बिक्रिका लागि राखिएको लागु  औषधसहित कारोवारी पक्राउ

राजविराज राजविराज
|
शनिबार, बैशाख १७, २०७९
|
|
१८ पटक हेरिएको
Shares
बिक्रिका लागि राखिएको लागु  औषधसहित कारोवारी पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको बोदे बरसाइन नगरपालिका ९ देउरीका १९ वर्षीय शंकर यादव छन् ।
  • विक्रीका लागि यादवले घरमा भण्डारण गरी राखेका ठुलो परिमाणको लागूऔषधसहित विहिवार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       पक्राउ परेका यादवलाई प्रहरीले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक समेत गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, १६ बैशाख । 
    प्रतिबन्धीत लागूऔषधको कारोबारमा संलग्न एक कारोबारीलाई प्रहरीले ठुलो परिमाणको लागू औषधसहित पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सप्तरीको बोदे बरसाइन नगरपालिका ९ देउरीका १९ वर्षीय शंकर यादव छन् । विक्रीका लागि यादवले घरमा भण्डारण गरी राखेका ठुलो परिमाणको लागूऔषधसहित विहिवार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    पक्राउ परेका यादवलाई प्रहरीले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक समेत गरेको छ । यादवका साथबाट विक्रीका लागि घरमा लूकाई राखेको नाइट्राभेट ट्याब्लेट १ हजार २५० तथा डाइजेपाम, फेर्नागन र मोफिम सुई २ हजार २५० एम्पुल पनि बरामद गरिएको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । 
    भारतीय सिमा नजिक पर्ने उक्त गाउँमा यादवले भारतबाट चोर बाटो हुँदै प्रतिवन्धीत लागू औषध खरिद गरी ल्याउने र स्थानीय बजारमा विक्री गर्ने गरेको गोप्य सूचनाको आधारमा प्रहरी टोली यादवको घरमा छापा मार्न पुगेका थिए । 
    उनीमाथि लागूऔषध मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढाउँदै शुक्रवार नै सप्तरी जिल्ला अदालतबाट म्याद थपि आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३६ परिक्षाकेन्द्र मार्फत एसईईका लागि सप्तरीमा ९ हजार ५ सय २७ विद्यार्थी सहभागी हुँदै
३६ परिक्षाकेन्द्र मार्फत एसईईका लागि सप्तरीमा ९ हजार ५ सय २७ विद्यार्थी सहभागी हुँदै
युवकको हत्या भएको भन्दै सुक्ष्म अनुसन्धान गर्न माँग,  प्रहरी टोलीबाट त्रसित भई बृद्धाको मृत्यु
युवकको हत्या भएको भन्दै सुक्ष्म अनुसन्धान गर्न माँग, प्रहरी टोलीबाट त्रसित भई बृद्धाको मृत्यु
जिसस प्रमुखसहित १८ जना  जनप्रतिनिधिले रोजे लोसपा
जिसस प्रमुखसहित १८ जना  जनप्रतिनिधिले रोजे लोसपा
दुई महिना भित्रै राजबिराज नगरपालिकाको  मुहार फेरिने प्रमुख यादवको दाबी
दुई महिना भित्रै राजबिराज नगरपालिकाको  मुहार फेरिने प्रमुख यादवको दाबी
दमकल तथा एम्बुलेन्स पुग्ने योग्य बाटो  बनाउन स्थानिय तहलाई आग्रह
दमकल तथा एम्बुलेन्स पुग्ने योग्य बाटो  बनाउन स्थानिय तहलाई आग्रह
अलिवकबाव सुलतानेट रेस्टुरेन्टमा सिटिजन्स बैंकका ग्राहकहरुले विशेष छुट पाउने 
अलिवकबाव सुलतानेट रेस्टुरेन्टमा सिटिजन्स बैंकका ग्राहकहरुले विशेष छुट पाउने 
बन्दका कारण यातायात र शिक्षण संस्था ठप्प 
बन्दका कारण यातायात र शिक्षण संस्था ठप्प 
सशस्त्र प्रहरीद्वारा २ सय ४० किलो गाजा बरामद
सशस्त्र प्रहरीद्वारा २ सय ४० किलो गाजा बरामद
रोकिराखेको टिपरमा मोटरसाइकल  ठोकिदा चालकको मृत्यु 
रोकिराखेको टिपरमा मोटरसाइकल  ठोकिदा चालकको मृत्यु 
बिष्णुपुर गापाको वडा नं. ७ बाल बिवाह मुक्त घोषणा
बिष्णुपुर गापाको वडा नं. ७ बाल बिवाह मुक्त घोषणा