राजविराज, ४ फागुन ।
सप्तरी प्रहरीले लागु औषधसहित पक्राउ गरेको दुई जनालाई मंगलबार जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको छ ।
२०७७ मंसिर ८ गते जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका वडा नं १४ रामपुरमल्हनियाबाट लागुऔषधसहित पक्राउ परेका सप्तरीको महदेवा गाउँपालिका वडा नं. २ निवासी ३४ वर्षिय सन्तोष यादव र हनुमाननगर कंकालिनि नगरपालिका वडा नं १४ रामपुरमल्हनिया निवासी ५० वर्षिय बिरेन्द्र कुमार यादवलाई अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको हो ।
भारतबाट नेपालतर्फ आउदै गरेको बा.९७ प.१४९७ नं को मोटरसाइकल शंका लागी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकल चालक सन्तोष यादब र पछाडी सवार बिरेन्द्र यादवको बिचमा राखिएको झोला भित्र लुकाई छिपाई राखिएको प्रतिबन्धित लागु औषध डायलेक्स डिसि १८ बोतल, डाएजेफाम ११, लिजेसिस ११, फेनागन नाइट्रोजन १० थान फेला पारेको थियो ।
पक्राउ गरी लागु औषध मुद्दा चलाइएकाहरुलाई मंगलबार जिल्ला अदालत सप्तरीको आदेशम कारागार पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वरप्रसाद साले जानकारी दिएका छन् ।
लागुऔषधसहित पक्राउ परेका दुई जना पूर्पक्षका लागि कारागार चलानदैनिक समाचारदाता
सारांश
- भारतबाट नेपालतर्फ आउदै गरेको बा.
- ९७ प.
- १४९७ नं को मोटरसाइकल शंका लागी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकल चालक सन्तोष यादब र पछाडी सवार बिरेन्द्र यादवको बिचमा राखिएको झोला भित्र लुकाई छिपाई राखिएको प्रतिबन्धित लागु औषध डायलेक्स डिसि १८ बोतल, डाएजेफाम ११, लिजेसिस ११, फेनागन नाइट्रोजन १० थान फेला पारेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया