दैनिक समाचारदाता
राजविराज, १५ असोज ।
भूमी ब्यबस्था, कृषी तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले कृषि तथा आन्तरिक पर्यटनको प्रवद्र्वनको बिकास नभएसम्म प्रदेशको बिकास असम्भव रहेको बताएका छन् ।
बिजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अबसरमा लगाइएको रमाईलो मेलाको बुधबार उद्घाटन गर्दै मन्त्री साहले सो कुरा बताएका हुन् । पर्यटकीयस्थल तथा प्रसिद्व स्थानहरूको आन्तरिक पर्यटनको बिकास हुनुपर्नेमा जोड दिँदै उनले कृषिको बिकास नहुन्जेलसम्म प्रदेशको बिकास समेत हुन नसक्ने जिकिर गरे ।
प्रदेशको बिकासमा कृषिलाई प्राथमिकमा राखेर मुख्य मन्त्री कृषि उत्थान कार्यक्रम ल्याउने योजना रहेको बताउादै उनले १ कठ्ठा देखि १० कठ्ठा सम्मको किसानलाई १० हजार रूपैया सहुलियत दिने योजना रहेको उल्लेख गरे ।
मन्त्री साहले आप प्रसोधन केन्द्र पनि यसै बर्ष स्थापना हुने भन्दै अरगेनिक मलको कारखाना बनाउने प्रदेश सरकारको योजना अन्तरगत सप्तरीमा समेत सो कारखाना निर्माण हुने उल्लेख गरे ।
सोही उद्घाटन कार्यक्रममा राजबिराज नगरका प्रमुख शम्भु प्रसाद यादबले राजबिराज रमाईलो मेलालाई निरन्तरता दिन नगरपालिकाको सहयोग रहने जानकारी दिए ।
सोही अवसरमा नगरका उपप्रमुख साधना झाले रमाईलो मेलाले सप्तरीको भाषा, संस्कृतिक, व्यापारसँगै नगरको बिकासमा ठूलो सहयोग पुग्ने जिकिर गरे ।
कार्यक्रममा समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादबले रमाईलो मेलाले मिथिला र मधेशको उत्थानसँगै समाजको बिकृती, बिसंगति हटाउन ठूलो सहयोग पुग्ने बिश्वास व्यक्त गरे ।
सप्तरी युथका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा सप्तरी उद्योग बाणिज्य संघका उपाध्यक्ष शंकर दास, नेपाल पत्रकार महासंघ सप्तरी सहसचिव चन्दनकुमार यादब, सप्तरी युथका उपाध्यक्ष मोहन यादबलगायतले मेलाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सप्तरी युथ नेपालको आयोजना तथा उद्योग बाणिज्य संघ सप्तरी तथा अन्य संस्थाहरुको संयोजनमा लागेको मेलामा बालबालिकाहरुका लागि विभिन्न मनोरन्जनका सामाग्रि, खाद्यानहरू, महुलीको दही, खसी मासु, बरमझीयाको पेडा, बिषणुपुरको मासु, कोसीको माछा, हनुमाननगरको परेवा, राजबिराजको पंचमेर र पान, बिरेन्द्र बजारको थारू खाना लगायतको स्टलहरु रहने आयोजक समितिले जनाएको छ ।
आन्तरिक पर्यटनको बिकास बिना प्रदेशको विकास असम्भव ः कृषि मन्त्री साह
सारांश
- बिजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अबसरमा लगाइएको रमाईलो मेलाको बुधबार उद्घाटन गर्दै मन्त्री साहले सो कुरा बताएका हुन् ।
- पर्यटकीयस्थल तथा प्रसिद्व स्थानहरूको आन्तरिक पर्यटनको बिकास हुनुपर्नेमा जोड दिँदै उनले कृषिको बिकास नहुन्जेलसम्म प्रदेशको बिकास समेत हुन नसक्ने जिकिर गरे ।
- प्रदेशको बिकासमा कृषिलाई प्राथमिकमा राखेर मुख्य मन्त्री कृषि उत्थान कार्यक्रम ल्याउने योजना रहेको बताउादै उनले १ कठ्ठा देखि १० कठ्ठा सम्मको किसानलाई १० हजार रूपैया सहुलियत दिने योजना रहेको उल्लेख गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया