सधै घुँइचो लाग्ने शिक्षा कार्यालय अहिले सुनसान 

राजविराज राजविराज
|
बिहिबार, भाद्र २६, २०७६
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •     मुलुक संघीयतामा गएदेखी शिक्षा सम्बन्धी सम्पूर्ण कार्य र गतिविधी स्थानिय तहमै केन्द्रित भएपछि अहिले सो कार्यालय सुनसान देखिन्छ ।
  •       साबिकको शिक्षा कार्यालयको नाम समेत अहिले परिवर्तन भएर शिक्षा बिकास समन्वय ईकाई कार्यालयको रूपमा रहेको छ ।
  • यो कार्यालयमा अहिले समनवय ईकाईका प्रमुख तथा केही कर्मचारी मात्र रहेका छन् ।

चन्दन कुमार यादव
राजविराज, २६ भदौ ।
    कुनै समयमा शिक्षा सम्बन्धी सम्पूर्ण जानकारी दिने र शिक्षकहरुको घुँइचो लाग्ने तत्कालिन जिल्ला शिक्षा कार्यालय सप्तरी अहिले सुनसान रहने गरेको छ । 
    मुलुक संघीयतामा गएदेखी शिक्षा सम्बन्धी सम्पूर्ण कार्य र गतिविधी स्थानिय तहमै केन्द्रित भएपछि अहिले सो कार्यालय सुनसान देखिन्छ ।  
    साबिकको शिक्षा कार्यालयको नाम समेत अहिले परिवर्तन भएर शिक्षा बिकास समन्वय ईकाई कार्यालयको रूपमा रहेको छ । यो कार्यालयमा अहिले समनवय ईकाईका प्रमुख तथा केही कर्मचारी मात्र रहेका छन् । यसको काम कर्तव्य अहिले गौन रहेको छ । 
    मुलुकमा दिन तहको सरकार आएको र संबिधानले स्थानिय सरकारलाई माध्यमिक तह सम्मको सुनिश्चित गर्ने अधिकार दिएकोले कार्यालयको चहलपहल नदेखिएको शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख फरिन्द्र खत्रीले बताए ।
    स्थानिय तह संचालन ऐनमा शिक्षा सँग सम्बन्धी २३ वटा बुँदामा आधारित रहेर स्थानिय तहलाई कार्यसम्पादन गर्ने अख्तियारी दिएको खत्रीले बताए ।
    तत्कालिन शिक्षा कार्यालयवाट हुँदै आएको २३ किसिमको सेवा अहिले स्थानिय तहलाई अधिकार दिएपछि कार्यालयमा सेवाग्राहीको चहलपहल घटेको प्रमुख खत्रीले जानकारी दिए । यद्दपी कार्यालयमा चहलपहल घटेपनि काम भने नघटेको उनको भनाई छ । 
    बिगत झै कार्यालयमा परीक्षा र शिक्षा सेवा आयोगसँग सम्बन्धी क्रियाकलाप गर्ने, अभिलेख प्रमाणीकरण, शिक्षक नियुक्ती, शिक्षक सरूवा तथा शिक्षक सँग सम्बन्धी जस्ता काम, शिक्षा बिकास तथा समन्वय ईकाई गरिरहेको बताए ।
    शिक्षा बिकास तथा समन्वय ईकाईको कार्य क्षेत्र कमि नभएपनि अहिले परिवर्तित अबस्थामा जनशक्तीको यथोचित नहुनु तथा श्रोत र साधनको ब्यबस्थापन हुन नसक्नुले केही समस्या उत्पन्न भएको खत्रीले जनाए ।
    यता जिल्लाको राजबिराज नगरपालिका, कंचनरूप नगरपालिका, सुरुङ्गा नगरपालिका, खडग नगरपालिका, बिष्णुपुर गाउपालिका बाहेकका पालीकामा कर्मचारीको अभाव रहेको शाखा अधिकृत भवानी कटेलले जानकारी दिए ।
    बाकि रहेका १३ वटा पालीकाहरूमा शिक्षा बिकास तथा समन्वय ईकाईले सहयोग गरिरहेको अबस्था छ, कर्मचारी पठाईएपनि ब्यक्तीको हाजरी हुन नसक्नु र केहीले सरूवा अन्यन्त्र गर्न खोजेको कारण समस्या आएको बताए ।
    गत आर्थिक बर्षमा शिक्षा सम्बन्धी कार्यक्रम नआएकोले कार्यालयमा सेवाग्राहीको चहलपहल घटेको उनले बताउदै भने तर, चालू आर्थिक बर्षमा शिक्षा सम्बन्धी कार्यक्रममा सुधार आएको बताए ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा मधेश प्रदेश संसदीय दलका नेतामा सरोज यादव सर्वसम्मत 
जसपा मधेश प्रदेश संसदीय दलका नेतामा सरोज यादव सर्वसम्मत 
खेलाडी उत्पादन गरि विभिन्न प्रतियोगिता सहभागी गराउने लक्ष्य
खेलाडी उत्पादन गरि विभिन्न प्रतियोगिता सहभागी गराउने लक्ष्य
खडकको अधिकांश बिधालयका बालबालिकाले त्रैमासिक परीक्षा सकिएपनि पाठ्यपुस्तक पाएनन्
खडकको अधिकांश बिधालयका बालबालिकाले त्रैमासिक परीक्षा सकिएपनि पाठ्यपुस्तक पाएनन्
चैती छठको तयारी सुरु, आज नुहाई खाई 
चैती छठको तयारी सुरु, आज नुहाई खाई 
ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ
ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ
चार किल्ला तोकेर राजविराज नगर क्षेत्रमा सात दिनका लागि निषेधाज्ञा थप
चार किल्ला तोकेर राजविराज नगर क्षेत्रमा सात दिनका लागि निषेधाज्ञा थप
मिडिया विधेयक पत्रकारहरुलई अंकुश लगाउने प्रयास स्वरुप ल्याइएको छ ः मुख्यमन्त्री राउत
मिडिया विधेयक पत्रकारहरुलई अंकुश लगाउने प्रयास स्वरुप ल्याइएको छ ः मुख्यमन्त्री राउत
पत्रकारमाथी भएको दुव्र्यवहारप्रति चार पत्रकार संगठनद्वारा वार्ता र सम्वादको  माध्यमबाट समस्या समाधानका लागि आग्रह
पत्रकारमाथी भएको दुव्र्यवहारप्रति चार पत्रकार संगठनद्वारा वार्ता र सम्वादको  माध्यमबाट समस्या समाधानका लागि आग्रह
लोसपाले मनायो स्थापना दिवस
लोसपाले मनायो स्थापना दिवस
बाढीग्रस्त क्षेत्रमा एकैदिन तिन बाढीपीडित सर्पदंशबाट घाईते