दैनिक समाचारदाता
राजविराज, २३ बैशाख ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा पहिलो पटक पाँच दिने आइसीटि तालिम सुरु भएको छ । क्याम्पसकै इतिहासमा सम्भवत पहिलो पटक यस्तो तालिम सुरु भएको हो ।
युनिभरसिटि ग्रान्टस कमिशनको सहयोग तथा मविव क्याम्पस अन्तरगत रिसर्च म्यानेजमेन्ट सेलको आयोजनामा उक्त पाँच दिने आइसीटि तालिमको शुभारम्भ भएको छ ।
क्याम्पस प्रमुख डा.सुशील चन्द्र कर्णको अध्यक्षतमा तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व रजिस्ट्रार डा.पिताम्बर लाल यादवको प्रमुख आतिथ्यमा तालिम उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, राजविराज नगरपालिकाका पूर्व मेयरद्वय गोविन्द सिंह र शैलेश चौधरी, सुरक्षा निकायका प्रमुख, कृषि विश्वविद्यालयका अनुसन्धान निर्देशक, जनकपुर क्याम्पस र सिरहा क्याम्पसका प्रमुखहरु, म.वि.ब.क्याम्पसका पूर्व क्याम्पस प्रमुखहरु तथा वर्तमान सहायक क्याम्पस प्रमुखहरुसहितका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा सोही क्याम्पसका उपप्राध्यापक सुरेन्द्र प्रसाद गुप्ताद्वारा लिखिति ’अनुसंधान की अन्तर्धारा’ नामक पुस्तकको विमोचन समेत गरिएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य रिसर्च म्यानेजमेन्ट सेलका सदस्य उमेश कुमार यादवले तथा कार्यक्रमको औचित्यमाथि रिसर्च म्यानेजमेन्ट सेलका निर्देशक महेश कुमार चौधरीले गरेका थिए ।
मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
सारांश
- युनिभरसिटि ग्रान्टस कमिशनको सहयोग तथा मविव क्याम्पस अन्तरगत रिसर्च म्यानेजमेन्ट सेलको आयोजनामा उक्त पाँच दिने आइसीटि तालिमको शुभारम्भ भएको छ ।
- क्याम्पस प्रमुख डा.
- सुशील चन्द्र कर्णको अध्यक्षतमा तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व रजिस्ट्रार डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया