दैनिक समाचरादाता
राजविराज, २७ माघ ।
नेपाली काँग्रसका केन्द्रीय उपाध्यक्ष विजय कुमार गच्छेदार माथि झुठो मुद्दा चलाएको भन्दै राजविराजमा प्रदर्शन गरेका छन् ।
सोमवार नेपाली काँग्रेस सप्तरीले राजविराजमा आफ्ना नेता गच्छेदार तथा डाक्नेश्वरी नगरपालिकाको घटनामा आफना तीन कार्यकर्तालाई पक्रेको विरोधमा प्रदर्शन गरेको हो ।
बालुवाटार जग्गा प्रकरणमा मुख्य दोषीलाई उन्मुक्ति दिई उपसभापति गच्छेदारलाई फसाउन खोजिएको तथा डाक्नेश्वरी नगरपालिकाको घटनामा आफना ३ निर्दोष कार्यकर्तालाई पक्राउ गरी झुठो मुदा चलाइएको भन्दै काँग्रेसले सरकार र अख्तियार विरुद्घ प्रर्दशन गरेको हो ।
स्थानिय राजरंगशालामा भेला भई ठुलो सहभागीतामा निस्केको जुलुश नगरको विभिन्न भागको परिक्रमाको क्रममा सरकार र अख्तियार विरुद्घ चर्को नाराबाजी गरेका थिए । सरकारले गच्छेदारमाथि राजनितिक पुर्वाग्रह प्रर्दशन गरेको तथा गत २१ माघमा डाक्नेश्वरी नगरपालिकाका मेयर शिव नारायण साहलाई ज्ञापन पत्र बुझाउन गएका आफना ३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरी अमानविय व्यहार अन्तर्गत झुठो मुदा लगाएको काँग्रेसको दावी छ ।
विरोध सभाका सहभागीवक्ताहरुले बालुवाटार जग्गा प्रकरणमा मुख्य दोषीहरुलाई उन्मुक्ति दिएर सरकारले राजनितिक पुर्वाग्रह प्रदर्शन गरेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि सरकारकै मतियार बनेको आरोप लगाएका छन् ।
बर्तमान सरकार अधिनायकबाद तर्फ उन्मुख रहेको र प्रतिपक्षीलाई पेलेरै जाने नियतले काँग्रेसका नेता तथा कार्यकर्तालाई झुठा मुदा लगाउन थालिएको आरोप लगाएका वक्ताहरुले झुठा मुदा फिर्ता नलिए आन्दोलनको आँधीबेरी सृजना गर्ने चेतावनी समेत दिएका छन् ।
सभालाई काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादव, पुर्व मन्त्री हेमराज ताँतेड, महासमिति सदस्य छेदीलाल चौधरी, सचिव रामकुमार यादव, पुर्व क्षेत्रीय सभापति भगवती यादव लगायतले सम्बोधन गरेका थिए ।
झुठा मुदा फिर्ता नलिए आन्दोलन चर्काउने काँग्रेसको चेतावनी
सारांश
- सोमवार नेपाली काँग्रेस सप्तरीले राजविराजमा आफ्ना नेता गच्छेदार तथा डाक्नेश्वरी नगरपालिकाको घटनामा आफना तीन कार्यकर्तालाई पक्रेको विरोधमा प्रदर्शन गरेको हो ।
- बालुवाटार जग्गा प्रकरणमा मुख्य दोषीलाई उन्मुक्ति दिई उपसभापति गच्छेदारलाई फसाउन खोजिएको तथा डाक्नेश्वरी नगरपालिकाको घटनामा आफना ३ निर्दोष कार्यकर्तालाई पक्राउ गरी झुठो मुदा चलाइएको भन्दै काँग्रेसले सरकार र अख्तियार विरुद्घ प्रर्दशन गरेको हो ।
- स्थानिय राजरंगशालामा भेला भई ठुलो सहभागीतामा निस्केको जुलुश नगरको विभिन्न भागको परिक्रमाको क्रममा सरकार र अख्तियार विरुद्घ चर्को नाराबाजी गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया