चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, दुई घाइते

राजविराज राजविराज
|
बिहिबार, आषाढ ११, २०७७
|
|
१६ पटक हेरिएको
Shares
चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, दुई घाइते

सारांश

  •     बिहीबार बिहानदेखी परेको अविरल वर्षासँगै चट्याङ्ग लागेर जिल्लाको महदेवा गाउँपालिकाका २ तथा डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाका एक÷एक जनाको मृत्यु भएको हो ।
  •      प्रहरीका अनुसार महादेवा गाउँपालिकाका २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुर दुबै जना घरमा पूजा लगाएर सप्तकोशी नदीमा नुहाउन गएको बेला चट्याङ्ग लागेर कोशी नदी छेउमै मृत्यु भएको हो ।
  • बेचन महदेवा गाउँपालिकामा खरीदार पदमा कार्यरत हुन् ।

दैनिक समाचारदाता
राजविराज, ११ असार । 
    सप्तरीमा चट्याङ्ग लागेर बिहीबार बिहान छुट्टाछुट्टै स्थानका एक महिलासहित चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 
    बिहीबार बिहानदेखी परेको अविरल वर्षासँगै चट्याङ्ग लागेर जिल्लाको महदेवा गाउँपालिकाका २ तथा डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाका एक÷एक जनाको मृत्यु भएको हो ।     प्रहरीका अनुसार महादेवा गाउँपालिकाका २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुर दुबै जना घरमा पूजा लगाएर सप्तकोशी नदीमा नुहाउन गएको बेला चट्याङ्ग लागेर कोशी नदी छेउमै मृत्यु भएको हो । बेचन महदेवा गाउँपालिकामा खरीदार पदमा कार्यरत हुन् । 
    यस्तै डाक्नेश्वरी नगरपालिका ९ का ३० वर्षीया ललितादेबी यादव बिहान खेतमा धान रोप्न जाँदा चट्याङ्ग लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकारी दिएका छन् ।

    यस्तै राजगढ गाउँपालिका २ बेल्ही चपेनाका ४६ वर्षीय केसी साहको पनि खेतमा काम गर्दै गरेको बेला चट्याङ् लागेको प्रहरीले जनाएको छ । घाइते भएका साहलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउनेबित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ । केसी उदयपुरको रानीबास खाँबु जनता माविका शिक्षक हुन् ।   
    सोही गाउँपालिका २ बेल्ही चपेनाकी १८ वर्षीया आशा मण्डल घरमा बसिरहेको बेला चट्याङ लागेर घाइते भएकी छन् । त्यस्तै जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ निवासी ५५ वर्षिया रुना सदा खेत जोतिरहेको अवस्था चट्याङ्ग लागेर घाइते भएका हुन् । चट्याङ्ले घाइते भएका दुबै जनाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ । 
    यता घाइते दुबै जनाको अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिएका छन् ।
    यसैबीच चट्याङ्ग लागेर ज्यान गुमाएका मृतक परिवारहरुलाई एक÷एक लाख रुँपैया दिने प्रदेश २ सरकारले घोषणा गरेको छ । प्रदेश २ का भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले मृतक परिवारप्रति श्रद्धाञ्जली र घाइतेहरुको सिघ्रस्वास्थ्य लाभको कामना गर्दै प्रदेश सरकारले मृतक परिवारलाई जनही एक÷एक लाख रुँपैया राहत स्वरुप दिने निर्णय गरेको जानकारी दिएका छन् ।    

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेश मुलुककै पहिलो पहिचानमा  आधारित प्रदेश ः मन्त्री साह
मधेश प्रदेश मुलुककै पहिलो पहिचानमा  आधारित प्रदेश ः मन्त्री साह
भारतसँग जोडिएको सीमानाका आज रातीदेखी बन्द हुँदै 
भारतसँग जोडिएको सीमानाका आज रातीदेखी बन्द हुँदै 
सरकारकै एकपक्षिय र पुरानो मानसिकताका कारण  प्राप्त उपलब्धीमाथी ग्रहदशा ः राजेन्द्र महतो
सरकारकै एकपक्षिय र पुरानो मानसिकताका कारण  प्राप्त उपलब्धीमाथी ग्रहदशा ः राजेन्द्र महतो
चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
तीन हजार घुस लिदै गर्दा मालपोतका दुई कर्मचारी समातिए
तीन हजार घुस लिदै गर्दा मालपोतका दुई कर्मचारी समातिए
लागुऔषधसहित पक्राउ
लागुऔषधसहित पक्राउ
अग्निपीडित परिवारलाई भडावर्तन, ग्यास चुल्हा र बाकस प्रदान
अग्निपीडित परिवारलाई भडावर्तन, ग्यास चुल्हा र बाकस प्रदान
मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण 
मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण 
नेपालको न्यायपालिका दक्षिण एशियामै  अग्रस्थानमा ः न्यायधिश पोखरेल
नेपालको न्यायपालिका दक्षिण एशियामै  अग्रस्थानमा ः न्यायधिश पोखरेल
जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश