राजबिराज/सप्तरीमा एक बालकसहित तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । कोरोना संक्रमण दर शुन्यमा झरेको जिल्लामा तीन जना संक्रमित भएपछि स्थानिय त्रसित भएका छन् ।
राजविराज नगरपालिका २ का ५८ वर्षिय पुरुष, रुपनी गाउँपालिका ५ की ३६ वर्षिया महिला तथा उनका ११ वर्षिय छोरामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
संक्रमण पुष्टि भएका मध्ये एक जना स्वास्थ्यकर्मीका आफन्त तथा अर्का सरकारी कर्मचारी हुन् भने अर्का बालक उनकै छोरा हुन् । तीनै जना हाल होम आइसोलेशनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
स्वास्थ्य कार्यालयका प्रमुख यादवले अब कसैले पनि लापरवाही गर्नु नहुने तथा संक्रमण फैलिन नदिन सबैले सरकारले तोकेको स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नुपर्ने आग्रह समेत गरे । उनका अनुसार जिल्लामा १६ वटा भारतीय सीमासँग जोडिएका नाकाहरु रहेका छन् । जसमध्ये ९ वटा नाकाहरुबाट अत्याधिक मात्रमा मानिसहरुको ओहरदोहर हुने गर्दछ । ती नाका मध्ये तिलाठी नाकामा एन्टिजिन टेस्ट किटसहितको स्वास्थ्य सामाग्रि उपलब्ध गराउनुका साथै हेल्थ डेस्क स्थापना गरिएको उनले बताए ।
प्रमुख यादवले जिल्लाको सबै पालिकाहरुमा आवश्यक स्वास्थ्य सामाग्रिहरु समेत उपलब्ध गराइसकेको र क्वारेन्टाइन तथा आइसोलेशन कक्ष स्थापनाका लागि निर्देशन समेत दिइसकेको जानकारी दिए ।
यस्तै सम्पूर्ण जनतालाई स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेका छन् । हाललाई स्वास्थ्य मापदण्ड बारे जनचेतना दिइरहेको तथा एक हप्तापछि सोको पालना नगरेको पाइएमा कानुन बमोजिम कारवाही वा दण्ड जरिवाना गराइने जानकारी समेत दिए ।
सप्तरीमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
एक बालकसहित तीन जनामा कोरोना संक्रमणको पुष्टि
सारांश
- स्वास्थ्य कार्यालयका प्रमुख यादवले अब कसैले पनि लापरवाही गर्नु नहुने तथा संक्रमण फैलिन नदिन सबैले सरकारले तोकेको स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नुपर्ने आग्रह समेत गरे ।
- उनका अनुसार जिल्लामा १६ वटा भारतीय सीमासँग जोडिएका नाकाहरु रहेका छन् ।
- जसमध्ये ९ वटा नाकाहरुबाट अत्याधिक मात्रमा मानिसहरुको ओहरदोहर हुने गर्दछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया