कवि गोष्ठी आयोजना

राजविराज राजविराज
|
मंगलबार, कार्तिक २७, २०८१
|
|
४९ पटक हेरिएको
Shares
कवि गोष्ठी आयोजना

सारांश

  •     तीन दिवसिय विद्यापति स्मृति पर्व मनाउने कार्यक्रम अन्तर्गत पहिलो दिन कवि गोष्ठीको आयोजना गरिएको हो ।
  •     गोष्ठीमा शुभकामना मन्तव्य राख्दै मैथिली साहित्य परिषद्का अध्यक्ष एवं प्रमुख अतिथि अवधेश कुमार झाले तीन दिवसिय कार्यक्रमलाई सफल बनाउन सबै मिथिला मैथिली अभियानी लाग्नुपर्नेमा जोड दिए ।
  •     मातृभाषा मैथिलीको संरक्षण सम्बद्र्धन गर्नु सबै मातृभाषीको दायित्व भएको बताउँदै उनले स्वस्फूर्त रुपमा सहभागिता जनाई विद्यापति स्मृति पर्व लाई भव्यताका साथ मनाउनमा सहयोग गर्न आग्रह गरे ।

दैनिक समाचारदाता
राजविराज, २७ कात्तिक । 

    विद्यापति स्मृति पर्वको अवसरमा मैथिली साहित्य परिषद् सप्तरीले मंगलवार कवि गोष्ठीको आयोजना गरेको छ ।
    तीन दिवसिय विद्यापति स्मृति पर्व मनाउने कार्यक्रम अन्तर्गत पहिलो दिन कवि गोष्ठीको आयोजना गरिएको हो ।
    गोष्ठीमा शुभकामना मन्तव्य राख्दै मैथिली साहित्य परिषद्का अध्यक्ष एवं प्रमुख अतिथि अवधेश कुमार झाले तीन दिवसिय कार्यक्रमलाई सफल बनाउन सबै मिथिला मैथिली अभियानी लाग्नुपर्नेमा जोड दिए ।
    मातृभाषा मैथिलीको संरक्षण सम्बद्र्धन गर्नु सबै मातृभाषीको दायित्व भएको बताउँदै उनले स्वस्फूर्त रुपमा सहभागिता जनाई विद्यापति स्मृति पर्व लाई भव्यताका साथ मनाउनमा सहयोग गर्न आग्रह गरे ।
    परिषद्का पुर्व सचिव अजय कुमार झाले विद्यापति बसेको बनौलीबारे अन्वेषण हुनुपर्ने माग गरे । उनले विभिन्न इतिहासकारहरुले विद्यापतिको प्रवास स्थल सप्तरीको बनौली नै रहेको स्पष्ट पारिसकेको भएपनि सिरहा र महोत्तरीको बनौली भनेर केही व्यक्तिहरुले मैथिलहरुको बीचमा दुरी बढाउने काम गरिरहेकोले अन्वेषण आवश्यक रहेको बताए । 
    नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्णले विद्यापतिको प्रवास स्थलबारे पुरातात्विक विभागले अन्वेषण नगरेकै कारण विद्यापति र बनौलीको नाममा सरकारी बजेट समेत खर्च भईरहेको प्रति असंतुष्टि पोखे ।
    कवि गोष्ठीमा युवा कविहरु अझै सहभागिता गराएर मैथिली साहित्यमा सृजनशीलता बढाउन परिषद्लाई अझै सक्रियताका साथ लाग्न आग्रह गरे ।
    विद्यार्थी युवा परिषद राजविराजको संयोजनमा मैथिली साहित्य परिषदले आयोजना गरेको कवि गोष्ठीमा अभय मैथिल, राजीव झा, जिल्ला समन्वय समिति सप्तरीका प्रशासकीय अधिकृत कुन्दन कर्ण, गंगा साह, शिक्षक मञ्जु श्रेष्ठ, परिषद्का उपाध्यक्ष राजकुमार लाल दासले मैथिली कविता प्रस्तुत गरेका थिए भने गायिका सुष्मा झा र किरण झाले विद्यापति गीत गाएकी थिईन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात सय अक्सिजन सिलिण्डर बरामद
सात सय अक्सिजन सिलिण्डर बरामद
अघोषित नाकाबन्दी गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
अघोषित नाकाबन्दी गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
एसइई परिक्षा मर्यादित र शान्तिपूर्ण  सम्पन्न गराउने केन्द्राध्यक्षद्वारा प्रतिबद्धता 
एसइई परिक्षा मर्यादित र शान्तिपूर्ण  सम्पन्न गराउने केन्द्राध्यक्षद्वारा प्रतिबद्धता 
विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन अभियान सुरु
सप्तरीमा दिनानुदिन आत्महत्याका घटना बढ्दै, दुई महिनामा १८ जनाले गरे आत्महत्या
सप्तरीमा दिनानुदिन आत्महत्याका घटना बढ्दै, दुई महिनामा १८ जनाले गरे आत्महत्या
मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
कोशीपीडितद्वारा मुआब्जा र क्षतिपूर्तिका  लागि पहल गर्न प्रधानमन्त्रीसँग माग 
कोशीपीडितद्वारा मुआब्जा र क्षतिपूर्तिका  लागि पहल गर्न प्रधानमन्त्रीसँग माग 
चन्दा नदिदा माइक्रो चालक र  सहचालकलाई कुटपिट गरि लुटपाट 
चन्दा नदिदा माइक्रो चालक र  सहचालकलाई कुटपिट गरि लुटपाट 
विद्यालय संचालन सम्बन्धी हालसम्म कुनै  निर्णय भएको छैन् : नगरप्रमुख यादव
विद्यालय संचालन सम्बन्धी हालसम्म कुनै  निर्णय भएको छैन् : नगरप्रमुख यादव
लालपूर्जाको माग गर्दै राजविराजवासी  पुनः आन्दोलनको तयारीमा
लालपूर्जाको माग गर्दै राजविराजवासी  पुनः आन्दोलनको तयारीमा