दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
राजविराजमा बिहीबार लोकतन्त्र दिवस मनाइएको छ । बि.स.२०६३ वैशाख ११ गतेको स्मरण गर्दै लोकतन्त्र दिवस मनाइदै आइएको छ ।
नागरिक समाज नेपालको संयोजनमा “सबल नागरिक समाजः सबल लोकतन्त्र” नाराका साथ लोकतन्त्र दिवस मनाइएको हो ।
आयोजित कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानाध्यापक नथुनी दासले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताउँदै अहिलेको अवस्थामा गणतन्त्रप्रति सवालहरु उठेको तर यस व्यवस्थामा कुनै दोष नभएको उल्लेख गरे ।
नेतृत्व कर्ताहरुमा कमिकमजोरी हुँदा लोकतन्त्र लुटतन्त्रमा परिणत हुँदै गएपछि आम सर्वसाधारणमा असंतुष्टि बढेको बताउँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्र जस्तो राम्रो व्यवस्थालाई कसैले पनि दोष दिन नहुने जिकिर गरे ।
“लोकतन्त्र र लुटतन्त्र संगै चल्न सक्दैन, राजनीतिक नेतृत्वले यसप्रति सचेत हुनु आवश्यक छ” प्रमुख अतिथि दासले भने, “अब लोकतन्त्रलाई उन्नत बनाएर अगाडी बढनुपर्छ ।”
कार्यक्रमको अध्यक्षता गेका अभियन्ता बलराम यादवले संघीययता ल्याउनमा मुख्य भूमिका खेलेका दल र नेताहरुले पनि संघीयताको मर्म अनुसार काम गर्न नसेको आरोप लगाए । उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवप्रति लक्षित गर्दै मधेश प्रदेशमा सात बर्ष लगातार सत्ता चलाएर पनि देशमा संघीयता आएको अनुभूती जनतालाई गराउन नसकेको आरोप समेत लगाए ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष कुमार कमलेन्द्रम, वरिष्ठ पत्रकार अनिलकुमार अनल, सेवानिवृत्त शिक्षिका मञ्जु श्रेष्ठ, नागरिक समाजका अगुवाहरु कासिन्द्र राम, भोगेन्द्र प्रसाद शर्मा, दिलिपकुमार यादव, गौरिशंकर राय, निर्भयकान्त झा, डा. सुर्यनारायण यादव र विश्वनाथ महतो, सुरेन्द्र प्रसाद यादव, विष्णु नारायण यादवले प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै लोकतन्त्रलाई अझै सुदिृढ बनाउँदै लग्नुपर्नेमा जोड दिएका थिए ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघट्न गरेको संसद जनआन्दोलनको बलमा २०६३ वैशाख ११ पुनःस्थापना भएको दिनलाई सम्झेर लोकतन्त्र दिवस मनाइएको नागरिक समाज नेपालका अभियन्ता बलराम यादवले जानकारी दिए ।
“लोकतन्त्रको विकल्प लोकतन्त्र नै”
सारांश
- नागरिक समाज नेपालको संयोजनमा “सबल नागरिक समाजः सबल लोकतन्त्र” नाराका साथ लोकतन्त्र दिवस मनाइएको हो ।
- आयोजित कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानाध्यापक नथुनी दासले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताउँदै अहिलेको अवस्थामा गणतन्त्रप्रति सवालहरु उठेको तर यस व्यवस्थामा कुनै दोष नभएको उल्लेख गरे ।
- नेतृत्व कर्ताहरुमा कमिकमजोरी हुँदा लोकतन्त्र लुटतन्त्रमा परिणत हुँदै गएपछि आम सर्वसाधारणमा असंतुष्टि बढेको बताउँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्र जस्तो राम्रो व्यवस्थालाई कसैले पनि दोष दिन नहुने जिकिर गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया