प्रतिष्ठानद्वारा क्रिकेटलाई निरन्तरता,  बैशाख ५ देखी प्रतियोगिता हुने

राजविराज राजविराज
|
मंगलबार, बैशाख ४, २०८१
|
|
५८ पटक हेरिएको
Shares
प्रतिष्ठानद्वारा क्रिकेटलाई निरन्तरता,  बैशाख ५ देखी प्रतियोगिता हुने

सारांश

  •     आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष ई.
  • इन्द्रनारायण देवले बैशाख ५ गते जिल्लाका ९ क्लब सम्मिलित क्रिकेट प्रतियोगिता आयोजना हुने जानकारी दिएका छन् ।
  •       सो प्रतियोगितामा जिल्लाको युथ एकेडेमी राजविराज, सबल नेपाल, राजदेवी राइजिङ्ग क्लब, तिलाठी कोइलाडी क्लब, कंचनरुप रुपनगर क्रिकेट क्लब, रुपनी राइडर्स, बजाज खडक यङ एलेवन, माँ काली छिन्नमस्ता क्लब र वाईइसी विरपुर क्रिकेट क्लब गरी कुल ९ टिमको सहभागिता रहने उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, ४ वैशाख ।

    क्रिकेट विकास प्रतिष्ठान राजविराज सप्तरीले गठन भएको पाँच वर्षदेखि लगातार क्रिकेट प्रतियोगितको आयोजना गर्दै आएको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत यस पटक पनि सोही प्रतियोगितालाई निरन्तरता दिने जनाएको छ । 
    आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष ई. इन्द्रनारायण देवले बैशाख ५ गते जिल्लाका ९ क्लब सम्मिलित क्रिकेट प्रतियोगिता आयोजना हुने जानकारी दिएका छन् । 
    सो प्रतियोगितामा जिल्लाको युथ एकेडेमी राजविराज, सबल नेपाल, राजदेवी राइजिङ्ग क्लब, तिलाठी कोइलाडी क्लब, कंचनरुप रुपनगर क्रिकेट क्लब, रुपनी राइडर्स, बजाज खडक यङ एलेवन, माँ काली छिन्नमस्ता क्लब र वाईइसी विरपुर क्रिकेट क्लब गरी कुल ९ टिमको सहभागिता रहने उनले बताए । 
    प्रतियोगिताको वार्षिक कार्यक्रम अन्तर्गत राजविराज नगरपालिका तथा सप्तरी क्रिकेट संघसँग समन्वय गरेर बैशाख ५ गते देखी १२ गते सम्म जिल्लाका क्लबहरुलाई समेटेर क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाई छ । 
    युवाहरुलाई कुलतबाट जोगाउन तथा उनीहरुलाई खेलको माध्यमबाट असल नागरीक बनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्दै आएको बताउँदै उनले यसबाट नयाँ नयाँ प्रतिभावान खेलाडीको उदय हुने विश्वास समेत गरे । 
    जिल्लामा क्रिकेट खेलको विकासका लागी हामी निरन्तर प्रतियोगिता गर्दै आए पनि स्थानीय, प्रदेश र संघिय सरकारहरुबाट अपेक्षा गरे अनुसारको सहयोग पाउन नसकेको भन्दै उनले यसतर्फ तीन वटै तहका सरकारको पनि चासो उत्तिकै जरुरी रहेको बताए ।
    राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेलमैदानमा लिग कम नक आउट प्रणालीको आधारमा टि–ट्वाइन्टी कप क्रिकेट प्रतियोगिता संचालन हुने प्रतियोगितामा प्रथम हुने टिमले ट्रफी, प्रमाण पत्र र नगद २५ हजार तथा दोश्रो हुनेले ट्रफी, प्रमाण पत्र र १५ हजार नगद पुरस्कार पाउने जनाइएको छ । 
    प्रतियोगितको पाँचौ संस्करणमा वेस्ट बलर, वेस्ट ब्याटसम्यान, म्यान अफ द सिरीज लगायतका विद्यामा पनि पुरस्कारको व्यवस्था मिलाइएको प्रतिष्ठानका सचिव भोगेन्द्र चौधरीले जानकारी दिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन वडामा महिलाका लागि आर्थिक सशक्तिकरण कार्यक्रम सञ्चालन गरिने 
तीन वडामा महिलाका लागि आर्थिक सशक्तिकरण कार्यक्रम सञ्चालन गरिने 
न्यायका लागी साह दम्पती अदालत अगाडी दोश्रो पटक अनसनमा
न्यायका लागी साह दम्पती अदालत अगाडी दोश्रो पटक अनसनमा
सरसफाई मजदुरले बुझाए नगरपालिकालाई ज्ञापनपत्र
सरसफाई मजदुरले बुझाए नगरपालिकालाई ज्ञापनपत्र
बैशाख ३१ देखी राजविराजमा राष्ट्रिय महोत्सव हुने
बैशाख ३१ देखी राजविराजमा राष्ट्रिय महोत्सव हुने
लागु औषधसहित तीन पक्राउ
लागु औषधसहित तीन पक्राउ
कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन 
कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन 
अम्पायर तथा स्कोरर संघको केन्द्रीय सदस्यमा सप्तरीका निरज सिंह निर्वाचित
अम्पायर तथा स्कोरर संघको केन्द्रीय सदस्यमा सप्तरीका निरज सिंह निर्वाचित
भारत सरकारद्वारा सप्तरीमा १३ करोडको परियोजना शिलान्यास
भारत सरकारद्वारा सप्तरीमा १३ करोडको परियोजना शिलान्यास
नेतृत्व तहमा बोली र व्यवहार फरक हुँदा नागरिकमा वितृष्णा बढ्यो ः मन्त्री लेखी
नेतृत्व तहमा बोली र व्यवहार फरक हुँदा नागरिकमा वितृष्णा बढ्यो ः मन्त्री लेखी
लागुऔषधसहित पक्राउ परेका दुई जना पूर्पक्षका लागि कारागार चलानदैनिक समाचारदाता
लागुऔषधसहित पक्राउ परेका दुई जना पूर्पक्षका लागि कारागार चलानदैनिक समाचारदाता