राजबिराजमा व्यापारीक महोत्सव तथा रमाईलो मेलाको आयोजना हुने 

राजविराज राजविराज
|
शनिबार, कार्तिक ४, २०८०
|
|
३४ पटक हेरिएको
Shares
राजबिराजमा व्यापारीक महोत्सव तथा रमाईलो मेलाको आयोजना हुने 

सारांश

  •     शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सप्तरी युथ नेपालको आयोजनामा दशै, शुभदिपावली एवं छठ पर्वको अवसरमा उक्त मेला आयोजना हुन लागेको उपाध्यक्ष मोहन यादवले जानकारी दिएका छन् ।
  •       राजबिराजस्थित राजरंगशाला खेलमैदानमा आयोजना हुने उक्त मेलामा विभिन्न ३० वटा स्टलहरुमार्फत मिथिला संस्कृती खाना महोत्सव तथाराष्ट्रिय एवं स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको स्टललगायतर बालबालिकाहरुको लागि मनोरञ्जन सामाग्रि गरि बृहत मेलाको आयोजना गर्न लागिएको जनाइएको छ ।
  •       यसबाहेक दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री, पर्यटन प्रवद्र्धधनसम्बन्धी गर्ने स्टलरहने मेला समिति संयोजक सतेन्द्र यादबले बताए ।

दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक । 

    राजविराजमा आउँदो कात्तिक ११ गतेदेखी सप्तरी सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापारीक महोत्सवका साथैरमाइलो मेलाको आयोजना हुने भएको छ । 
    शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सप्तरी युथ नेपालको आयोजनामा दशै, शुभदिपावली एवं छठ पर्वको अवसरमा उक्त मेला आयोजना हुन लागेको उपाध्यक्ष मोहन यादवले जानकारी दिएका छन् । 
    राजबिराजस्थित राजरंगशाला खेलमैदानमा आयोजना हुने उक्त मेलामा विभिन्न ३० वटा स्टलहरुमार्फत मिथिला संस्कृती खाना महोत्सव तथाराष्ट्रिय एवं स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको स्टललगायतर बालबालिकाहरुको लागि मनोरञ्जन सामाग्रि गरि बृहत मेलाको आयोजना गर्न लागिएको जनाइएको छ । 
    यसबाहेक दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री, पर्यटन प्रवद्र्धधनसम्बन्धी गर्ने स्टलरहने मेला समिति संयोजक सतेन्द्र यादबले बताए । मेलाकै अवसरमा सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने उनले जानकारी दिए ।
    मेलामा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जानकारी दिँदै संयोजक यादबले मेलामा आउनेका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्ने बताए । 
    उनले मेलामा झण्डै १ लाख मानिसहरुले अवलोकन गर्ने आंकलन गरिएकोर मेला अवधीको खर्च करिब १५ लाख रुँपैयाको अनुमान गरिएको जानकारी समेत दिए । ५० रुँपैयाको प्रवेश शुल्क लाग्ने व्यवस्था गरिएको उनले बताए ।  
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाचारको प्रभाव–  छिन्नमस्तामा बन्ने भो योगालय र जिम सेन्टर, कुनै निर्णय नै नगरि ऐन, कानुन विपरीत ३४ थान मोबाइल खरीद
समाचारको प्रभाव– छिन्नमस्तामा बन्ने भो योगालय र जिम सेन्टर, कुनै निर्णय नै नगरि ऐन, कानुन विपरीत ३४ थान मोबाइल खरीद
सप्तरीका ११ मतदान केन्द्रलाई टुक्राएर  अर्को मतदान केन्द्र थप्ने सिफारिस, थप नौं हजार १ सय १४ जनाको नाम दर्ता 
सप्तरीका ११ मतदान केन्द्रलाई टुक्राएर  अर्को मतदान केन्द्र थप्ने सिफारिस, थप नौं हजार १ सय १४ जनाको नाम दर्ता 
सबै वडाका स्वास्थ्यको बार्षिक समिक्षा सम्पन्न
सबै वडाका स्वास्थ्यको बार्षिक समिक्षा सम्पन्न
एनएमबी बैंकको दुई स्थानमा शाखारहित बैकिङ कारोबार सुरु
एनएमबी बैंकको दुई स्थानमा शाखारहित बैकिङ कारोबार सुरु
सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
आजदेखी राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै 
आजदेखी राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै 
जनमुखीको २४ साधारण सभा सम्पन्न
जनमुखीको २४ साधारण सभा सम्पन्न
प्रदेश सांसद साह भारतमा सम्मानित
प्रदेश सांसद साह भारतमा सम्मानित
कोरोना भाईरसबारे जानकारी दिने उद्देश्यले  क्याम्पसका विद्यार्थीहरुको नौलो प्रयास
कोरोना भाईरसबारे जानकारी दिने उद्देश्यले  क्याम्पसका विद्यार्थीहरुको नौलो प्रयास
अदालतबाट २५ रुँपैया जरिवाना तोकिएका फरार प्रतिवादीसहित पाँच पक्राउ
अदालतबाट २५ रुँपैया जरिवाना तोकिएका फरार प्रतिवादीसहित पाँच पक्राउ