दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।
लेनदेनको विषयमा राजविराजस्थित एक ल्यावमा सोमबार दिउँसो तोडफोड गरी लाखौंको क्षति पु¥याइएको छ । राजविराज ४ स्थित सेफ डाइग्नोस्टिक ल्यावमा सोमबार तोडफोड भएको हो ।
राजविराज ८ का शुभाष सिंहको नेतृत्वमा आएका ६÷७ जनाको समूहले ल्यावका महिला स्वास्थयकर्मी तथा कर्मचारीहरुलाई गालिगलौज गर्दै तोडफोड सुरु गरेको ल्याव संचालक देवेस दत्तले बताएका छन् । ल्यावका महँगो उपकरणहरु निकालेर सडकमा बजार्दै तोडफोड समेत गरिएको उनले बताए । तोडफोडबाट ल्यावका उपकरणहरु गरि करिब ३० लाख बराबरको क्षति भएको उनको दाबी छ । सो समूहले आफूले चढ्ने गरेको प्रदेश १–०२–०५३९३०४ नम्बरको मोटरसाइकल समेत लुटेर लगेको उनले बताए ।
संचालक दत्तले सोमबार नै ल्यावमा तोडफोड, लुटपाट र महिला स्वास्थ्यकर्मीमाथी अभद्र व्यवहार गर्ने सुभास सिंहसहितका व्यक्तिहरु उपर कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
दत्तले आफू सिंहसँग दुई वर्षअघि विभिन्न मितिमा गरि १० लाख रुँपैया ऋण सापटी लिएको बताउँदै दुई वर्षमा आफूले पटक पटक गरि सिंहलाई बैंकमार्फत ३१ लाख २९ हजार ५ सय रुँपैया बुझाइसकेको उनले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक डम्बर बहादुर पुरीले दत्तको ल्यावमा तोडफोड तथा लुटपाट गरेको उजुरीको आधारमा सिंहलाई सोमबार नै पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका सिंहलाई सप्तरी जिल्ला अदालतबाट म्याद थपेर आवश्यक अनुसन्धान अघि बढाइएको उनले बताए ।
ल्यावमा तोडफोड, एक जना पक्राउ
सारांश
- राजविराज ८ का शुभाष सिंहको नेतृत्वमा आएका ६÷७ जनाको समूहले ल्यावका महिला स्वास्थयकर्मी तथा कर्मचारीहरुलाई गालिगलौज गर्दै तोडफोड सुरु गरेको ल्याव संचालक देवेस दत्तले बताएका छन् ।
- ल्यावका महँगो उपकरणहरु निकालेर सडकमा बजार्दै तोडफोड समेत गरिएको उनले बताए ।
- तोडफोडबाट ल्यावका उपकरणहरु गरि करिब ३० लाख बराबरको क्षति भएको उनको दाबी छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया