दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
संसद विघटनको बिरोधमा मंगलबार नेकपा दाहाल नेपाल समूहले देशव्यापी प्रदर्शन गरेको छ । सोही अन्तरगत सप्तरी सदरमुकाम राजविराजमा पनि बृहत प्रदर्शन गरिएको छ ।
पार्टी कार्यालय मदननगरबाट निस्केको बिरोध जुलुसका सहभागिहरुले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम फिर्ता लिन माग गर्दै सो नभए आन्दोलनबाटै सरकारको असंबैधानिक कदम फिर्ता लिन बाध्य पार्ने चेतवानी समेत दिएका छन् ।
चरणबद्ध सडक संघर्षको घोषणा गरेको दाहाल नेपाल समूहले सोमबार राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको थियो भने मंगलबार शक्ति प्रदर्शन सँगै बिरोध जुलुस निकालेको हो ।
सो जुलुस बजार परिक्रमा पश्चात् स्थानिय नेता चौकमा आयोजित बिरोध सभालाई जिल्ला अध्यक्ष अशोककुमार मण्डल, प्रदेश सहइन्चार्ज महेन्द्र पासवान, जिल्ला इन्चार्ज रामप्रित पासवान, प्रदेशसभा सदस्यद्वय गोबिन्द न्यौपाने, रुबी कर्ण, पूर्वमन्त्री उमेश यादव, प्रदेश कमिटि सदस्य महेश यादव लगायतले सम्बोधन गर्दै प्रतिनिधिसभा विघटनलाई असंबैधानिक भन्दै त्यस बिरुद्ध कानुनी र राजनीतिक लडाई सँगसँगै अघि बढाउने उद्घोष गरेका थिए ।
ओली बिरुद्ध नेकपाको बृहत प्रदर्शन
सारांश
- पार्टी कार्यालय मदननगरबाट निस्केको बिरोध जुलुसका सहभागिहरुले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम फिर्ता लिन माग गर्दै सो नभए आन्दोलनबाटै सरकारको असंबैधानिक कदम फिर्ता लिन बाध्य पार्ने चेतवानी समेत दिएका छन् ।
- चरणबद्ध सडक संघर्षको घोषणा गरेको दाहाल नेपाल समूहले सोमबार राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको थियो भने मंगलबार शक्ति प्रदर्शन सँगै बिरोध जुलुस निकालेको हो ।
- सो जुलुस बजार परिक्रमा पश्चात् स्थानिय नेता चौकमा आयोजित बिरोध सभालाई जिल्ला अध्यक्ष अशोककुमार मण्डल, प्रदेश सहइन्चार्ज महेन्द्र पासवान, जिल्ला इन्चार्ज रामप्रित पासवान, प्रदेशसभा सदस्यद्वय गोबिन्द न्यौपाने, रुबी कर्ण, पूर्वमन्त्री उमेश यादव, प्रदेश कमिटि सदस्य महेश यादव लगायतले सम्बोधन गर्दै प्रतिनिधिसभा विघटनलाई असंबैधानिक भन्दै त्यस बिरुद्ध कानुनी र राजनीतिक लडाई सँगसँगै अघि बढाउने उद्घोष गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया