सउबा संघद्वारा पत्रकार महासंघलाई  मास्क र सेनिटाइजर प्रदान

राजविराज राजविराज
|
बुधबार, बैशाख २९, २०७८
|
|
३६ पटक हेरिएको
Shares
सउबा संघद्वारा पत्रकार महासंघलाई  मास्क र सेनिटाइजर प्रदान

सारांश

  •     राजविराजस्थित संघको कार्यालयमा अध्यक्ष अरुणकुमार प्रधानले नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवणकुमार देवलाई उक्त मास्क र सेनिटाईजर उपलब्ध गराउएका हुन् ।
  •       वर्तमान जोखिमपुर्ण अवस्थालाई मध्यनजर गर्दै पत्रकारलाई रिपोर्टिङ गर्न सहज हुने उद्देश्यले ९ सय ५० थान सर्जिकल मास्क र २३ थान सेनिटाईजर उपलब्ध गराएको अध्यक्ष प्रदानले जानकारी दिए ।
  •       उक्त क्रममा पत्रकार महासंघ सप्तरीका अध्यक्ष देवले सहयोग गर्नुहुने उधोग बाणिज्य संघलाई धन्यवाद् दिंदै प्राप्त भएका स्वास्थ्य सुरक्षाका सामग्रीहरु चाँडै फ्रन्टलाईनमा खटिने पत्रकारलाई वितरण गर्ने जानकारी समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, २७ बैशाख । 
    कोरोनाको दोश्रो लहरको महामारीको अवस्थामा जनतालाई सुसूचित बनाउने दायित्वमा रहेका सप्तरीका पत्रकारहरुका लागि सोमबार सप्तरी उधोग बाणिज्य संघले सर्जिकल मास्क र सेनिटाईजर उपलब्ध गराएको छ ।
    राजविराजस्थित संघको कार्यालयमा अध्यक्ष अरुणकुमार प्रधानले नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवणकुमार देवलाई उक्त मास्क र सेनिटाईजर उपलब्ध गराउएका हुन् । 
    वर्तमान जोखिमपुर्ण अवस्थालाई मध्यनजर गर्दै पत्रकारलाई रिपोर्टिङ गर्न सहज हुने उद्देश्यले ९ सय ५० थान सर्जिकल मास्क र २३ थान सेनिटाईजर उपलब्ध गराएको अध्यक्ष प्रदानले जानकारी दिए । 
    उक्त क्रममा पत्रकार महासंघ सप्तरीका अध्यक्ष देवले सहयोग गर्नुहुने उधोग बाणिज्य संघलाई धन्यवाद् दिंदै प्राप्त भएका स्वास्थ्य सुरक्षाका सामग्रीहरु चाँडै फ्रन्टलाईनमा खटिने पत्रकारलाई वितरण गर्ने जानकारी समेत दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?