दैनिक समाचारदाता
राजविराज १० माघ ।
नेपाल औषधि व्यवसायी संघ सप्तरीको नयाँ कार्य समितिले बुधबार सपथ ग्रहण गरेका छन् ।
नव कार्यसमितिका अध्यक्षलाई प्रमुख निर्वाचन अधिकृत सतिश कुमार दत्तले प्रमाणपत्र बितरण गरि सपथ ग्रहण गराएका थिए भने अन्य पदाधिकारीहरुलाई नवनिर्वाचित अध्यक्षले सपथग्रहण गराएका थिए ।
संघको पुस २८ गते राजविराजमा सम्पन्न दोस्रो साधारण सभाले निर्विरोध नयाँ कार्य समिति चयन गरेको थियो ।
संघको अध्यक्षमा राजकुमार साह, वरिष्ठ उपाध्यक्षमा अवधेश कुमार यादव, थोक उपाध्यक्षमा उज्वल काबरा र खुद्रा उपाध्यक्षमा मिथिलेश मिश्र, महासचिवमा तुलानाथ माझी, सचिबमा शैलेन्द्र साह, कोषाध्यक्षमा डम्बर प्रसाद गुप्ता र सहकोषाध्यक्षमा श्री नारायण परिहस्त चयन भएका थिए ।
यस्तै सदस्यहरुमा अनिता बर्मा, बिमल कुमार कर्ण, मुकेश कुमार यादव, अजयकुमार चौधरी र बिनोद शर्मा तथा पदेन सदस्यमा मनोहर कुमार दासलाई चयन गरिएको प्रमुख निर्वाचन अधिकृत दत्तले जानकारी दिए ।
संघका वर्तमान यसअघिका अध्यक्ष मनोहर प्रसाद सिंहको अध्यक्षता तथा प्रदेश अध्यक्ष शिवनाथ सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संका पूर्व केन्द्रिय उपाध्यक्ष शंकर सारदा, नेपाल पत्रकार महासंघका सभापति श्रवणकुमार देव, निर्माण व्यवसायी संघ सप्तरीका पूर्व अध्यक्ष रामअशिष साह लगायतको उपस्थिति रहेको थियो ।
औषधि व्यवसायी संघका नयाँ कार्य समितिद्वारा सपथ ग्रहण
सारांश
- नव कार्यसमितिका अध्यक्षलाई प्रमुख निर्वाचन अधिकृत सतिश कुमार दत्तले प्रमाणपत्र बितरण गरि सपथ ग्रहण गराएका थिए भने अन्य पदाधिकारीहरुलाई नवनिर्वाचित अध्यक्षले सपथग्रहण गराएका थिए ।
- संघको पुस २८ गते राजविराजमा सम्पन्न दोस्रो साधारण सभाले निर्विरोध नयाँ कार्य समिति चयन गरेको थियो ।
- संघको अध्यक्षमा राजकुमार साह, वरिष्ठ उपाध्यक्षमा अवधेश कुमार यादव, थोक उपाध्यक्षमा उज्वल काबरा र खुद्रा उपाध्यक्षमा मिथिलेश मिश्र, महासचिवमा तुलानाथ माझी, सचिबमा शैलेन्द्र साह, कोषाध्यक्षमा डम्बर प्रसाद गुप्ता र सहकोषाध्यक्षमा श्री नारायण परिहस्त चयन भएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया