दैनिक समाचारदाता
राजविराज, १ कातिक ।
पाँचौ संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत मधेश प्रदेश सिनियर एकदिवसिय क्रिकेट छनोटमा सिरहा र धनुषा बिजयी भएका छन ।
सप्तरी क्रिकेट सघको आयोजना तथा मधेश प्रदेश क्रिकेट संघको सहयोगमा मंगलवार राजबिराजमा सम्पन्न छनोट खेलमा सिरहाले सप्तरीलाई ६४ रनले र धनुषाले महोतरीलाई ४ बिकेटले पराजित गरेको छ ।
स्थानिय पबिमावि खेलमैदानमा टस जितेर सिरहाले निर्धारित ५० ओभरको खेलमा ३८ ओभर ३ बलमा १० बिकेट गुमाई १७५ रन बनाएको थियो । जसमा रूपेश सिँह ४३ रन, राकेश कामैत ४१ रन जोडे। बलिंग तर्फ सप्तरीका अजय यादब ४ पप्पु यादब ३ र बिकास दास २ बिकेट हात पारे ।
जवाफमा सप्तरीले ३४ ओभरमा सबै बिकेट गुमाई १ सय ११ रनमै सिमित रहे। जसमा अमित यादब २९ र रोहित सिँह अविजित २० रन बनाएका थिए ।
बलिङ्गतर्फ सिरहाका प्रदिप पासवान ४ मनोज यादब २ र रूपेश सिंहले १ बिकेट लिए । खेलको म्यान अफ दि म्याच सिरहाका प्रदिप पासवान घोषित भएका थिए ।
त्यस्तै मंगलबारै सम्पन्न दोश्रो खेलमा महोत्तरीले टस जितेर ४२ ओभरमा १० बिकेट गुमाई १ सय २४ रनको योगफल खडा गरेको थियो । जसमा नवीन यादब ३६ र बिनोद सहनी ३० रन जोडे । बलिंग तर्फ धनुषाका दिव्यान्सु मलिक र आकाश रायले समान्य ४÷४ बिकेट हात पारे भने हरिशंकर साहले १ बिकेट लिए ।
जवाफमा धनुषाले ३० ओभर २ बलमा ६ बिकेट गुमाई बिजय हात पारेको थियो । जसमा विशाल सुश्लिंगले ४३ रन र परसुराम यादबले ३० रन बनाएका थिए । बलिंग तर्फ महोतरीका रमेश सहनी २ र नितेश यादब र अभिषेक तिवाडीले १÷१ बिकेट हात पारे । सो खेलको म्यान अफ दि म्याच आकाश राय घोषित भएको सप्तरी क्रिकेट सँघले जनाएको छ ।
मधेश प्रदेश क्रिकेट छनोट खेलमा सिरहा र धनुषा बिजयी
सारांश
- सप्तरी क्रिकेट सघको आयोजना तथा मधेश प्रदेश क्रिकेट संघको सहयोगमा मंगलवार राजबिराजमा सम्पन्न छनोट खेलमा सिरहाले सप्तरीलाई ६४ रनले र धनुषाले महोतरीलाई ४ बिकेटले पराजित गरेको छ ।
- स्थानिय पबिमावि खेलमैदानमा टस जितेर सिरहाले निर्धारित ५० ओभरको खेलमा ३८ ओभर ३ बलमा १० बिकेट गुमाई १७५ रन बनाएको थियो ।
- जसमा रूपेश सिँह ४३ रन, राकेश कामैत ४१ रन जोडे।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया