दैनिक समाचारदाता
राजविराज, १९ असार ।
कारागार कार्यालय सप्तरीको सुरक्षामा खटिएका एक प्रहरी जवान घाइते भएका छन् । ड्युटीका क्रममा एसएलआर राइफलबाट अचानक गोली चल्दा नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केबर धनुषा दरबन्दीका २२ वर्षीय प्रहरी जवान बिसोजित राय घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कारागार कार्यालयको ‘ए’ ब्लक अन्तर्गत पोस्ट नं ३ मा राति १० बजेदेखि २ बजेसम्मको ड्युटीमा रहेका राय शौचालयबाट पोस्टतर्फ फर्कने क्रममा पोस्ट नं.४ मा ड्युटीमा रहेका प्रहरी जवान २२ वर्षीय अजयकुमार महतोले बोकेको एसएलआर राइफलबाट अचानक एक राउन्ड गोली चलेको थियो ।
गोली लागेर कम्मरमाथिको ढाडमा घाइते भएका रायलाई तत्काल गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका लागि लगिएको थियो । सो अस्पतालमा प्रारम्भिक उपचार पश्चात् थप उपचारका लागि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा रेफर गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले घटनाको पुष्टि गरेका छन् । उनले घटनालगत्तै प्रहरी जवान महतोलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान थालिएको जानकारी दिँदै घाइते प्रहरी जवान रायको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।
कारागारमा गोली चल्दा प्रहरी जवान घाइते
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कारागार कार्यालयको ‘ए’ ब्लक अन्तर्गत पोस्ट नं ३ मा राति १० बजेदेखि २ बजेसम्मको ड्युटीमा रहेका राय शौचालयबाट पोस्टतर्फ फर्कने क्रममा पोस्ट नं.
- ४ मा ड्युटीमा रहेका प्रहरी जवान २२ वर्षीय अजयकुमार महतोले बोकेको एसएलआर राइफलबाट अचानक एक राउन्ड गोली चलेको थियो ।
- गोली लागेर कम्मरमाथिको ढाडमा घाइते भएका रायलाई तत्काल गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका लागि लगिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
रसुवाको बाढीमा सप्तरीको एकै परिवारका तीन दाजुभाईसहित पाँच जना सम्पर्क बिहीन
वर्तमान सरकार समस्याहरुप्रति गम्भीर छैन ः पूर्वमन्त्री यादव
तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ
पूर्व पार्टीका ६ घटकले नेपाली कम्प्युनिष्ट पार्टीको जिल्ला समायोजन कार्यक्रम बहिष्कार गर्ने
करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प
ट्रकको ठक्करबाट एकको मृत्यु
भारत गएका दुई युवकको अवस्था अझै अज्ञात
प्रतिक्रिया
० प्रतिक्रिया