माग पुरा नभए आमरण अनसनमा बस्ने अनसनकारीको घोषणा

राजविराज राजविराज
|
बिहिबार, माघ २०, २०७८
|
|
४२ पटक हेरिएको
Shares
माग पुरा नभए आमरण अनसनमा बस्ने अनसनकारीको घोषणा

सारांश

  •     २०७३ सालमा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएपनि पाँच वर्ष बित्न लाग्दा समेत निर्वाचन गर्न आलटाल गरेको स्थानिय अभिभावकको आरोप छ ।
  • उनीहरुले व्यवस्थापन समिति गठन नहुँदा विद्यालयका सयौं विद्यार्थी प्रदेश तथा संघीय सरकारबाट पाउने विभिन्न सेवा सुविधाबाट बञ्चित हुने गरेको गुनासो समेत गरेका छन् ।
  •       स्थानिय अभिभावक रामचन्द्र महेताले व्यवस्थापन समिति गठन नभएकै कारण प्रदेश सरकारबाट बेटी पढाउ बेटी बचाऊ अभियान अन्तरगत छोरीहरुले पाउने साइकल लगायतका अन्य सुविधा पाउन नसकेको गुनासो गरे ।

दैनिक समाचारदाता
राजविराज, २० माघ । 

    व्यवस्थापन समितिको चुनाव नगराएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडास्थित एसएलपी माध्यमिक विद्यालयका अभिभावकहरु तीन दिनदेखी अनसनमा बसेका छन् ।     बिहीबार लगातार तेश्रो दिन पनि अनसनलाई निरन्तरता दिएका उनीहरुले माग पुरा नभए आमरण अनसनमा बस्ने घोषणा समेत गरेका छन् । बिहीबारको अनसनमा स्थानिय अभिभावक महेश्वर प्रसाद महतो, सियाराम यादव, प्रमेश्वर मण्डल, बिरेन्द्र दास, जयलाल यादव लगायत बसेका छन् । 
    २०७३ सालमा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएपनि पाँच वर्ष बित्न लाग्दा समेत निर्वाचन गर्न आलटाल गरेको स्थानिय अभिभावकको आरोप छ । उनीहरुले व्यवस्थापन समिति गठन नहुँदा विद्यालयका सयौं विद्यार्थी प्रदेश तथा संघीय सरकारबाट पाउने विभिन्न सेवा सुविधाबाट बञ्चित हुने गरेको गुनासो समेत गरेका छन् । 
    स्थानिय अभिभावक रामचन्द्र महेताले व्यवस्थापन समिति गठन नभएकै कारण प्रदेश सरकारबाट बेटी पढाउ बेटी बचाऊ अभियान अन्तरगत छोरीहरुले पाउने साइकल लगायतका अन्य सुविधा पाउन नसकेको गुनासो गरे । 
    यसअघि पटक पटक भएको अभिभावक भेलाबाट समयमै सहमतिबाट नभए निर्वाचन प्रक्रियाबाट व्यवस्थापन समिति गठन गर्नु पर्ने समझदारी भएपनि कार्यान्वयन हुन नसक्दा बाध्य भई अनिश्चितकालिन रिले अनसन सुरु गरेको र अविलम्ब माग पुरा नगरिए आमरण अनसनमा बस्ने तयारी गरिएको अर्का अभिभावक महेश्वर प्रसाद महतोले बताए । 
    विद्यालय प्रशासन र नगरपालिका समेत निर्वाचन गराउन उदासिन रहेको अभिभावकहरुको आरोप छ । विद्यालयका प्रधानाध्यापक देवु यादवले कोरोनाका कारण विद्यालय व्यवस्थापन समितिको निर्वाचन समयमै गराउन नसकिएको लाचारी व्यक्त गरे.का छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगरको ऐतिहासिक पोखरी शौच र पिसाब गर्ने थलो बन्दै 
नगरको ऐतिहासिक पोखरी शौच र पिसाब गर्ने थलो बन्दै 
ह्याट्रिक लगाउने पहिलो नेता बने “तेजुलाल”
ह्याट्रिक लगाउने पहिलो नेता बने “तेजुलाल”
बेरोजगार नेपाली युवा भारतमा ठगिदै, दुई हजार ५ सयमै नेपालीलाई भारतीय “आधारकार्ड” बनाइदै
बेरोजगार नेपाली युवा भारतमा ठगिदै, दुई हजार ५ सयमै नेपालीलाई भारतीय “आधारकार्ड” बनाइदै
छिमेकीको आक्रमणबाट गम्भिर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु
छिमेकीको आक्रमणबाट गम्भिर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु
अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित
अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित
मन्त्री साहले गरिन् सप्तरीका तीन सरकारी कार्यालयमा छड्के अनुगमन
मन्त्री साहले गरिन् सप्तरीका तीन सरकारी कार्यालयमा छड्के अनुगमन
विद्यार्थी माथि यौन दुव्र्यवहार गरेका आरोपमा शिक्षक पक्राउ
विद्यार्थी माथि यौन दुव्र्यवहार गरेका आरोपमा शिक्षक पक्राउ
गाउँपालिका अध्यक्ष र उनका छोरासहित दश जना संक्रमित 
गाउँपालिका अध्यक्ष र उनका छोरासहित दश जना संक्रमित 
शिवगुरु महोत्सवमा ओर्लियो जनसागर
शिवगुरु महोत्सवमा ओर्लियो जनसागर
आतंक मचाउने साँढेलाई स्थानान्तरण गर्न माँग
आतंक मचाउने साँढेलाई स्थानान्तरण गर्न माँग