पुस्तक बिक्रिमा लगाइएको सिन्डीकेट  बिरुद्धमा प्रशासनले चाल्यो कदम, प्रशासनको टोलीले पुस्तक पसलको ग¥यो निरिक्षण

राजविराज राजविराज
|
मंगलबार, बैशाख १०, २०७६
|
|
११३ पटक हेरिएको
Shares
पुस्तक बिक्रिमा लगाइएको सिन्डीकेट  बिरुद्धमा प्रशासनले चाल्यो कदम, प्रशासनको टोलीले पुस्तक पसलको ग¥यो निरिक्षण

सारांश

  •     यहाँका केही पुस्तक पसलेहरुले नयाँ शैक्षिक सत्रको पाठ्यक्रम अनुसारको पुस्तक बिक्रिका लागि सिण्डिकेट लगाउँदै एकलौटी गर्न खोजेका छन् ।
  • पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ आवद्ध केही व्यापारीहरुले बजारमा एकल बर्चश्व कायम गर्दै पुस्तकमा सिन्डीकेट लादेका हुन् ।
  • जसकारण व्यापारीको मनोमानीले अभिभावक महंगो पुस्तक किन्न बाध्य छन् ।

दैनिक समाचारदाता
राजविराज, १० बैशाख ।
    नयाँ शैक्षिक सत्र सुरु भएको १० दिन बितिसकेको छ । तर, सप्तरीमा निजि विद्यालयका विद्यार्थीहरुले अझैं पाठ्यपुस्तक पाउन सकिरहेका छैनन् । कारण हो, पुस्तक बिक्रिमा सिन्डीकेट प्रणाली ।  
    यहाँका केही पुस्तक पसलेहरुले नयाँ शैक्षिक सत्रको पाठ्यक्रम अनुसारको पुस्तक बिक्रिका लागि सिण्डिकेट लगाउँदै एकलौटी गर्न खोजेका छन् । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ आवद्ध केही व्यापारीहरुले बजारमा एकल बर्चश्व कायम गर्दै पुस्तकमा सिन्डीकेट लादेका हुन् । जसकारण व्यापारीको मनोमानीले अभिभावक महंगो पुस्तक किन्न बाध्य छन् । 
    यता पुस्तकमा सिन्डीकेट लगाएको विभिन्न मिडियामा समाचार सम्प्रेसन भएपछि सप्तरी प्रशासन तातेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार राजविराज नगरपालिकाका अधिकृत मनोज यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका सुब्बा, घरेलु तथा साना उद्योगका सुब्बालगायतको टोली बनाएर उक्त पुस्तक पसलमा अनुगमन गर्न पठाएको छ । 
    सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पाठ्यपुस्तक बिक्रि बितरणमा एकलौटी गरिएको सन्दर्भमा विभिन्न पाँच विद्यार्थी संगठनहरुले उजुरी दिएपछि सो सम्बन्धमा सत्यतथ्य बुझ्न अनुगमन टोली गठन गरेको जानकारी दिदै टोलीले बुझाउने प्रतिवेदनको आधारमा आवश्यक कारवाही बढाउने जानकारी दिए । 
    यसअघि पुस्तक बिक्रिमा व्यापारीहरुले सिन्डिकेट खडा गर्दै सदरमुकाम राजविराजस्थित गजेन्द्र चौकमा “पुस्तक महल” नामक एक अस्थायी पसल संचालन गरेका छन् । नगरभरीका ५० हजार भन्दा बढी विद्यार्थी र अभिभावकलाई त्यही पसलबाट मात्र पाठ्यपुस्तक खरिद गर्नु पर्ने बाध्य बनाइएको छ । 
    विभिन्न पुस्तक प्रकाशन गृहले व्यवसायीलाई ४० देखि ५० प्रतिशतसम्म कमिशन दिएपनि अस्थायी रुपमा संचालनमा आएको सो पसलबाट पुस्तक खरीद गर्दा एक रुपैयाँ पनि छुट दिने गरेका छैनन् । जिल्ला भरिकै पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले कुनै पनि पुस्तक पसलमा निजी विद्यालयको पाठ्यपुस्तकहरु बिक्री गर्न नपाउने निर्णय समेत गरेको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेस युनियनद्वारा महासंघको सप्तरी शाखामा तालाबन्दी  
प्रेस युनियनद्वारा महासंघको सप्तरी शाखामा तालाबन्दी  
एसईईमा उत्कृष्ट हुने छात्रछात्रालाई साईकल र ल्यापटप
एसईईमा उत्कृष्ट हुने छात्रछात्रालाई साईकल र ल्यापटप
फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ
फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरुको  समाधानका लागी आमसञ्चार  प्राधिकरणद्वारा सुझाव संकलन
पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरुको  समाधानका लागी आमसञ्चार  प्राधिकरणद्वारा सुझाव संकलन
चार बुँदे माग राख्दै हरवा चरवाले  प्रर्दशन गर्दै बुझाए ज्ञापनपत्र 
चार बुँदे माग राख्दै हरवा चरवाले  प्रर्दशन गर्दै बुझाए ज्ञापनपत्र 
२०४८ का ब्याजीहरुले गरे शिक्षक शिक्षिकालाई सम्मान
२०४८ का ब्याजीहरुले गरे शिक्षक शिक्षिकालाई सम्मान
दुध उत्पादन र बिक्रि गर्ने स्थानमा अनुगमन
दुध उत्पादन र बिक्रि गर्ने स्थानमा अनुगमन
खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउपछि सार्वजनिक
खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउपछि सार्वजनिक