प्रसाही–थलही जोड्ने सडक तीन  करोड २० लाखको लगानीमा बन्दै

राजविराज राजविराज
|
मंगलबार, माघ २४, २०७९
|
|
६३ पटक हेरिएको
Shares
प्रसाही–थलही जोड्ने सडक तीन  करोड २० लाखको लगानीमा बन्दै

सारांश

  •     संघिय सरकारको १ करोड ६० लाख र गाउँपालिकाको पनि १ करोड ६० गरी कुल ३ करोड २० लाखको लगानीमा निर्मांण हुन लागेको नालासहितको कालोपत्रे सडकको गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले शिलान्यास गरेका छन् ।
  •     एक हजार ५ सय मिटर लम्बाई र ६ मिटर चौडाइ रहेको उक्त सडक १८ महिना भित्रै तयार हुने लक्ष्य लिइएको इन्जिनीयर रामचन्द्र दासले जानकारी दिए ।
  •       सडकको शिलान्यास गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गाउँपालिका अध्यक्ष यादवले सडक निर्माण भए गाउँपालिकाका वासिन्दा मात्र नभई सदरमुकाम राजविराज र आसपासका जनता समेत लाभान्वित हुने विश्वास ब्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, २३ माघ । 

    सप्तरीको विष्णुपुर गाउँपालिका १ स्थित प्रसाही–थलही जोड्ने सडकको सोमबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ । 
    संघिय सरकारको १ करोड ६० लाख र गाउँपालिकाको पनि १ करोड ६० गरी कुल ३ करोड २० लाखको लगानीमा निर्मांण हुन लागेको नालासहितको कालोपत्रे सडकको गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले शिलान्यास गरेका छन् ।
    एक हजार ५ सय मिटर लम्बाई र ६ मिटर चौडाइ रहेको उक्त सडक १८ महिना भित्रै तयार हुने लक्ष्य लिइएको इन्जिनीयर रामचन्द्र दासले जानकारी दिए । 
    सडकको शिलान्यास गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गाउँपालिका अध्यक्ष यादवले सडक निर्माण भए गाउँपालिकाका वासिन्दा मात्र नभई सदरमुकाम राजविराज र आसपासका जनता समेत लाभान्वित हुने विश्वास ब्यक्त गरे । 
    “बजेट छरेर रकम सिध्याउनु भन्दा हरेक वर्ष एउटा अत्यावश्यक विषयमा पुग्ने गरी बजेट विनियोजन गर्ने सोच अनुसार यस वर्ष गाउँपालिकाले सडक निर्माणमा पनि ठुलो रकम छुट्याएको छ, उनले भने ।”
    उक्त सडक निर्माण कार्यको ठेक्का काठमाडौंस्थित अन्शुमन अधिकारी जेभि कम्पनीले पाएको प्रमुख प्रशासकिय अधिकृत रमेश प्रसाद यादवले जानकारी दिए । 
    वडा अध्यक्ष बलराम यादवको अध्यक्षतामा आयोजित शिलान्यास समारोहमा गाउँपालिकाकी उपाध्यक्ष रेणु कुमारी यादव, कार्यक्रम अधिकृत सुभाष प्रसाद मण्डल, सिनियर अहेव अधिकृत सुनिल यादव, समाजसेवी ब्रहमदेव यादव, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य मनोज कुमार माझी, पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष नवीन कुमार गुप्ताका साथै स्थानीयवासीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रजिअले परिक्षामा दुव्र्यवहार गरेको भन्दै बिद्यार्थीद्वारा प्रदर्शन
प्रजिअले परिक्षामा दुव्र्यवहार गरेको भन्दै बिद्यार्थीद्वारा प्रदर्शन
स्थानियद्वारा नवनिर्वाचित प्रदेशसभा सदस्य यादव सम्मानित
स्थानियद्वारा नवनिर्वाचित प्रदेशसभा सदस्य यादव सम्मानित
आइडियलले पेपर लेस कारोबारलाई निरन्तरता दिँदै
आइडियलले पेपर लेस कारोबारलाई निरन्तरता दिँदै
बाढी प्रभावित पालिकाका  सरोकारवालासँग कार्यशाला गोष्ठी सम्पन्न 
बाढी प्रभावित पालिकाका  सरोकारवालासँग कार्यशाला गोष्ठी सम्पन्न 
महिला खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ किशोरी क्रिकेट प्रशिक्षण सुरू 
महिला खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ किशोरी क्रिकेट प्रशिक्षण सुरू 
मोटरसाइकल एक आपसमा ठोकिदा दुबै चालकको मृत्यु, चार जना घाइते  
मोटरसाइकल एक आपसमा ठोकिदा दुबै चालकको मृत्यु, चार जना घाइते  
प्रहरीको विशेष सुरक्षालाई चुनौती  दिदै राजविराजमा श्रृंखलाबद्ध चोरी
प्रहरीको विशेष सुरक्षालाई चुनौती  दिदै राजविराजमा श्रृंखलाबद्ध चोरी
राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले  ग¥यो चौथो चरणको आन्दोलन घोषणा
राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले  ग¥यो चौथो चरणको आन्दोलन घोषणा
गजेन्द्र बाबु र विभेदीकरणको लडाई
महिलाको शिक्षामा पहुँच भएमा मात्र विभिन्न  कुरितीका अन्त्य हुने ः उपप्रमुख झा
महिलाको शिक्षामा पहुँच भएमा मात्र विभिन्न  कुरितीका अन्त्य हुने ः उपप्रमुख झा