चन्दनकुमार यादव
राजविराज, ६ जेठ ।
बैदेशिक रोजगारमा जाने अधिकांश युवाहरू दलाललाई बिश्वास गर्दा ठगिमा पर्ने गरेका छन् ।
बिस्तारित सातौ नेपाल मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सब २०७६ को अवसरमा राजविराजमा सोमबार आयोजित भिडियो प्रस्तुतीमा सहभागीहरूले सो कुरा बताएका हुन् ।
हुम्यान राईट फिल्म सेन्टरको आयोजनामा तथा सुरक्षित आप्रवासन परियोजना सामीको समन्वयमा बैदेशिक रोजगार सम्बन्धी चेतनामुलक भिडियो देखाईएको थियो ।
बैदेशिक रोजगारमा जादाँ अपनाउनु पर्ने साबधानी र बिदेश जानू पुर्व सीप सिकेर नजादाँ भोग्नु परेको समस्या र कागजपत्र नहुदाँ भोग्नुपर्ने समस्याको बारेमा उक्त चेतनामुलक भिडियोमा देखाईएको छ ।
बैदेशिक रोजगारमा जानु अघि सीप नसिकेर जादाँ धेरै दुःख पाउनु परेकोले सीप सिकेर जानुपर्ने जनचेतना फैलाउनका लागि भिडियो मार्फत युवाहरूलाई सचेत बनाउन लागेको सप्तरी सामुदायिक बिकास केन्द्रका अध्यक्ष शमभुनन्दन चौधरीले बताएका छन् ।
बैदेशिक रोजगारमा देखिएका बिकृती र बिसंगतिहरूलाई न्युनिकरण गर्नका लागि जनचेतना फैलाउनुपर्नेमा उनले जोड समेत दिए ।
यस्तै बरिष्ठ पत्रकार शिवहरि भट्टराईले बैदेशिक रोजगारलाई सुरक्षित बनाउन सबै कुराको जानकारी, सीपको ज्ञानमा सबैको पहँुच बनाई समुदायमा बैदेशिक रोजगारले ल्याइरहेको बिकृतीलाई न्युनिकरण गर्नेमा जोड दिए ।
बैदेशिक रोजगारका बुझेर सीप सिकेर जादाँ राम्रो कमाई हुन्छ, भने जनतामा जागरूप ल्याउने काम अझ संघ संस्थाले प्रभावकारी बनाउनुपर्नेमा उनको भनाई छ ।
सामी हेल्भेटास नेपालका कार्यक्रम अधिकृत देब नारायण चौधरीले सप्तरीवाट ८८ हजार युवाहरू बैदेशिक रोजगारको सिलसिलामा रहेको बताउदै बिदेश जादाँ सहि अनिवार्य सुचना, सीप, रकम दिएको भरपाई लिएमा समुदायको युवाहरू ठगीवाट जोगिनुको साथै बैदेशिक यात्रा लाभदाय हुने जिकिर गरे ।
बैदेशिक रोजगारमा जाने युवाहरूले अनिवार्य सबै कुरा बुझेर जानू पर्ने, निशुल्क सीप सिकेर, तथा कसैलाई रकम बुझाउदाँ अनिवार्य भरपाई र सबै कागजपत्र एक प्रति घरमा राख्नुपर्ने भिडियो वाट सन्देश पाएको सहभागी राजबिराज २ का सवनम खातुनले बताईन ।
आप्mनो टोल समुदायमा युवाहरू बिदेश जाने तयारी रहेकालाई नजिकैको जिल्ला प्रशासन कार्यालयको हाता भित्र आप्रवासी स्रोत केन्द्र राजबिराज सम्पर्क गर्न सुझाव दिने र ठगी र दलालको प्रलोभनमा नपर्न समेत जानकारी गराउने सहभागी बैदेशिक रोजगारवाट फर्केका मनोज कुमार यादबले प्रतिबद्धता व्यक्त गरे ।
बिश्वास कै कारणले आफन्तबाट ठगीनेहरूको घटना अत्यधिक रहेकोले बिश्वास नगरी कागजपत्र र प्रमाणको आधारमा मात्र बैदेशिक रोजगारमा गएमा ठगीन वाट सुरक्षित हुने र जानुपर्व भिसा, श्रम स्विकृती चेक गराएर गएमा बैदेशिक रोजगार सुरक्षित हुने आप्रवासी स्रोत केन्द्रका संयोजक रामप्रमेश मण्डलले जानकारी दिए ।
सो भिडियो प्रस्तुतीको अवसरमा महिलाअधिकारकर्मी अनिता देवकोटा, सामी हेल्भेटास नेपालका कार्यक्रम अधिकृत देव नारायण चौधरी, आप्रवासन क्षेत्रका अनुसन्धानकर्ता अनिता भट्टराई सप्तरी सामुदायिक बिकास केन्द्र सप्तरीका अध्यक्ष शम्भुन्नद चौधरी लगायतले बैदेशिक रोजगारलाई सुरक्षित र मर्या्दित बनाउनु पर्नेमा जोड दिएका थिए ।
दलाललाई विश्वास गर्दा युवाहरू ठगिदै
सारांश
- बिस्तारित सातौ नेपाल मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सब २०७६ को अवसरमा राजविराजमा सोमबार आयोजित भिडियो प्रस्तुतीमा सहभागीहरूले सो कुरा बताएका हुन् ।
- हुम्यान राईट फिल्म सेन्टरको आयोजनामा तथा सुरक्षित आप्रवासन परियोजना सामीको समन्वयमा बैदेशिक रोजगार सम्बन्धी चेतनामुलक भिडियो देखाईएको थियो ।
- बैदेशिक रोजगारमा जादाँ अपनाउनु पर्ने साबधानी र बिदेश जानू पुर्व सीप सिकेर नजादाँ भोग्नु परेको समस्या र कागजपत्र नहुदाँ भोग्नुपर्ने समस्याको बारेमा उक्त चेतनामुलक भिडियोमा देखाईएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया