विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त

राजविराज राजविराज
|
मंगलबार, चैत्र २७, २०८०
|
|
२३ पटक हेरिएको
Shares
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त

सारांश

  •     प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा विशेष पूजापाठ गर्न मंगलबार आइपुगेका राष्ट्रपति पौडेलले सप्तरीवासीलाई सम्बोधन गर्ने क्रममा सो चिन्ता व्यक्त गरेका हुन् ।
  •       तराई मधेश कृषिको क्रान्ति हुने ठाउँ भएपनि सिंचाई अभावका कारण सुख्खा रहेको बताउँदै उनले कोशी र कमला डाइभर्सन छिटो भन्दा छिटो संचालन हुनु पर्ने बारे आफूले सरकारलाई ध्यानाकर्षण गराउने उल्लेख गरे ।
  •       सोही क्रममा उनले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको स्तरोन्तीका साथै थप सेवा बिस्तारका लागि सरकारसमक्ष आफूले कुरा राख्ने प्रतिबद्धता जनाए ।

दैनिक समाचारदाता
राजविराज, २७ चैत । 

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्रका लागि क्रान्तिभूमी रहेपनि विकासको मामलामा सप्तरी पछाडी परेकोमा चिन्ता व्यक्त गरेका छन् । 
    प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा विशेष पूजापाठ गर्न मंगलबार आइपुगेका राष्ट्रपति पौडेलले सप्तरीवासीलाई सम्बोधन गर्ने क्रममा सो चिन्ता व्यक्त गरेका हुन् । 
    तराई मधेश कृषिको क्रान्ति हुने ठाउँ भएपनि सिंचाई अभावका कारण सुख्खा रहेको बताउँदै उनले कोशी र कमला डाइभर्सन छिटो भन्दा छिटो संचालन हुनु पर्ने बारे आफूले सरकारलाई ध्यानाकर्षण गराउने उल्लेख गरे । 
    सोही क्रममा उनले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको स्तरोन्तीका साथै थप सेवा बिस्तारका लागि सरकारसमक्ष आफूले कुरा राख्ने प्रतिबद्धता जनाए । उनले तराई मधेशका जिल्लाको विकासका लागि आफू सधै साथमा रहने विश्वास समेत व्यक्त गरे ।  
    सम्बोधन कै क्रममा राष्ट्रपति पौडेलले सप्तरी प्रजातन्त्रका लागि सचेत नागरिकहरुको बसोवासको रुपमा रहेको भन्दै सन् १९४७ मा भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा सप्तरीकै हनुमानगर जेलमा बन्दी बनाइएका भारतीय समाजवादी नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहिया लगायतलाई सप्तरीकै प्रजातन्त्रवादीहरुले जेल मुक्त गराएको इतिहास स्मरण गरे । 
    यसअघि राष्ट्रपतिलाई छिन्नमस्ता गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले स्वागत अभिनन्दन गरेका थिए । उनले राष्ट्रपति पौडेललाई मिथिला पाग र दोसल्ला ओढाएर सम्मान गरे । 
    छिन्नमस्ता भगवतीको विशेष पूजामा सरिक भएका राष्ट्रपति पौडेलको स्वागतका लागि प्रतिनिधिसभा सदस्यद्वय दिनेश कुमार यादव, तेजुलाल चौधरी, प्रदेश सांसद निलम रजक, प्रमुख जिल्ला अधिकारी किरण थापा, गाउँपालिकाका उपाध्यक्ष राजुदेवी यादव, नेपाली काँग्रेस सप्तरीका उपसभापति रामकुमार यादव, मूल पुजारी महाकान्त ठाकुर, सुरक्षा निकायका प्रमुखका साथै ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार रजकको हत्याको विरोधमा राजविराजमा मैनवत्ती प्रज्वलन
पत्रकार रजकको हत्याको विरोधमा राजविराजमा मैनवत्ती प्रज्वलन
शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन
शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन
छिन्नमस्तामा सामाजिक रुपान्तरणका लागि युवाहरुको अभियान सुरु
छिन्नमस्तामा सामाजिक रुपान्तरणका लागि युवाहरुको अभियान सुरु
ठूलो परिमाणमा पटाका बरामद
ठूलो परिमाणमा पटाका बरामद
पत्रकार महासंघका सदस्य उम्मेदवार बनेमा स्वतः पदमुक्त
पत्रकार महासंघका सदस्य उम्मेदवार बनेमा स्वतः पदमुक्त
अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”
अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”
क्वाराइन्टाइनका लागि १ सय ३ थान पिपिइ लगायतका सामाग्रि 
क्वाराइन्टाइनका लागि १ सय ३ थान पिपिइ लगायतका सामाग्रि 
क्वारेन्टाइनबाट फरार भएकाहरुलाई खोज्दै प्रहरी
क्वारेन्टाइनबाट फरार भएकाहरुलाई खोज्दै प्रहरी
६५ जनाको पिसिआर परिक्षण  गर्दा ४१ जना संक्रमित
६५ जनाको पिसिआर परिक्षण  गर्दा ४१ जना संक्रमित
सप्तरीमा तीन हजार घर डुवानमा, ३ सय भन्दा बढी बिस्थापित, सेना र प्रहरी प्रभावित क्षेत्रमा 
सप्तरीमा तीन हजार घर डुवानमा, ३ सय भन्दा बढी बिस्थापित, सेना र प्रहरी प्रभावित क्षेत्रमा