कारागारमा गोली चल्दा प्रहरी जवान घाइते

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, आषाढ १९, २०८३
|
|
१७२ पटक हेरिएको
Shares
कारागारमा गोली चल्दा प्रहरी जवान घाइते

सारांश

  • जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कारागार कार्यालयको ‘ए’ ब्लक अन्तर्गत पोस्ट नं ३ मा राति १० बजेदेखि २ बजेसम्मको ड्युटीमा रहेका राय शौचालयबाट पोस्टतर्फ फर्कने क्रममा पोस्ट नं.
  • ४ मा ड्युटीमा रहेका प्रहरी जवान २२ वर्षीय अजयकुमार महतोले बोकेको एसएलआर राइफलबाट अचानक एक राउन्ड गोली चलेको थियो ।
  • गोली लागेर कम्मरमाथिको ढाडमा घाइते भएका रायलाई तत्काल गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका लागि लगिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १९ असार ।
कारागार कार्यालय सप्तरीको सुरक्षामा खटिएका एक प्रहरी जवान घाइते भएका छन् । ड्युटीका क्रममा एसएलआर राइफलबाट अचानक गोली चल्दा नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केबर धनुषा दरबन्दीका २२ वर्षीय प्रहरी जवान बिसोजित राय घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कारागार कार्यालयको ‘ए’ ब्लक अन्तर्गत पोस्ट नं ३ मा राति १० बजेदेखि २ बजेसम्मको ड्युटीमा रहेका राय शौचालयबाट पोस्टतर्फ फर्कने क्रममा पोस्ट नं.४ मा ड्युटीमा रहेका प्रहरी जवान २२ वर्षीय अजयकुमार महतोले बोकेको एसएलआर राइफलबाट अचानक एक राउन्ड गोली चलेको थियो ।
गोली लागेर कम्मरमाथिको ढाडमा घाइते भएका रायलाई तत्काल गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका लागि लगिएको थियो । सो अस्पतालमा प्रारम्भिक उपचार पश्चात् थप उपचारका लागि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा रेफर गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले घटनाको पुष्टि गरेका छन् । उनले घटनालगत्तै प्रहरी जवान महतोलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान थालिएको जानकारी दिँदै घाइते प्रहरी जवान रायको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँपालिकाको तालाबन्दी खोलाउन  सम्बन्धीत पक्षहरुसँग अनुरोध 
गाउँपालिकाको तालाबन्दी खोलाउन  सम्बन्धीत पक्षहरुसँग अनुरोध 
आदिवासी जनजाती पत्रकार महासंघको नयाँ जिल्ला कार्यसमिति चयन
आदिवासी जनजाती पत्रकार महासंघको नयाँ जिल्ला कार्यसमिति चयन
१२ दिनदेखी एक यूवक वेपत्ता  २० दिनपछि वेपत्ता अर्का यूवक फेला 
१२ दिनदेखी एक यूवक वेपत्ता  २० दिनपछि वेपत्ता अर्का यूवक फेला 
घुस लिँदै गर्दा वडाध्यक्षलाई अख्तियारले समात्यो, अध्यक्षका छोराद्वारा प्रपन्च रचि फसाएको दाबी
सप्तरीबाट बैदेशिक रोजगारीमा गएका २८ जनाले ज्यान गुमाए
सप्तरीबाट बैदेशिक रोजगारीमा गएका २८ जनाले ज्यान गुमाए
किसान आन्दोलनको समर्थन तथा सरकारबिरुद्ध यूवाहरुको प्रदर्शन
किसान आन्दोलनको समर्थन तथा सरकारबिरुद्ध यूवाहरुको प्रदर्शन
कमिशन लिई योजनाहरु बिक्रि गरेको भन्दै सामाजिक विकास इकाई कार्यालय तालाबन्दी 
कमिशन लिई योजनाहरु बिक्रि गरेको भन्दै सामाजिक विकास इकाई कार्यालय तालाबन्दी 
भगवती मन्दिरलाई दान  पेटिका र डस्टबिन प्रदान  
भगवती मन्दिरलाई दान  पेटिका र डस्टबिन प्रदान  
नेविसंघको स्थापना दिवसमा बिरामीलाई फलफुल 
नेविसंघको स्थापना दिवसमा बिरामीलाई फलफुल 
ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद 
ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद