दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
राजविराज नगरपालिका कार्यालयबाट बिहीबार राती योजना शाखाबाट एक थान ल्यापटप र आवश्यक कागजात चोरी भएको छ ।
सो कार्यालयबाट एक थान ल्यापट र केही आवश्यक कागजात राखिएको फायलहरु चोरी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीनले कार्यालयको योजना शाखाको ढोका र त्यस पश्चात दराज फोडेर एक थान ल्यापटप तथा केही फायलहरु चोरी भएको जानकारी दिइन् । शुक्रबार विहान ९ बजेतिर कर्मचारीहरु कार्यालय पुग्दा मात्र चोरी भएको थाहा पाएको उनको भनाई छ ।
नगरपालिका कार्यालय परिसरमा जडान गरिएका सिसि क्यामरा विग्रेका कारण चोरको पहिचान गर्न समस्या भइरहेको यद्यपी नगरका अन्य स्थानमा जडान गरिएका सिसि टिभीको फुटेज हेर्ने काम भईरहेको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बर पुरीले घट्नाको खबर पाएपछी एक प्रहरी निरीक्षकको कमाण्डमा पुगेको टोली अनुसन्धान गरिरहेको जनाएका छन् ।
एकसाता यता राजविराज ५ निवासी कानुन व्यवसायी मदनमोहन चौधरी, राजविराज ७ मा रहेको अनुपदास धर्मशाला तथा राजविराज ७ स्थित दुईवटा पसलमा चोरीको घट्ना भईसकेको छ ।
यसैबीच विभिन्न चोरी घट्नामा संलग्न रहेको आरोपमा बिहीबार राती एक जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
सारांश
- सो कार्यालयबाट एक थान ल्यापट र केही आवश्यक कागजात राखिएको फायलहरु चोरी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- पालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीनले कार्यालयको योजना शाखाको ढोका र त्यस पश्चात दराज फोडेर एक थान ल्यापटप तथा केही फायलहरु चोरी भएको जानकारी दिइन् ।
- शुक्रबार विहान ९ बजेतिर कर्मचारीहरु कार्यालय पुग्दा मात्र चोरी भएको थाहा पाएको उनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया