दैनिक समाचारदाता
राजविराज, ४ पुस ।
माड्वारी समुदायले आराध्यदेवको रुपमा पुज्दै आएको खाटु श्यामबाबाको दुई दिवसीय महोत्सव सोमबारदेखी राजविराजमा सुरु भएको छ ।
महोत्सवको पहिलो दिन स्थानिय शिवमन्दिर प्राङ्गणबाट निस्केको झाँकी, बाजागाजा र लावालस्करसहितको निशान शोभायात्रा नगरपरिक्रमा पश्चात् पुनः सोही स्थानमा पुगेर सम्पन्न भएको थियो ।
भगवान राम, सीता, राधाकृष्ण, हनुमान लगायतका भूमिकामा सजिएका स्थानिय तथा छिमेकी राष्ट्र भारत कलकत्ताका कलाकारहरुले नगरपरिक्रमाका क्रममा धार्मिक कलाप्रदर्शन गरेका थिए ।
बालाजी श्याम भक्त मण्डल राजविराजद्वारा आयोजित दुई दिने महोत्सवको अन्तिम दिन मंगलबार जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा भारतीय ख्याती प्राप्त कलाकार कुमार दिपक, स्वेता अग्रवालका साथै स्थानिय कलाकारहरुद्वारा भजन सन्ध्या कार्यक्रमको प्रस्तुती गरिने मूल आयोजक समितिका सदस्य सुरेश अग्रवालले जानकारी दिए । उक्त धामिर्क कार्यक्रममा नेपाल र भारतका सन्त, महन्थहरुबाट प्रवचन कार्यक्रम पनि प्रस्तुत गरिने समितिका अर्का सदस्य श्याम अग्रवालले बताए ।
महोत्सवमा ब्यापक सहभागिता जनाउन महोत्सव तयारी समितिका सदस्य मनोज मुन्धडाले सबैसँग आग्रह गरेका छन् । महोत्सवमा २५ हजार भन्दा बढी भक्तजनको सहभागिता रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको महोत्सव आयोजक समितिले जनाएको छ ।
दुई दिने श्याम महोत्सव सुरु
सारांश
- महोत्सवको पहिलो दिन स्थानिय शिवमन्दिर प्राङ्गणबाट निस्केको झाँकी, बाजागाजा र लावालस्करसहितको निशान शोभायात्रा नगरपरिक्रमा पश्चात् पुनः सोही स्थानमा पुगेर सम्पन्न भएको थियो ।
- भगवान राम, सीता, राधाकृष्ण, हनुमान लगायतका भूमिकामा सजिएका स्थानिय तथा छिमेकी राष्ट्र भारत कलकत्ताका कलाकारहरुले नगरपरिक्रमाका क्रममा धार्मिक कलाप्रदर्शन गरेका थिए ।
- बालाजी श्याम भक्त मण्डल राजविराजद्वारा आयोजित दुई दिने महोत्सवको अन्तिम दिन मंगलबार जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा भारतीय ख्याती प्राप्त कलाकार कुमार दिपक, स्वेता अग्रवालका साथै स्थानिय कलाकारहरुद्वारा भजन सन्ध्या कार्यक्रमको प्रस्तुती गरिने मूल आयोजक समितिका सदस्य सुरेश अग्रवालले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया