक्तहरु एकपछि अर्का पक्राउ पर्ने क्रम बढ्दै गएको छ ।
यसैबीच प्रहरीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद र जरिवाना तोकिएका फरार १६ जना अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा घरेलु हिंसाका मुद्दाका सर्वाधिक ४ जना छन । यस्तै जालसाजीका ३, अपराधिक उपद्रव र कुटपिटका २÷२ तथा कुटपिट अंगभंग, चेक अनादर, वन मुद्दा, चोरी मुद्दा, आदेश अवहेलना मुद्दाका १÷१ अभियुक्त रहेका छन ।
अपराध घटनाको अनुसन्धान तथा अदालतको पैmसला कार्यान्वयन गर्ने क्रममा फरार भइ लुकिछिपी वसेकाहरु सुराकी र निगरानी बढाएसंगै धमाधम पक्राउ पर्न थालेको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । यसरी पक्राउ परेकाहरुलाई कैद तथा जरिवानाका लागि जिल्ला अदालतमा दाखिला गरिएको छ ।
यस बाहेक फरार सूचिमा अझै ३ हजारको हाराहारीमा अभियुक्त रहेकाले उनीहरुको पनि खोजतलास गरिरहेको प्रहरी उपरिक्षक खतिवडाले जानकारी दिए ।
पुनः १६ जना फरार अभियुक्त पक्राउ
सारांश
- यसैबीच प्रहरीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद र जरिवाना तोकिएका फरार १६ जना अभियुक्तलाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेहरुमा घरेलु हिंसाका मुद्दाका सर्वाधिक ४ जना छन ।
- यस्तै जालसाजीका ३, अपराधिक उपद्रव र कुटपिटका २÷२ तथा कुटपिट अंगभंग, चेक अनादर, वन मुद्दा, चोरी मुद्दा, आदेश अवहेलना मुद्दाका १÷१ अभियुक्त रहेका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया