दैनिक समाचारदाता
राजविराज, २८ भदौ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न आवहान गरेका छन् ।
सप्तरीको खडक नगरपालिकाको खरचुइया बजारमा बिहीबार पार्टीको नगर समितिद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले एमाले पार्टी अब सुध्रीने अवस्थामा नरहेकोले तथा कम्युिनष्ट विचारकहरूको पार्टी नभएकोले इमान्दार कार्यकताहरू एमाले छाड्दै नेकपा एकीकृत समाजवादीले पार्टीमा आउने क्रम जारी रहेको बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले वर्तमान सरकार पाँच वर्षसम्म चल्ने दावीका साथ सरकार बिरोधी कुनै पनि भ्रमका पछाडि लाग्न आवश्यक नरहेको बताएका छन् ।
उनले बडो मिहिनेतका साथ यो सरकार निर्माण भएकोले पाँच वर्षसम्म टिक्ने कुरामा कुनै शंका नलिन सबैमा आग्रह समेत गरे । नेता नेपालले सबै वर्ग समूदायका पक्षमा सरकारले काम गर्न आवश्यक रहेको बताउँदै विशेष गरी विपन्न, दलित, महिला, आदिवासी जनजातीका समस्या समाधानमा सरकारले बढी ध्यान दिनु पर्नेमा जोड दिए ।
मुलुकमा समाजवादी अभियानको आवश्यकता रहेको बताउँदै उनले त्यसकै लागि समाजवादी मोर्चा गठन गरिएको स्पष्ट पनि पारे । आगामी असोज १४ गतेबाट मेची महाकाली समाजवादी अभियान चलाईने उद्घोषका साथ नेता नेपालले जनजनमा यसको औचित्य र आवश्यकता स्थापित गर्न आवश्यक रहेको जिकिर गरे ।
नगर समितिका अध्यक्ष बिजयकुमार साहको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष धर्मनाथ साह, सचिव नागेन्द्र प्रसाद चौधरी, स्थायी कमिटी सदस्य रामप्रित पासवान, केन्द्रिय सदस्य एवं मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोबिन्द न्यौपाने समेतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि आएका नवप्रवेशिहरुलाई प्रमुख अतिथि अध्यक्ष नेपालले फुलमाला लगाई स्वागत गरे । नेकपा एमालेका जिल्ला सदस्य एयुव राइन, बलराम चौधरी, लोसपाका ननु चौधरी कलवार, काँग्रेसका हासिम मियाँसहित पाँच सय भन्दा बढी विभिन्न पार्टी परित्याग गरि नेकपा (एकिकृत समाजवादी) मा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।
समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न अध्यक्ष नेपालको आह्वान
सारांश
- सप्तरीको खडक नगरपालिकाको खरचुइया बजारमा बिहीबार पार्टीको नगर समितिद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
- उनले एमाले पार्टी अब सुध्रीने अवस्थामा नरहेकोले तथा कम्युिनष्ट विचारकहरूको पार्टी नभएकोले इमान्दार कार्यकताहरू एमाले छाड्दै नेकपा एकीकृत समाजवादीले पार्टीमा आउने क्रम जारी रहेको बताए ।
- पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले वर्तमान सरकार पाँच वर्षसम्म चल्ने दावीका साथ सरकार बिरोधी कुनै पनि भ्रमका पछाडि लाग्न आवश्यक नरहेको बताएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया