हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारी आन्दोलित

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २८, २०७९
|
|
४५ पटक हेरिएको
Shares
हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारी आन्दोलित

सारांश

  •     कर्मचारीहरुले आइतवारै एक प्रेस विज्ञप्तीमार्फत नगरपालिकाका जनप्रतिनीधीहरुले बारम्बार गलत मनसाय राखी सार्वजनिक कार्यक्रममा अभद्र टिकाटिप्पणी, मनोवल गिराउने कार्य, प्रशासनिक कार्यमा अनावश्यक हस्तक्षेप गर्ने तथा धाकधम्की दिने गरेको भन्दै त्यस्ता कार्य नरोकिएसम्म अत्यावश्यक वाहेकका सबै सेवा स्थगन रहने जनाएका छन् ।
  •       आईतवारदेखी विद्यालयको नियमित पठनपाठन र स्वास्थ्य सेवा लगायत अत्यावश्यक सेवाहरु बाहेक अन्य सबै कामकाज स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
  •       विज्ञप्तीमा कार्यालय प्रमुख नरहेको बेला जनप्रतिनिधीहरुको एक समुहले उनले प्रयोग गर्ने गाडीको साँचो समेत चालकबाट जबरजस्ती लगेको उल्लेख गर्दै त्यस्ता गतिविधी अविलम्ब रोक्न र कार्यालय प्रमुख चढ्ने गाडीको साँचो अविलम्ब फिर्ता गर्नू पर्ने माग गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २८ फागुन । 

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारीहरु आइतबारदेखी आन्दोलित भएका छन् । सार्वजनिक कार्यक्रमहरुमा नै जनप्रतिनीधीहरुले आफुहरुमाथी अभद्र टिकाटिप्पणी तथा प्रशासनिक काममा अनावश्यक हस्तक्षेप गर्न थालेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
    कर्मचारीहरुले आइतवारै एक प्रेस विज्ञप्तीमार्फत नगरपालिकाका जनप्रतिनीधीहरुले बारम्बार गलत मनसाय राखी सार्वजनिक कार्यक्रममा अभद्र टिकाटिप्पणी, मनोवल गिराउने कार्य, प्रशासनिक कार्यमा अनावश्यक हस्तक्षेप गर्ने तथा धाकधम्की दिने गरेको भन्दै त्यस्ता कार्य नरोकिएसम्म अत्यावश्यक वाहेकका सबै सेवा स्थगन रहने जनाएका छन् । 
    आईतवारदेखी विद्यालयको नियमित पठनपाठन र स्वास्थ्य सेवा लगायत अत्यावश्यक सेवाहरु बाहेक अन्य सबै कामकाज स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । 
    विज्ञप्तीमा कार्यालय प्रमुख नरहेको बेला जनप्रतिनिधीहरुको एक समुहले उनले प्रयोग गर्ने गाडीको साँचो समेत चालकबाट जबरजस्ती लगेको उल्लेख गर्दै त्यस्ता गतिविधी अविलम्ब रोक्न र कार्यालय प्रमुख चढ्ने गाडीको साँचो अविलम्ब फिर्ता गर्नू पर्ने माग गरिएको छ ।
    सम्पुर्ण कर्मचारीहरुको तर्फबाट अधिकृत रामदेव यादवले उक्त माग सम्बोधनका लागी नगरप्रमुख विरेन्द्र माझीलाई समेत विज्ञप्ती बुझाएका छन् । विज्ञप्ति बुझ्दै नगर प्रमुख माझीले जनप्रतिनीधी तथा कर्मचारी बीच सुमधुर सम्बन्ध कायम गर्न तथा व्यवस्थित ढंगले कार्यालयको कार्य सम्पादनका लागी आफुले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भुकम्प पीडितलाई सप्तरीबाट राहत पठाइयो
भुकम्प पीडितलाई सप्तरीबाट राहत पठाइयो
स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो
स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो
आगलागिबाट दश लाख बढीको क्षति
“नेपाल टि–ट्वान्टी” प्रतियोगिता हुने निश्चित
“नेपाल टि–ट्वान्टी” प्रतियोगिता हुने निश्चित
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकता समाजवादी पार्टीको २५ पदाधिकारी घोषणा
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकता समाजवादी पार्टीको २५ पदाधिकारी घोषणा
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
हाट बजारमा आगलागि हुँदा १ सय ६५ टहरा नष्ट
हाट बजारमा आगलागि हुँदा १ सय ६५ टहरा नष्ट
सामुहिक बलात्कार काण्डका दोषिलाई १३ वर्ष कैद 
कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत डा. सीके राउतले लेख्छन् ः  “रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त”
कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत डा. सीके राउतले लेख्छन् ः  “रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त”
एसइई परिक्षा मर्यादित र शान्तिपूर्ण  सम्पन्न गराउने केन्द्राध्यक्षद्वारा प्रतिबद्धता 
एसइई परिक्षा मर्यादित र शान्तिपूर्ण  सम्पन्न गराउने केन्द्राध्यक्षद्वारा प्रतिबद्धता