दैनिक समाचारदाता
राजविराज, २४ बैशाख ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र कायापलटले सप्तरीको शम्भुनाथ नगरपालिका ६ र ७ मा फोहोर र प्रदूषण अन्त्य गर्न तथा वातावरण संरक्षण गर्न माग गर्दै आइतबार वृहत प्रदर्शन गरेको छ ।
अधिकारकर्मी, युवा, विद्याथीहरूको सहभागितामा कठौनास्थित राजमार्ग, बुद्ध चोक, तिनकुने चौकमा प्ले कार्डसहित जुलुस प्रदर्शन गर्दै युवाहरूले “प्लाष्टिक म्यान क्याम्प्यिन”को आयोजना गरेको छ ।
जुलुसमा सहभागीहरूले पृथ्वीको संरक्षण गरौं, भविष्य जोगाऔ,ं प्लाष्टिक प्रयोग नगरौ, जथाभावी फोहोर नफालौ, हरित गृह ग्यास उत्सर्जन बन्द गरौ, वायु प्रदूषण अन्त्य गरौलगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
सहभागीहरूले सडकमा हिडिरहेका नागरिकहरूसँग वातावरण संरक्षणको आवश्यक्ता र नागरिकको जवाफदेहिता बारे छलफल समेत गरेका थिए ।
कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवान, इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेल, कार्यक्रम संयोजक वरुण वस्याल, शिक्षकहरू, कायापलटका अभियन्ताहरू, मधेश प्रदेशस्तरीय र शम्भुनाथ नगरस्तरीय मानवअधिकार समूहका पदाधिकारीहरू, बालअधिकार सचेतना समूह सदस्यहरूको सहभागिता रहेको थियो ।
फोहोर र प्रदुषण अन्त्य गर्न तथा वातावरण संरक्षण गर्न माग गर्दै प्रदर्शन
सारांश
- अधिकारकर्मी, युवा, विद्याथीहरूको सहभागितामा कठौनास्थित राजमार्ग, बुद्ध चोक, तिनकुने चौकमा प्ले कार्डसहित जुलुस प्रदर्शन गर्दै युवाहरूले “प्लाष्टिक म्यान क्याम्प्यिन”को आयोजना गरेको छ ।
- जुलुसमा सहभागीहरूले पृथ्वीको संरक्षण गरौं, भविष्य जोगाऔ,ं प्लाष्टिक प्रयोग नगरौ, जथाभावी फोहोर नफालौ, हरित गृह ग्यास उत्सर्जन बन्द गरौ, वायु प्रदूषण अन्त्य गरौलगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
- सहभागीहरूले सडकमा हिडिरहेका नागरिकहरूसँग वातावरण संरक्षणको आवश्यक्ता र नागरिकको जवाफदेहिता बारे छलफल समेत गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया