तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु, २२ घाइते

राजविराज राजविराज
|
शनिबार, बैशाख ११, २०७८
|
|
२१ पटक हेरिएको
Shares
तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु, २२ घाइते

सारांश

  •     सो दुर्घटनामा बसका सह–चालक सिन्धुली घ्याङलेक गाऊपालिका १ का २५ बर्षीय अनिल तामाङको घटनास्थलमा मृत्यु भएको हो ।
  •     चालक सहित ३९ जना यात्री बोकेको बा.
  • ३ख.

दैनिक समाचारदाता
राजविराज, ११ बैशाख । 
    हलेसी दर्शन गरी सप्तरी फर्किदै गरेको बस खोटाङ जिल्लाको हलेसीतुवाचुङ नगरपालिका १ कदुवा स्थित मध्ये पहाडी लोकमार्गमा शनिबार बिहान दुर्घटनामा परेको छ । 
    सो दुर्घटनामा बसका सह–चालक सिन्धुली घ्याङलेक गाऊपालिका १ का २५ बर्षीय अनिल तामाङको घटनास्थलमा मृत्यु भएको हो ।
    चालक सहित ३९ जना यात्री बोकेको बा.३ख. ९२८५ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल्लो सडकमा खसी दुर्घटना हुँदा २२ जना घाईते र १६ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ । 
    दुर्घटनामा सप्तरीको कञ्चनरुप नगरपालिका–१२ का ३८ वर्षीय रमा नेपाल, १४ वर्षीय निश्चल नेपाल, कोपिला नेपाल, ७५ वर्षीय सिता नेपाल, ४१ वर्षीय प्रमिला सुरखेती, सन्तलक्ष्मी बस्तिहर, ४२ वर्षीय होम श्रेष्ठ, १५ वर्षीय रमा श्रेष्ठ घाइते भएका छन् ।
    यस्तै बसका चालक ४२ वर्षीय रबिन्द्र ठकुरी, १५ वर्षीय प्रजिता नेपाल, ३५ वर्षीय गीता श्रेष्ठ, ४० वर्षीय विमला पोखरेल, ३८ वर्षीय उर्मिला श्रेष्ठ, ६० वर्षीय लिला श्रेष्ठ, ५५ वर्षीय सुद्धीदेवी महतो, १८ वर्षीय सरिता श्रेष्ठ, ४० वर्षीय भिमा विश्वकर्मा, ६० वर्षीय कुलमान विश्वकर्मा, ३२ वर्षीय दिनेश गहतराज, ४१ वर्षीय प्रमिला श्रेष्ठ, ५० वर्षीय टेक श्रेष्ठ र ४५ वर्षीय उर्मिला श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।
    घाइतेमध्ये ९ जना गम्भीर घाइते छन् । घाइतेलाई स्थानीय, प्रहरीचौकी च्यास्मीटार र इलाका प्रहरी कार्यालय हलेसीका टोलीले उद्धार गरेर उपचारका लागि उदयपुरको कटारी पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?