दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
विद्यालयमा पहुँच, शिक्षा हासिल गर्न आकर्षिक गराउने तथा विद्यार्थीको हौसला बढाउने उद्देश्यले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले एसईई परिक्षामा सर्वाधिक अंक ल्याई उतिर्ण भएका छात्रछात्राहरुलाई साइकल र ल्यापटप प्रदान गरेको छ ।
गाउँपालिकका कार्यालयको प्राङगणमा आइतबार आयोजित कार्यक्रममा गाउँपालिकाले आधा दर्जन छात्रछात्रालाई साईकल, ल्यापटप तथा अवकास प्राप्त प्रधानाध्यापकहरुलाई सम्मान समेत गरेको छ ।
२०७४ सालको एसईई परिक्षामा उत्कृष्ट हुने ३ छात्र र ३ छात्रालाई एक÷एक थान साईकल र ल्यापटप प्रदान गरेको हो भने गाउँपालिकाका अवकाशप्राप्त एक दर्जन प्रधानाध्यापकहरुलाई दोसल्ला र कदर पत्रबाट सम्मान गरिएको छ ।
एसईई परिक्षामा उत्कृष्ट अंक ल्याई उतिंर्ण हुने छात्रा तर्फ ईतिसा अधिकारी, रंजन कुमारी यादव र निमा कुमारी झा तथा छात्र तर्फ ओम प्रकाश साह, रविराज सिंह र देवेन्द्र कुमार खंगलाई पुरस्कार स्वरुप एक एक थान साईकल र ल्यापटप प्रदान गरिएको थियो ।
विद्यार्थीको विद्यालयमा पहुँच, शिक्षा तर्फ आकर्षित र उनीहरुलाई होसल्ला प्रदान गर्न पुरस्कार स्वरुप साईकल र ल्यापटप प्रदान गरिएको तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले बताए ।
यस्तै अध्यक्ष सिंहले अगामी शैक्षिक सत्रमा गाउँपालिकाबाट एसईई परिक्षामा जिल्ला प्रथम हुनेलाई एक लाख, प्रदेश प्रथम हुनेलाई दुई लाख र नेपाल प्रथम हुनेलाई तिन लाख रुपैया पुरस्कार स्वरुप प्रदान गरिने घोषणा पनि गरे ।
गाउँपालिका अध्यक्ष सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, भगवती दलगणका गणपति गुप्त बहादुर कुवँर, पत्रकार महासंघका सचिव जितेन्द्र झा, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक खेम बहादुर थापा, नेपाल प्रहरीका डिएसपी भावेश रिमाल, सेवा निबृत प्रधानाध्यापक भोगानन्द मिश्र, मोती नारायण मिश्र, राम नारायण यादवले राम्रो काम गरेको भन्दै कार्यक्रम आयोजकको प्रसंसा गरेका थिए ।
यसअघि सोहीे गाउँपालिकाले ज्येष्ठ नागरिक तथा शारिरीक रुपमा असक्त व्यक्तिहरुलाई लक्षित गरी घरदैलौ स्वास्थ्य उपचार कार्यक्रम सुरु गरेको थियो ।
एसईईमा उत्कृष्ट हुने छात्रछात्रालाई साईकल र ल्यापटप
सारांश
- गाउँपालिकका कार्यालयको प्राङगणमा आइतबार आयोजित कार्यक्रममा गाउँपालिकाले आधा दर्जन छात्रछात्रालाई साईकल, ल्यापटप तथा अवकास प्राप्त प्रधानाध्यापकहरुलाई सम्मान समेत गरेको छ ।
- २०७४ सालको एसईई परिक्षामा उत्कृष्ट हुने ३ छात्र र ३ छात्रालाई एक÷एक थान साईकल र ल्यापटप प्रदान गरेको हो भने गाउँपालिकाका अवकाशप्राप्त एक दर्जन प्रधानाध्यापकहरुलाई दोसल्ला र कदर पत्रबाट सम्मान गरिएको छ ।
- एसईई परिक्षामा उत्कृष्ट अंक ल्याई उतिंर्ण हुने छात्रा तर्फ ईतिसा अधिकारी, रंजन कुमारी यादव र निमा कुमारी झा तथा छात्र तर्फ ओम प्रकाश साह, रविराज सिंह र देवेन्द्र कुमार खंगलाई पुरस्कार स्वरुप एक एक थान साईकल र ल्यापटप प्रदान गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया