पसलबाट लाखौंको धनमाल चोरी गर्ने दुई नाबालक पक्राउ

राजविराज राजविराज
|
शुक्रबार, माघ १४, २०७८
|
|
४२ पटक हेरिएको
Shares
पसलबाट लाखौंको धनमाल चोरी गर्ने दुई नाबालक पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ रम्पुरा मल्हनियाका १३ र १४ वर्षिय दुई बालक छन् ।
  •       छिमेकमै रहेको ज्ञानु साह सुडीको कृष्णा जेनरल स्टोर्समा बुधबार बिहान ३ बजेतिर पसलको ताल्चा फुटाई उनीहरुले नगद, रिचार्ज कार्ड तथा सुनचाँदीका गरगहना लगायतका सरसमान चोरेर लगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •     उनीहरुले चोरी गरेका सामान पनि प्रहरीले घरमै बाकस र खाटमुनी लुकाई राखेको अवस्थामा बरामद गरेको छ ।

दैनिक समाचारदाता
राजबिराज, १४ माघ ।
    प्रहरीले ताल्चा फुटाएर पसलबाट लाखौंको धनमाल चोरी गर्ने दुई नाबालकलाई सामानसहित पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ रम्पुरा मल्हनियाका १३ र १४ वर्षिय दुई बालक छन् । 
    छिमेकमै रहेको ज्ञानु साह सुडीको कृष्णा जेनरल स्टोर्समा बुधबार बिहान ३ बजेतिर पसलको ताल्चा फुटाई उनीहरुले नगद, रिचार्ज कार्ड तथा सुनचाँदीका गरगहना लगायतका सरसमान चोरेर लगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    उनीहरुले चोरी गरेका सामान पनि प्रहरीले घरमै बाकस र खाटमुनी लुकाई राखेको अवस्थामा बरामद गरेको छ । उनीहरुको घरबाट सुडीको पसलमा चोरी गरिएका ४२ हजार २ सय ८० नेपाली तथा ६ हजार २ सय ७० भारतीय रुँपैया बरामद गरिएको छ । 
    यस्तै सुन जस्तो देखिने ८ तोला २ आना धातुको गरगहना र ४३ तोला चाँदी जस्तो देखिने धातुको गरगहना र ६१ हजार २ सय ५० मुल्य बराबरको रिचार्ज कार्ड पनि प्रहरीले बरामद गरेको छ । 
    पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थपि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
सशस्त्र असई हत्या घटनामा एसपी  खड्कामाथि विभागीय कारबाहीको सिफारिस
सशस्त्र असई हत्या घटनामा एसपी  खड्कामाथि विभागीय कारबाहीको सिफारिस
बैंकका सुरक्षागार्डको हत्यामा संलग्न पूर्वसशस्त्र प्रहरी जवान पक्राउ, ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना ः प्रहरी 
बैंकका सुरक्षागार्डको हत्यामा संलग्न पूर्वसशस्त्र प्रहरी जवान पक्राउ, ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना ः प्रहरी 
बुद्ध एयरको जहाज उडाउने तयारी पुरा
बुद्ध एयरको जहाज उडाउने तयारी पुरा
स्वास्थ्य शिविरको प्रधान सेनापतिद्वारा निरिक्षण
स्वास्थ्य शिविरको प्रधान सेनापतिद्वारा निरिक्षण
रुपनी र महादेवामा पदस्थापन 
रुपनी र महादेवामा पदस्थापन 
संघीयताको सफल कार्यान्वयनका लागि गठबन्धनलाई सहयोग गर्न ठाकुरको आग्रह
संघीयताको सफल कार्यान्वयनका लागि गठबन्धनलाई सहयोग गर्न ठाकुरको आग्रह
गौशाला धर्मशालाको विवाद सम्बन्धमा मारवाडी समुदायद्वारा सप्तरीमा प्रर्दशनसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र
गौशाला धर्मशालाको विवाद सम्बन्धमा मारवाडी समुदायद्वारा सप्तरीमा प्रर्दशनसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र
चोरी पैठारीका सामान बरामद
चोरी पैठारीका सामान बरामद
राजबिराजमा सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना 
राजबिराजमा सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?