दुई महिना भित्रै राजबिराज नगरपालिकाको  मुहार फेरिने प्रमुख यादवको दाबी

राजविराज राजविराज
|
सोमबार, आश्विन २५, २०७८
|
|
२३ पटक हेरिएको
Shares
दुई महिना भित्रै राजबिराज नगरपालिकाको  मुहार फेरिने प्रमुख यादवको दाबी

सारांश

  •     राजबिराजका प्रमुख शम्भु प्रसाद यादबले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् ।
  •     भवन उद्घाटन गर्दै प्रमुख यादबले दुई महिना भित्रै राजबिराज नगरपालिकाको मुहार फेरिने जानकारी दिएका छन् ।
  • उनले आफ्नो कार्यकालमा धेरै योजनाहरू आएकोले चाडै नै ती योजनाहरू सम्पन्न भई नगरपालिकाको सौन्दर्य नै फेरिने बताए ।

दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
    राजबिराज नगरपालिका वडा नं. ६ को कार्यालय भवनको सोमबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । सोही कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको छ । 
    राजबिराजका प्रमुख शम्भु प्रसाद यादबले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् ।
    भवन उद्घाटन गर्दै प्रमुख यादबले दुई महिना भित्रै राजबिराज नगरपालिकाको मुहार फेरिने जानकारी दिएका छन् । उनले आफ्नो कार्यकालमा धेरै योजनाहरू आएकोले चाडै नै ती योजनाहरू सम्पन्न भई नगरपालिकाको सौन्दर्य नै फेरिने बताए । 
    प्रमुख यादबले राजबिराज बस पार्क, राजबिराज हटिया लगायत नगरभित्रको रिंग रोडका कार्यहरू दुई महिना भित्रै सम्पन्न हुने दाबी गरे । 
    उनले राजविराजको अड्डा लाइन, नेता चौकदेखि पश्चिम सिरहा रोड, तेतरी गाछी सडक, तेतरी गाछी–राजदेवी मन्दिर सडक लगायत अधिकांश सडक हिलाम्ये र खाल्टोप्रति चिन्ता ब्यक्त गर्दै ठेकेदारको लापरवाहीका कारण समस्या उत्पन्न भएको बताए ।
    नगर प्रमुख यादवले सडक डिभिजन कार्यालय, हुलाकी सडक आयोजना र सहरी विकास डिभिजन कार्यालय अन्तर्गतका रहेकाले आफूहरूले केही गर्न नसकेको बताए । 
    राजबिराज वडा ६ का वडा अध्यक्ष प्रेम यादबको अध्यक्षतामा आयोजित वडा कार्यालय भवन उदघाटन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा वडाका दर्जनौ जेष्ठ नागरिकहरूलाई दोसला ओढाएर सम्मान गरिएको थियो ।
    राजबिराज नगरपालिकाको सहयोगमा कुल ५४ लाख ७८ हजार ४ सय ९३ रूपैयाको लागतमा ७ कोठे भवन निर्माण गरिएको वडा अध्यक्ष यादबले जानकारी दिए ।
    कार्यक्रममा जिल्ला प्रहरी कार्यालयकम नायव प्रहरी उपरिक्षक माधव प्रसाद काप्mले, समाजसेवी ई ईन्द्र नारायण देव, महिदेव चौधरी, राजबिराज नगरपालिका भुतपुर्व वडा अध्यक्ष राधेश्याम साह, वडा कार्यालय भवन निर्माण अनुगमन समितिका राधेश्याम साहलगायतले वडा कार्यालयबाट सेवाग्राहीहरूले सहज रूपमा सेवा पाउने बिश्वास ब्यक्त गरे ।
    उक्त अवसरमा राजबिराज वडा १४ का सुवालाल मण्डल, राजबिराज वडा १५ रामप्रसाद यादब, राजबिराज वडा १२ का अध्यक्ष हरिहर यादब, राजबिराज ९ का अध्यक्ष शम्भु प्रसाद यादब (लाली), राजबिराज ८ का अध्यक्ष जयनारायण मण्डल, राजबिराज नगरपालिका ईन्जिनियर अशोक दास, लेखापाल जयराम यादब, वडा ६ का सचिव दिनेश प्रसाद यादब, बरिष्ठ पत्रकार गणेशलाल देब, नेपाल पत्रकार महासंघ सहसचिव चन्दन कुमार यादब लगायत वडाका अन्य समाजसेवीहरूलाई समेत गम्छा ओढाएर सम्मान गरिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
डाक्नेश्वरी नगरपालिकाका उपप्रमुखद्वारा प्रहरी समक्ष आत्मसमर्पण, पति अझै फरार
डाक्नेश्वरी नगरपालिकाका उपप्रमुखद्वारा प्रहरी समक्ष आत्मसमर्पण, पति अझै फरार
भन्सार छलेर ल्याइएका सामानहरु खरिद नगर्न उबासंघ सप्तरीका अध्यक्ष अग्रवालको आग्रह
भन्सार छलेर ल्याइएका सामानहरु खरिद नगर्न उबासंघ सप्तरीका अध्यक्ष अग्रवालको आग्रह
विद्यालय क्षेत्र वरिपरि शान्ति सुरक्षा  माँग गर्दै विद्यार्थीद्वारा प्रदर्शन
विद्यालय क्षेत्र वरिपरि शान्ति सुरक्षा  माँग गर्दै विद्यार्थीद्वारा प्रदर्शन
नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
जनतालाई अस्पतालसम्म पुग्ने बाटो देखाइदिनुस् ः प्रजिअ आचार्य
जनतालाई अस्पतालसम्म पुग्ने बाटो देखाइदिनुस् ः प्रजिअ आचार्य
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 
बहुचर्चित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको प्रधानमन्त्रीद्वारा शिलान्यास
बहुचर्चित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको प्रधानमन्त्रीद्वारा शिलान्यास
बुवाको हत्या गर्ने छोरा जेल चलान
बुवाको हत्या गर्ने छोरा जेल चलान
कर्मचारीको धर्ना जारि,  नगरपालिकाको आपसी विवादले ४२ वटा सामुदायिक  विद्यालय संचालन एवं व्यवस्थापनमा असर 
कर्मचारीको धर्ना जारि,  नगरपालिकाको आपसी विवादले ४२ वटा सामुदायिक  विद्यालय संचालन एवं व्यवस्थापनमा असर