सबल नेपालद्वारा बाल क्रिकेटर गोलुलाई खेल सामाग्री प्रदान

राजविराज राजविराज
|
मंगलबार, माघ १४, २०७६
|
|
५१ पटक हेरिएको
Shares
सबल नेपालद्वारा बाल क्रिकेटर गोलुलाई खेल सामाग्री प्रदान

सारांश

  •     हालै  राजबिराजमा सम्पन्न अन्तर बिद्यालय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरे वापत उनलाई खेल सामाग्रिह प्रदान गरेको सबल नेपालले जनाएको छ ।
  •     सबल नेपालले मुख्य कार्यालय राजबिराजमा आयोजित एक कार्यक्रममा बाल क्रिकेटर गोलु सिंहलाई एक थान ब्याट, एक जोड क स्प्याड, एक जोड ब्याटिंग ग्लब्स, एक थान हेल्मेट, एक थान बल र एक थान गाड प्रदान गरिएको हो ।
  •       सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरि ईमरजिंग प्लेयर समेत बन्न सफल भएको उनको परिवारिक अवस्था समेत न्युन भएकोले हौसला प्रदान गर्न खेल सामाग्री बितरण गरिएको सबल नेपालका अध्यक्ष जुना गिरीले जानकारी दिइन् ।

दैनिक समाचारदाता
राजविराज, १४ माघ ।
    सप्तरी ११ बर्षिय बाल क्रिकेटर गोलु सिंहलाई सबल नेपालले मंगलबार खेल सामाग्री प्रदान गरेको छ । 
    हालै  राजबिराजमा सम्पन्न अन्तर बिद्यालय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरे वापत उनलाई खेल सामाग्रिह प्रदान गरेको सबल नेपालले जनाएको छ ।
    सबल नेपालले मुख्य कार्यालय राजबिराजमा आयोजित एक कार्यक्रममा बाल क्रिकेटर गोलु सिंहलाई एक थान ब्याट, एक जोड क स्प्याड, एक जोड ब्याटिंग ग्लब्स, एक थान हेल्मेट, एक थान बल र एक थान गाड प्रदान गरिएको हो । 
    सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरि ईमरजिंग प्लेयर समेत बन्न सफल भएको उनको परिवारिक अवस्था समेत न्युन भएकोले हौसला प्रदान गर्न खेल सामाग्री बितरण गरिएको सबल नेपालका अध्यक्ष जुना गिरीले जानकारी दिइन् । 
    यता सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठले बाल क्रिकेटर सिंहको आर्थिक अवस्थामा समेत कमजोर रहेकोले सवैले सक्दो सहयोग गर्नु पर्ने जिकिर गरेका छन् । 
    सोही कार्यक्रममा पिसि कम्प्युटर राजबिराजका प्रोपराईटर धर्मेन्द्र यादवले समेत एक थान जर्सि सेट प्रदान गरेका छन् । 
    सामाग्रि बितरण कार्यक्रममा सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झा, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, सबल नेपालकै परमेश्वर झा र अशोक साह तथा जिल्ला बाल क्लब संजाल सप्तरीका पुर्व अध्यक्ष अमर यादव लगायतको उपस्थिती रहेको थियो ।
    बाल क्रिकेटर सिंह राजविराजस्थित केशो अनिरुद्धबत्ति माध्यमिक बिद्यालयमा कक्षा ४ मा अध्यनरत छन । उनका बाबु छैनन् भने आमा एक निजि बिद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत छिन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संक्रमण रोकथामका लागी स्वास्थकर्मीलाई अभिमुखिकरण 
संक्रमण रोकथामका लागी स्वास्थकर्मीलाई अभिमुखिकरण 
जसपाको बिरोध प्रदर्शन
जसपाको बिरोध प्रदर्शन
दलित तथा अल्पसंख्यक विपन्न वर्गको उत्थान तथा रोजगारीको ग्यारेन्टी माग गर्दै प्रदर्शन
दलित तथा अल्पसंख्यक विपन्न वर्गको उत्थान तथा रोजगारीको ग्यारेन्टी माग गर्दै प्रदर्शन
बोदेबर्साईनका प्रमुख सिंहको बिरुद्धमा आन्दोलनको घोषणा
बोदेबर्साईनका प्रमुख सिंहको बिरुद्धमा आन्दोलनको घोषणा
दुई वर्षपछि लागुऔषध मुद्दामा पक्राउ  परेका थापा कारागार चलान
दुई वर्षपछि लागुऔषध मुद्दामा पक्राउ  परेका थापा कारागार चलान
पठन संस्कृति पुस्तक र पत्रपत्रिकाबाट इन्टरनेटमा सरेको छ ः अध्यक्ष चौधरी
पठन संस्कृति पुस्तक र पत्रपत्रिकाबाट इन्टरनेटमा सरेको छ ः अध्यक्ष चौधरी
जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष डा. राउत आमनेसामने, पाँच दलीय गठबन्धनबाट लोसपा नेता ठाकुरको उम्मेदवारी
जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष डा. राउत आमनेसामने, पाँच दलीय गठबन्धनबाट लोसपा नेता ठाकुरको उम्मेदवारी
युवा क्लवद्वारा एसईई विद्यार्थी सम्मानित 
युवा क्लवद्वारा एसईई विद्यार्थी सम्मानित 
कोरोना संक्रमित एक महिलाको मृत्यु
कोरोना संक्रमित एक महिलाको मृत्यु
सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा  रोचक प्रतिष्पर्धा हुने
सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा  रोचक प्रतिष्पर्धा हुने