वर्षाको पानी निकास नहुँदा बजार जलमग्न

राजविराज राजविराज
|
आइतबार, श्रावण ३१, २०७८
|
|
४० पटक हेरिएको
Shares
वर्षाको पानी निकास नहुँदा बजार जलमग्न

सारांश

  •     वर्षा भएपछि पानीको निकासका लागि उचित प्रबन्ध हुन नसक्दा राजविराज नगरपालिकाको बजार क्षेत्रमा पर्ने सिरहा रोड, अदालत रोड, पानी ट्याङ्कि रोड, रुपनी रोड, हिमालय टोल लगायतमा पानी जमेको हो ।
  • जसकारण आवागमन निकै कष्टकर बनेको छ ।
  •       वर्षाको पानीले सडक मात्र होइन् राजविराजस्थित बृहत जनाधार व्यवस्थापन कोशी फिल्ड सेन्टर, कृषि ज्ञान केन्द्र, शिक्षा समन्वय इकाई शाखा, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र, नेपाल रेडक्रस सोसाइटी शाखा, बेल्ही भन्सार लगायतका संघसंस्था र कार्यालय पनि जलमग्न भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ३१ साउन । 
    तीन दिन देखी परेको निरन्तरको वर्षाले राजविराज नगरको विभिन्न भाग डुवानमा परेको छ । नगरको अधिकांश सडक, टोल, घर वरिपरि जलमग्न भएको छ । 
    वर्षा भएपछि पानीको निकासका लागि उचित प्रबन्ध हुन नसक्दा राजविराज नगरपालिकाको बजार क्षेत्रमा पर्ने सिरहा रोड, अदालत रोड, पानी ट्याङ्कि रोड, रुपनी रोड, हिमालय टोल लगायतमा पानी जमेको हो । जसकारण आवागमन निकै कष्टकर बनेको छ । 
    वर्षाको पानीले सडक मात्र होइन् राजविराजस्थित बृहत जनाधार व्यवस्थापन कोशी फिल्ड सेन्टर, कृषि ज्ञान केन्द्र, शिक्षा समन्वय इकाई शाखा, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र, नेपाल रेडक्रस सोसाइटी शाखा, बेल्ही भन्सार लगायतका संघसंस्था र कार्यालय पनि जलमग्न भएका छन् । यता ग्रामिण क्षेत्रको अवस्था भने झन बेहाल छ । सडकभरी हिलो नै हिलो छ । हिलाम्मे बाटोमा काम नपरि कोही निस्किदैनन् । बाध्यता प¥यो भने मात्र घर बाट निस्कने गरेका छन् । 
    हरेक वर्ष सामान्य वर्षा हुँदा पनि सडकको अवस्था बेहाल हुने गरेको छ भने वर्षायाममा भने सडक र आसपासमा भएको डुवानले सर्वसाधारणलाई आवतजावतमा समस्या हुनुका साथै दैनिक दिनचर्या गर्न समेत कठिनाई हुनेप्रति सम्बन्धीत निकायलाई कुनै वास्ता छैन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन 
“गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन 
सुख, समृद्धि र शान्तिको लागि दीप प्रज्वलन 
सुख, समृद्धि र शान्तिको लागि दीप प्रज्वलन 
विद्यालय संचालन सम्बन्धी हालसम्म कुनै  निर्णय भएको छैन् : नगरप्रमुख यादव
विद्यालय संचालन सम्बन्धी हालसम्म कुनै  निर्णय भएको छैन् : नगरप्रमुख यादव
जिल्ला अदालतमा हातधुने स्टेशन जडान
जिल्ला अदालतमा हातधुने स्टेशन जडान
रोम विधान अनुमोदन गर्न नेपाल सरकारसमक्ष माग 
रोम विधान अनुमोदन गर्न नेपाल सरकारसमक्ष माग 
प्रिमियर लिगमा राजबिराज वडा नं. ३ र लायन्स टिम बिजयी
प्रिमियर लिगमा राजबिराज वडा नं. ३ र लायन्स टिम बिजयी
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
स्थानिय व्यापारीद्वारा बजार अनुगमन टोली बिरुद्ध प्रदर्शन 
स्थानिय व्यापारीद्वारा बजार अनुगमन टोली बिरुद्ध प्रदर्शन 
सुस्त गतिमा बस पार्क निर्माण भइरहेको भन्दै नगरवासी आन्दोलित
सुस्त गतिमा बस पार्क निर्माण भइरहेको भन्दै नगरवासी आन्दोलित