ग्लोबल सहकारीबाट ११ करोड भन्दा बढी  रकम फिर्ता माग्दै बचतकर्ताहरुद्वारा प्रर्दशन

राजविराज राजविराज
|
बुधबार, माघ ३, २०८०
|
|
१९ पटक हेरिएको
Shares
ग्लोबल सहकारीबाट ११ करोड भन्दा बढी  रकम फिर्ता माग्दै बचतकर्ताहरुद्वारा प्रर्दशन

सारांश

  •     संस्थाका तत्कालिन अध्यक्ष सुखराम यादव र कार्यक्रम प्रवद्र्धक पंकज पोखरेलको हेलचक्रयाईले सहकारी संस्थासंगै बचतकर्ताको रकम समेत डुबाएको भन्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन् ।
  •       बचतकर्ताहरुले करिब ११ करोड ८५ लाख रुपैया फिर्ता गर्नु पर्ने मागसहित स्थानीय रंगशालामा जम्मा भई “कि त मारी दे, कि त हाम्रो समस्या टारि दे, सहकारी पीडितलाई न्याय दे” लगायतका प्ले कार्ड बोकी नाराबाजी गर्दै महिला बचतकर्ताको उल्लेख्यनीय सहभागितामा निस्केको जुलुस नगरपरिक्रमा पश्चात सोही स्थानमा पुगी विरोध सभामा परिणत भएको थियो ।
  •       २६ हजार भन्दा बढी बचतकर्ताको जीवनभरको कमाई डुबेकाले बाध्य भई आन्दोलन गर्नु परेको बतचकर्ताहरुको गुनासो छ ।

दैनिक समाचारदाता
राजविराज, ३ माघ ।

    राजविराजस्थित ग्लोबल बहुमुखी सहकारी संस्था लि. बाट बचतकर्ताहरुले ११ करोड भन्दा बढी रकम फिर्ता गर्न माग गर्दै बुधबार प्रदर्शन गरेका छन् । 
    संस्थाका तत्कालिन अध्यक्ष सुखराम यादव र कार्यक्रम प्रवद्र्धक पंकज पोखरेलको हेलचक्रयाईले सहकारी संस्थासंगै बचतकर्ताको रकम समेत डुबाएको भन्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन् । 
    बचतकर्ताहरुले करिब ११ करोड ८५ लाख रुपैया फिर्ता गर्नु पर्ने मागसहित स्थानीय रंगशालामा जम्मा भई “कि त मारी दे, कि त हाम्रो समस्या टारि दे, सहकारी पीडितलाई न्याय दे” लगायतका प्ले कार्ड बोकी नाराबाजी गर्दै महिला बचतकर्ताको उल्लेख्यनीय सहभागितामा निस्केको जुलुस नगरपरिक्रमा पश्चात सोही स्थानमा पुगी विरोध सभामा परिणत भएको थियो । 
    २६ हजार भन्दा बढी बचतकर्ताको जीवनभरको कमाई डुबेकाले बाध्य भई आन्दोलन गर्नु परेको बतचकर्ताहरुको गुनासो छ । सहकारीका तत्कालिन अध्यक्ष सुखराम यादव र प्रवद्र्धक पंकज पोखरेलले आफुहरुको रकम अपचलन गरेको उनीहरुको भनाई छ । 
    बचतकर्ता मध्येका केही पालिकाहरुमा स्वास्थ्य चौकीमा खटिएका आमा समूहका स्वंयसेवीकाहरु पनि छन् । उनीहरुले तत्कालिन जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय झाले सोही सहकारीमा बचत गर्न दबाव दिएको भन्दै उनलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन । 
    तत्कालिन अध्यक्ष यादव र प्रवद्र्धक पोखरेल सम्पर्क विहिन भएकाले उनीहरु विरुद्ध प्रहरीमा ठगी मुद्दा चलाउन निवेदन समेत दिइ सकिएको बचतकर्ता मध्येकी सीता देवी विश्वकर्माले बताईन । उनीहरुले संस्थाको रकम अपचलन, हिनामिना तथा ठगी गरेको निवेदनमा उल्लेख गरेका छन् । 
    अर्का पीडित बनिोद यादवले संस्थामा दुई कठ जग्गा राखेर १७ लाख रुँपैया माग गरेको तर आफूले नपाएको बताउँदै पछि बुझ्दा ग्लोबल सहकारीले आफूले माग गरेको १७ लाख रुँपैया राष्ट्रिय सहकारी बैंक मार्फत उठाइसकेको बताए ।  
    सोही बिरोध सभाबाट आन्दोलनका थप कार्यक्रम समेत घोषणा गरिएको छ । जसअनुसार आगामी माघ १४ गते जिल्ला स्वास्थ्य कार्यालयमा तालाबन्दी तथा माघ १५ गते जिल्लाका सबै स्वास्थ्य चौकीमा तालाबन्दी गरी कामकाज ठप्प पार्ने कार्यक्रम तय गरिएको बचतकर्ता पीडित संर्घष समितिले जनाएको छ ।
    संस्थाले भने बचतकर्ताको रकम अनियमितता नगरेको दाबी गर्दै लगानी गरिएको रकम ऋणीहरुबाट समय मै फिर्ता नआउदा भुक्तानी दिन समस्या भएको जनाउदै आएको छ ।
    यता सहकारीबाट ठगिएको भनी पीडितहरु धमाधम सम्पर्कमा आउन थालेपछि आवश्यक अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले सहकारीबाट ठगिएको भनी पीडितहरु निवेदन लिएर आएको तथा सो बारे सुक्ष्म अनुसन्धान भईरहेको बताए ।  
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाल दिवसको अवसरमा नृत्य प्रतियोगिता
बाल दिवसको अवसरमा नृत्य प्रतियोगिता
नेकपा सत्तामा पुगेपछि जनताको मुद्दा कोशीमा विसर्जन ग¥यो ः प्रदेश मन्त्री सोनल
नेकपा सत्तामा पुगेपछि जनताको मुद्दा कोशीमा विसर्जन ग¥यो ः प्रदेश मन्त्री सोनल
एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जनाको समस्या समाधान
एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जनाको समस्या समाधान
जयमालाको मृत्यु प्रकरण, सवारी दुर्घट्नका आरोपी साह जेल चलान
जयमालाको मृत्यु प्रकरण, सवारी दुर्घट्नका आरोपी साह जेल चलान
सदस्यता टुंगो नलगाई साधारणसभा,  अधिवेशन नगर्न युनियनद्वारा ध्यानाकर्षण 
सदस्यता टुंगो नलगाई साधारणसभा,  अधिवेशन नगर्न युनियनद्वारा ध्यानाकर्षण 
राजविराज नगरपालिकाभित्र १५ किलो  ६० मिटर बाटो कालोपत्रे हुँदै 
राजविराज नगरपालिकाभित्र १५ किलो  ६० मिटर बाटो कालोपत्रे हुँदै 
 जनता समाजवादी पार्टी र जनमत पार्टीद्वारा शक्ति प्रदर्शन
 जनता समाजवादी पार्टी र जनमत पार्टीद्वारा शक्ति प्रदर्शन
पार्किङ गरि राखिएको मोटरसाइकलमै बिजुलीको पोल ढल्यो
पार्किङ गरि राखिएको मोटरसाइकलमै बिजुलीको पोल ढल्यो
शनिदेव मन्दिरमा नवौं पटक चोरी
शनिदेव मन्दिरमा नवौं पटक चोरी
दोब्बर भन्दा बढी मतले उपेन्द्र यादवलाई हराउँदै डा. सीके राउतको फराकिलो जीत
दोब्बर भन्दा बढी मतले उपेन्द्र यादवलाई हराउँदै डा. सीके राउतको फराकिलो जीत