दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले मंगलबार एक सूचना जारी गर्दै मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरेको छ ।
जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीद्वारा जारि सूचनामा असार १ देखि शुरु हुने मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरिएको हो ।
जारि सूचनामा नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोर परेको नाम हटाउन निवेदन दिन र पुरानो परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको ब्यक्तिले समेत नाम दर्ता गराउन हुन आग्रह गरिएको छ ।
त्यस्तै सुचनामा अन्य जिल्ला स्थायी ठेगाना भई यस जिल्लामा पेशा, ब्यबसायको कारणले बसोबास गरिरहेको व्यक्तिले आफ्नो जिल्लाको स्थायी ठेगनामा नाम दर्ता गराउनको लागि अनुरोध गरिएको छ ।
असार १ गतेदेखि प्रारम्भ हुने कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय सप्तरी, ईलाका प्रशासन कार्यालय कंचनपुर र बोदेबर्साईनबाट मतदाता नामावली दर्ता गर्न सकिने सुचना जनाएको छ ।
मतदाता नामावली दर्ता गराउन सकल नागरिकताको प्रमाण र प्रतिलिपी, महिलाको हकमा बिबाह भन्दा पहिले नागरिकता लिएको भए नागरिकता र विबाह दर्ताको प्रमाणपत्रको प्रतिलिपी, नागरिकताको ठेगाना भन्दा अन्यत्रबाट बसाईसरि आए गएको हकमा नगरिकता र बसाईसराईको प्रमाणपत्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।
यसैगरी ठेगाना परिवर्तनका लागि मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, हाल ठेगाना परिवर्तन गर्न लागेको ठाउँको बसाई सराई लगायतका अन्य कागत चाहिने जनाएको छ । नागारिकताको सकलै प्रमाणपत्र अनिवार्य गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा जारी सूचना उल्लेख गरिएको छ ।
निर्वाचन कार्यालयद्वारा मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह
सारांश
- जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीद्वारा जारि सूचनामा असार १ देखि शुरु हुने मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरिएको हो ।
- जारि सूचनामा नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोर परेको नाम हटाउन निवेदन दिन र पुरानो परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको ब्यक्तिले समेत नाम दर्ता गराउन हुन आग्रह गरिएको छ ।
- त्यस्तै सुचनामा अन्य जिल्ला स्थायी ठेगाना भई यस जिल्लामा पेशा, ब्यबसायको कारणले बसोबास गरिरहेको व्यक्तिले आफ्नो जिल्लाको स्थायी ठेगनामा नाम दर्ता गराउनको लागि अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया