दैनिक समाचारदाता
राजविराज, १७ भदौं ।
गैरसंवैधानिक नियमावली खारेजको माग गर्दै सोमबार देशभरका अदालत परिसरमा कानुन व्यवसायीहरुले एक घण्टा धर्ना दिएका छन् ।
न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) प्रति आफ्नो असहमति जनाउँदै सोलाई अविलम्ब खारेज गर्न माग गर्दै सो धर्ना दिइएको हो ।
सप्तरी जिल्ला अदालत बार एकाई राजविराज र उच्च अदालत बार एशोसिएशन राजविराजका कानुन व्यवसायीहरुले न्याय परिषद् नियमावलीमा भएको गैरसंबैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेज, गैरसंबैधानिक संशोधित नियमावली बमोजिम न्यायाधीश नियुक्ती नगर र न्यायालयमा व्याप्त भ्रष्टाचार, विकृती, बिसंगति अन्त्य गरी न्यायिक स्वच्छता कायम गर्न माग गर्दै दुबै अदालत अगाडी एक घण्टा धर्ना दिएका छन् ।
नेपाल बार एशोसिएशनको सुर्खेतमा सम्पन्न वार्षिक साधारण सभा तथा चितवनमा सम्पन्न केन्द्रिय कार्यकारिणी परिषद्को बैठक र काठमाडौंमा सम्पन्न १६ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन २०८१ बाट समेत सो संशेधन गैरसंबैधानिक घोषणा गरी नेपालका प्रधान न्यायाधीश र प्रधानमन्त्रीलाई समेत ध्यानाकर्षण गरासकेपनि सरोकारवाला निकायसँग परामर्श नै नगरि एक पक्षिय ढंगले गरिएको न्याय परिषद् नियमावली संशोधनले संविधानको धारा १४१ (३) को आत्मा नै मर्न गएको र कानुनको सिद्धान्त विपरीत रहेको नेपाल बार एशोसिएशनको ठम्याइ रहेको छ ।
सो नियमावली खारेज नभएसम्म धर्ना कार्यक्रमलाई प्रत्येक दिन निरन्तरता दिने जिल्ला बार एशेसिएशनका पूर्वअध्यक्ष अधिवक्ता डोमन साहले जानकारी दिए ।
गैरसंवैधानिक नियमावली खारेजको माग गर्दै कानुन व्यवसायीद्वारा धर्ना
सारांश
- न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) प्रति आफ्नो असहमति जनाउँदै सोलाई अविलम्ब खारेज गर्न माग गर्दै सो धर्ना दिइएको हो ।
- सप्तरी जिल्ला अदालत बार एकाई राजविराज र उच्च अदालत बार एशोसिएशन राजविराजका कानुन व्यवसायीहरुले न्याय परिषद् नियमावलीमा भएको गैरसंबैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेज, गैरसंबैधानिक संशोधित नियमावली बमोजिम न्यायाधीश नियुक्ती नगर र न्यायालयमा व्याप्त भ्रष्टाचार, विकृती, बिसंगति अन्त्य गरी न्यायिक स्वच्छता कायम गर्न माग गर्दै दुबै अदालत अगाडी एक घण्टा धर्ना दिएका छन् ।
- नेपाल बार एशोसिएशनको सुर्खेतमा सम्पन्न वार्षिक साधारण सभा तथा चितवनमा सम्पन्न केन्द्रिय कार्यकारिणी परिषद्को बैठक र काठमाडौंमा सम्पन्न १६ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन २०८१ बाट समेत सो संशेधन गैरसंबैधानिक घोषणा गरी नेपालका प्रधान न्यायाधीश र प्रधानमन्त्रीलाई समेत ध्यानाकर्षण गरासकेपनि सरोकारवाला निकायसँग परामर्श नै नगरि एक पक्षिय ढंगले गरिएको न्याय परिषद् नियमावली संशोधनले संविधानको धारा १४१ (३) को आत्मा नै मर्न गएको र कानुनको सिद्धान्त विपरीत रहेको नेपाल बार एशोसिएशनको ठम्याइ रहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया