दैनिक समाचारदाता
राजविराज, २७ कात्तिक ।
मैथिली साहित्य परिषद सप्तरीले मैथिली भाषाका महाकवी विद्यापतीको स्मृति दिवसमा मंगलबार रक्तदान कार्यक्रम गरेको छ ।
स्मृति दिवसको तीन दिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन रक्त संचार सेवा केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा परिषदका अध्यक्ष अवधेश झाका साथै पूर्व मन्त्रि उमेश प्रसाद यादव, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडा, परिषदका सचिव इन्जिनीयर संंजिव नारायण यादव, कोषाध्यक्ष ललिता झा, मैथिल युवा परिषदका अध्यक्ष अखिलेश झा, पत्रकार जितेन्द्र झा लगायत २१ जनाले रक्तदान गरेका छन ।
रगतको अभावले समस्या भईरहेका बेला परिषदले गरेको रक्तदान कार्यक्रमले मद्दत पु¥याउने रक्त संचार सेवा केन्द्रका इन्र्चाज नवीन झाले बताए ।
रक्तदान कार्यक्रम सके लगतै परिषदले स्थानीय मैथिली भवनमा कवि गोष्ठिको आयोजना समेत गरि स्मृति दिवसको पहिलो दिनको कार्यक्रम सम्पन्न गरेको मैथिली साहित्य परिषदका अध्यक्ष झाले जानकारी दिए ।
विद्यापती स्मृति दिवसको दोश्रो दिन बुधवार मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउने आवश्यक्ता विषयक विचार गोष्ठि तथा तेश्रो दिन विहीवार मिथिला संस्कृति झल्काउने झाँकी, श्रद्धान्जली सभा, साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण लगायतका कार्यक्रम गरिने तय भएको अध्यक्ष झाले जानकारी दिए ।
मिथिला र मैथिलीको प्रतिक महाकविद्यापतीको स्मृति एवं सम्मानमा आयोजना भईरहेको तीन दिवसीय पर्व समाहरोलाइ भब्य र सभ्यरुपमा सम्पन्न गर्न भगिनी संस्था मैथिलि युवा परिषद, मैथिली विद्यार्थी परिषद, मैथिली महिला परिषद र मैथिलि पत्रकार समेतको सहयोग र सहभागिता रहेको मुल आयोजक मैथिली साहित्य परिषद सप्तरीले जनाएको छ ।
विद्यापती स्मृती पर्वमा रक्तदान
सारांश
- स्मृति दिवसको तीन दिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन रक्त संचार सेवा केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा परिषदका अध्यक्ष अवधेश झाका साथै पूर्व मन्त्रि उमेश प्रसाद यादव, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडा, परिषदका सचिव इन्जिनीयर संंजिव नारायण यादव, कोषाध्यक्ष ललिता झा, मैथिल युवा परिषदका अध्यक्ष अखिलेश झा, पत्रकार जितेन्द्र झा लगायत २१ जनाले रक्तदान गरेका छन ।
- रगतको अभावले समस्या भईरहेका बेला परिषदले गरेको रक्तदान कार्यक्रमले मद्दत पु¥याउने रक्त संचार सेवा केन्द्रका इन्र्चाज नवीन झाले बताए ।
- रक्तदान कार्यक्रम सके लगतै परिषदले स्थानीय मैथिली भवनमा कवि गोष्ठिको आयोजना समेत गरि स्मृति दिवसको पहिलो दिनको कार्यक्रम सम्पन्न गरेको मैथिली साहित्य परिषदका अध्यक्ष झाले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया