संस्कृतिको संरक्षण र सम्बद्र्धन हाम्रै दायित्व हो ः तातेड़

राजविराज राजविराज
|
आइतबार, बैशाख २३, २०८१
|
|
२२ पटक हेरिएको
Shares
संस्कृतिको संरक्षण र सम्बद्र्धन हाम्रै दायित्व हो ः तातेड़

सारांश

  •     हिन्दु स्वंय सेवक संघ सप्तरीले स्थानीय पवि उच्च माध्यमिक विद्यालयमा भएको “स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षा–२०८१”को पुरस्कार बितरण समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै समाजसेवी तातेड़ले आधुनिकता झाँगिदै गएको आजको परिवेशमा हिन्दु धर्म र संस्कृतिमा क्षय हुँदै गएकोले हामीले यसतर्फ सजग भई कार्य गर्नु पर्ने उल्लेख गरे ।
  •       तातेड़ले टि.
  • भी.

दैनिक समाचारदाता
राजविराज, २३ बैशाख । 

    समाजसेवी कुँवर सिंह तातेड़ले आफ्नो भाषा र संस्कृतिको संरक्षणका साथै सम्बद्र्धन गर्नु पनि हाम्रै दायित्व रहेको बताएक छन् । शनिवार राजविराजमा हिन्दु स्वंय सेवक संघले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन ।
    हिन्दु स्वंय सेवक संघ सप्तरीले स्थानीय पवि उच्च माध्यमिक विद्यालयमा भएको “स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षा–२०८१”को पुरस्कार बितरण समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै समाजसेवी तातेड़ले आधुनिकता झाँगिदै गएको आजको परिवेशमा हिन्दु धर्म र संस्कृतिमा क्षय हुँदै गएकोले हामीले यसतर्फ सजग भई कार्य गर्नु पर्ने उल्लेख गरे । 
    तातेड़ले टि.भी. र मोबाइलको बढ्दो उपयोगले बालबालिकामा यसको चाँडो र बढी प्रभाव पर्ने भएकाले बालबालिकालाई यसबाट जोगाउनु पर्ने आवश्यक रहेकोमा स्वंय सेवक संघले आयोजना गरेको कार्यको प्रशंसा गरेका थिए ।
    स्थानीय प.वि. उच्च माध्यमिक विद्यालयमा भएको आजको बालबालिकामा आफ्नो धर्म संस्कृति प्रति आकर्षण जगाउन हिन्दु स्वंय सेवक संघ, सप्तरीले बर्षेनी गर्दै आएको संस्कृति ज्ञान परिक्षा यस बर्ष पनि आयोजना गरेको छ । 
    जिल्ला भरिका २० भन्दा बढी विद्यालयका करिब ४०० छात्रहरु सहभागी रहको यस परिक्षामा यस बर्ष १९ जना छात्र–छात्राहरुले समान सर्वाधिक अंक ल्याएर संघका परिक्षकहरुलाई अचम्भित बनाएको संघका बौद्धिक विभागका प्रमुख प्रयाग यादवले बताएका छन । 
    ५० पूर्णाङ्क राखी धर्म, संस्कृति र नेपालको राष्ट्रियता सम्बन्धी बिषय–वस्तु राखी लिईएको परिक्षामा १९ जनैले समान ५० अङ्क ल्याएकाले उनीहरु बिच गोलाप्रथा गरी प्रथम, द्वितिय र तृतिय छुट्टयाईएको यादवले जानकारी गराएका छन ।
    यसरी प्रथम हुनेमा शिव ईन्टरनेशनल माध्यमिक विद्यालयका जय किशन राय रहेका थिए भने प.वि.उच्च मा.वि.की छात्रा ज्योती मण्डलले दोश्रो र कुनै विद्यालयबाट नभई स्वतन्त्र रुपले सहभागी भएका बिष्णुपुर पालिकाका मनोजकुमार साहले तेश्रो स्थान प्राप्त गरेका छन । समान अङ्ग ल्याएका १९ जनै छात्र–छात्राहरुलाई प्रमाण पत्र र डायरी तथा कलम जस्ता समग्रीका साथै प्रथम हुनेलाई रुपैया ७ हजार १, दोश्रोलाई ५ हजार १ र तेश्रो हुनेलाई ३ हजार १ नगद पनि प्रदान गरिएको थियो ।
    संघका सप्तरी सञ्चालक भोगेन्द्र झाको अध्यक्षतामा भएको पुरस्कार बितरण समारोहमा विश्व हिन्दु परिषदका संगठन सचिव प्रह्लाद रेग्मी, संघका राष्ट्रिय प्रचारक वेदप्रकाशजी, जनकपुरका सम्भाग संघ चालक अशोक शर्मा, सञ्चारकर्मी तथा मैथिली साहित्य परिषदका पूर्व अध्यक्ष सतीश कुमार दत्त, सागरमाथा माहेश्वरी मञ्चके राष्ट्रिय उपाध्यक्ष अञ्जना पेडि़वाल र समाजसेवी तथा युवा राजनीतिज्ञ जयप्रकाश यादव लगायतका वक्ताहरुले हिन्दु धर्म, संस्कृति र राष्ट्रियताको बिषयमा रही आफ्ना–आफ्ना मनतव्य व्यक्त राखेका थिए ।
    संघका छिन्नमस्ता विभाग कार्यवाहक लोकेन्द्र झाद्वारा सञ्चालित कार्यक्रममा छिन्नमस्ता विभाग कै संघ चालक राम नरेशजीले स्वागत व्यक्त गरेका थिए । कार्यक्रममा बिच बिचमा आधुनिकता मिश्रित धार्मिक भाव समेटेका सांस्कृतिक गीत र नृत्यहरु सहभागी विद्यालयका छात्र–छात्राहरुले प्रस्तुत गरेका थिए ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक क्षेत्रमा सबलले पुर्‍याएको  योगदान सराह्निय : प्रजिअ गौतम
सामाजिक क्षेत्रमा सबलले पुर्‍याएको  योगदान सराह्निय : प्रजिअ गौतम
कारागारबाट कैदी फरार
कारागारबाट कैदी फरार
रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि प्रक्रिया अघि बढाइने ः श्रम तथा रोजगार मन्त्री यादव
रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि प्रक्रिया अघि बढाइने ः श्रम तथा रोजगार मन्त्री यादव
अन्तरजातिय प्रेम विवाह गरेकी सुत्केरी महिला अलपत्र
अन्तरजातिय प्रेम विवाह गरेकी सुत्केरी महिला अलपत्र
प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन  समितिका सदस्यमाथी कारवाहीको माग
प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन  समितिका सदस्यमाथी कारवाहीको माग
निजामति दिवसमा बलान बिहुलका तीन विद्यालयलाई कम्प्युटर प्रदान
निजामति दिवसमा बलान बिहुलका तीन विद्यालयलाई कम्प्युटर प्रदान
निवर्तमान प्रमुख साहद्वारा नवनिर्वाचितलाई  बधाई र मतदातालाई धन्यवाद 
निवर्तमान प्रमुख साहद्वारा नवनिर्वाचितलाई  बधाई र मतदातालाई धन्यवाद 
कोशी पीडितहरुको अनसनदेखि  तीन जिल्ला ठप्प पार्ने तयारी
कोशी पीडितहरुको अनसनदेखि  तीन जिल्ला ठप्प पार्ने तयारी
खेलकुद समाग्री बितरण
खेलकुद समाग्री बितरण
जिल्ला समन्वय समितिको सहिद पार्कमा बिरूवा रोपन
जिल्ला समन्वय समितिको सहिद पार्कमा बिरूवा रोपन