दैनिक समाचारदाता
राजविराज, १ असार ।
राजबिराज वडा नं. ५ द्वारा संचालित वडास्तरिय क्रिकेट प्रतियोगिताको उपाधी राजबिराज ३ ले हात पारेको छ ।
लायन्स क्लवको आयोजनामा तथा राजबिराज ५ को सहयोगमा आयोजित वडा स्तरिय क्रिकेट प्रतियोगिताको शुक्रबार सम्पन्न फाईनल खेलमा लायन्स क्रिकेट टिमलाई ३ बिकेट पराजित गर्दै राजबिराजले सो उपाधी हात पारेको हो ।
लायन्स क्लवले दिएको १ सय ५ रनको योगफल पछ्याउने क्रममा राजबिराज वडा ३ ले आफनो ७ बिकेट गुमाएर बिजेता बनाउन सफल भयो । राजबिराज ३ का बिकास दासले उत्कृष्ट ब्याटिंग गर्दै अबिजित ३४ रन बनाएपछि जित सहज ग¥यो । यसैगरी अर्का ब्याटर रोबिन सिँहले २३ रन र विशाल यादबले ११ जोडेका थिए ।
यसअघि लायन्सले टस जितेर १९ ओभर ५ वलमा १ सय ५ रनको योगफल खडा गरेको थियो । जसमा नितेश यादब २१ अभिषेक कार्कीले १९ र राहुल बिक र पप्पु यादबले १८÷१८ रन बनाए ।
बलिंगतर्फ राजबिराज ३ का रोबिन सिशाह÷बिकास दासले २÷२ र बिबेक यादब÷पप्पु यादबले १÷१ बिकेट लिएका थिए । खेलको प्लेयर अफ द फाईनल बिकास दास घोषित भएका थिए ।
सो प्रतियोगितामा म्यान अफ दि सिरिज रोबिन सिँह, बेस्ट बलर पप्पु यादब बेस्ट ब्याटर चित्र बहादुर बिष्ट घोषित भए ।
उक्त अवसरमा राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविन, राजबिराज वडा ५ का अध्यक्ष बन्धु दास, वडा ३ का अध्यक्ष अनिल दास, सप्तरी क्रिकेट संघका उपाध्यक्ष धर्मेन्द्र चौधरी, अम्पायर संघका अध्यक्ष निरज सिंह लगायत लगायतले बिजेता तथा उपबिजेतालाई शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए भने कार्यक्रमको संचालन उज्जवल यादबले गरेका थिए ।
प्रतियोगिताको बिजेता टिमलाई नगद ५० हजार र उपबिजेतालाई २५ हजार नगद पुरस्कार प्रदान गरिएको लायन्स क्लवका प्रतियोगिता संयोजक गजेन्द्र माझीले जानकारी दिए ।
राजबिराज ३ लाई वडा स्तरिय प्रतियोगिताको उपाधी
सारांश
- लायन्स क्लवको आयोजनामा तथा राजबिराज ५ को सहयोगमा आयोजित वडा स्तरिय क्रिकेट प्रतियोगिताको शुक्रबार सम्पन्न फाईनल खेलमा लायन्स क्रिकेट टिमलाई ३ बिकेट पराजित गर्दै राजबिराजले सो उपाधी हात पारेको हो ।
- लायन्स क्लवले दिएको १ सय ५ रनको योगफल पछ्याउने क्रममा राजबिराज वडा ३ ले आफनो ७ बिकेट गुमाएर बिजेता बनाउन सफल भयो ।
- राजबिराज ३ का बिकास दासले उत्कृष्ट ब्याटिंग गर्दै अबिजित ३४ रन बनाएपछि जित सहज ग¥यो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया