दैनिक समाचारदाता
राजविराज, १ पुस ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाले पत्रकारलाई धम्की दिने व्यक्तिलाई पक्राउ गर्न प्रहरीलाई ४८ घण्टाको समय दिएको छ ।
महासंघको राजविराजस्थित कार्यालयमा पत्रकार सम्बद्ध नेपाल प्रेस यूनियन, प्रेस मञ्च नेपाल, प्रेस चौतारी नेपाल, समाजवादी प्रेस संगठन र प्रेस सेन्टर नेपालका अध्यक्ष तथा प्रतिनिधि सम्मिलित बैठकले सो निर्णय गरेको हो ।
शुक्रबार सम्पन्न बैठकले पत्रकार अवधेश झालाई धम्की दिने ब्यक्तिहरुमाथि पक्राउ गरी कारबाही प्रक्रिया अगाडी नबढाए महासंघ थप सशक्त संघर्ष गर्न बाध्य हुने शुक्रबार जारि विज्ञप्ती माफ्र्त सम्बद्ध निकायलाई अवगत समेत गराएको छ ।
महासंघका सभापति श्रवणकुमार देव र सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा संस्थागतरुपमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएपनि हालसम्म पीडकलाई प्रहरीले पक्राउ गर्न नसक्नुप्रति घोर आपत्ती जनाउँदै पत्रकार झा सप्तरी जिल्लामा बसेर समाचार संकलन गर्न असुरक्षितसमेत भएको उल्लेख छ ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य, सप्तरी शाखाका सदस्य एवं कान्तिपुर दैनिक पत्रिकामा कार्यरत पत्रकार अवधेशकुमार झामाथि समाचार लेखेकै कारण केही ब्यक्तिले सामाजिक सञ्जाल माफ्र्त खुल्लेआम ज्यानमार्ने खालको तस्वीर राखेर धम्की आएको थियो ।
पत्रकार झाले १७ मंसिर २०७९ का दिन कान्तिपुर दैनिकको मधेश प्रदेश संस्करणको पेज नम्बर ४ मा प्रकाशित ‘तोक आदेशमा कर्मचारी भर्ना’ शिर्षकको समाचार लेखेका थिए । राजविराज नगरपालिकामा तोक आदेशमा कर्मचारी भर्ना गरिएको विषयसूग समाचार सम्बन्धित रहेको छ ।
सोही समाचारप्रति फेसबुकमा नसरुल राजा र मो. सजाद नामको फेसबुक आईडीवाट पत्रकार झाको तस्विरमा क्रस चिन्ह लगाएर ज्यानमार्ने धम्की दिएको भन्दै आवश्यक कारबाहीको माग गर्दै मंसिर २० गते पत्रकार झाको तर्फबाट जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको थियो ।
पत्रकार झामाथी धम्की दिनेलाई पक्राउ गर्न प्रहरीलाई ४८ घण्टे अल्टिमेटम
सारांश
- महासंघको राजविराजस्थित कार्यालयमा पत्रकार सम्बद्ध नेपाल प्रेस यूनियन, प्रेस मञ्च नेपाल, प्रेस चौतारी नेपाल, समाजवादी प्रेस संगठन र प्रेस सेन्टर नेपालका अध्यक्ष तथा प्रतिनिधि सम्मिलित बैठकले सो निर्णय गरेको हो ।
- शुक्रबार सम्पन्न बैठकले पत्रकार अवधेश झालाई धम्की दिने ब्यक्तिहरुमाथि पक्राउ गरी कारबाही प्रक्रिया अगाडी नबढाए महासंघ थप सशक्त संघर्ष गर्न बाध्य हुने शुक्रबार जारि विज्ञप्ती माफ्र्त सम्बद्ध निकायलाई अवगत समेत गराएको छ ।
- महासंघका सभापति श्रवणकुमार देव र सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा संस्थागतरुपमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएपनि हालसम्म पीडकलाई प्रहरीले पक्राउ गर्न नसक्नुप्रति घोर आपत्ती जनाउँदै पत्रकार झा सप्तरी जिल्लामा बसेर समाचार संकलन गर्न असुरक्षितसमेत भएको उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया