रौतहट÷रौतहट जिल्लाको एक पुरानो व्यापारीक केन्द्रको हाट बजार लाग्ने स्थानमा आगलागि भएको छ । कटहरिया नगरपालिका ५ स्थित हाट बजारमा शनिबार दिउँसो एक्कासी आगो सल्कदा हाटबजारका छाप्रा जलेका छन् ।
सो आगलागीमा १ सय ६५ वटा घर टहरा नष्ट भएको भएको ईलाका प्रहरी कार्यालय कटहरियाले जानकारी दिएको छ ।
आगलागी गौर नगरपालिको दमकल, प्रहरी र स्थानीय बासिन्दाको सक्रियता नियन्त्रणमा ल्याउइएको ईलाका प्रहरी कार्यालय कटहरियाले जानकारी दिएको छ ।
हाट बजार नभएपनि हाट बजार लाग्ने घर टहरा जल्दा १५ लाख बढीको धनमाल नष्ट भएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख आमोद कुमार यादवले जानकारी दिए ।
दिउसोको समयमा कसैले चुरो बिडी खाएर फालेको ठुटोका कारण आगलागी भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।
हाट बजार लाग्ने छाप्रा नै जलेपछि हप्तामा दुईदिन आईतबार र बुधबार कटहरियामा लाग्ने हाट बजार प्रभावित हुने स्थानीय बासिन्दा राजु प्रसाद यादवले जानकारी दिए ।
हाट बजारमा आगलागि हुँदा १ सय ६५ टहरा नष्ट
सारांश
- हाट बजार नभएपनि हाट बजार लाग्ने घर टहरा जल्दा १५ लाख बढीको धनमाल नष्ट भएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख आमोद कुमार यादवले जानकारी दिए ।
- दिउसोको समयमा कसैले चुरो बिडी खाएर फालेको ठुटोका कारण आगलागी भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।
- हाट बजार लाग्ने छाप्रा नै जलेपछि हप्तामा दुईदिन आईतबार र बुधबार कटहरियामा लाग्ने हाट बजार प्रभावित हुने स्थानीय बासिन्दा राजु प्रसाद यादवले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
ठूलो परिमाणको गाजा बरामद, एक पक्राउ
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका
प्रतिक्रिया
० प्रतिक्रिया