सर्वाधिक पुरस्कार राशी भएको मेयर कप लिग सुरु उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बजाज खडक बिजयी

राजविराज राजविराज
|
बिहिबार, चैत्र १०, २०७८
|
|
१८ पटक हेरिएको
Shares
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप लिग सुरु उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बजाज खडक बिजयी

सारांश

  •     प्रतियोगिताको नगर प्रमुख शम्भु प्रसाद यादवले ब्याटिंग तथा उपप्रमुख साधना झाले बलिङ्ग गर्दै उदघाटन गरेका छन् ।
  • दुई पटक नो बल फ्यालेकी उपप्रमुख झाले तेश्रो बलमा भने नगर प्रमुख यादवलाई क्लिन बोल्ड गरिन् ।
  •       प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्सले राजविराज ब्रर्दशलाई चार विकेटले पराजित गर्दै विजयी शूरुआत गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, १० चैत । 
    जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको चौंथो संस्करण बिहीबारदेखी राजविराजमा सुरु भएको छ । 
    प्रतियोगिताको नगर प्रमुख शम्भु प्रसाद यादवले ब्याटिंग तथा उपप्रमुख साधना झाले बलिङ्ग गर्दै उदघाटन गरेका छन् । दुई पटक नो बल फ्यालेकी उपप्रमुख झाले तेश्रो बलमा भने नगर प्रमुख यादवलाई क्लिन बोल्ड गरिन् । 
    प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्सले राजविराज ब्रर्दशलाई चार विकेटले पराजित गर्दै विजयी शूरुआत गरेको छ । 
    टस जितेर ब्याटिङ्ग रोजेको राजविराज ब्रर्र्दशले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ३९ रन जोडेको थियो । जसमा अमित कुमार यादवले सर्वाधिक ३९, निरज यादवले २६ र प्रसान्त सिंहले २७ (अविजित) रनको योगदान गरे । बलिङ्ग तर्फ बजाज खडक वारियर्सका अरनिको यादव र रोविन सिंहले समान ३÷३ विकेट बाँडेका थिए । 
    एक सय ४० रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेका बजाज खडक वारियर्स १८ दशमलव ५ ओभर मै विजयी लक्ष्य भेटाएको थियो । बजाज खडकका लागी राहुल मण्डलले सर्वाधिक ६६, अरनिको यादव ५० (अविजित) र श्रवण यादवले ११ (अविजित) रनको योगदान दिए । 
    बलिङ्ग तर्फ राजविराज ब्रर्दशका लागी अनुज कुमार चनरा र दिपेश कँडेलले समान २÷२ विकेट लिएका थिए । उक्त खेलको म्यान अफ द म्याच विजयी टिमका अरनिको यादव घोषित भए । 
    प्रतियोगिताको विजेताले ट्रफिसहित ३ लाख र उप विजेताले १ लाख ५० हजार रुपैया पुरस्कार स्वरुप पाउनेछन । 
    राजविराज नगरपालिकाको प्रमुख सहयोग तथा क्रिकेट संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा खडक नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका, आईडियल सहकारी संस्था लि, प्रमजल पानी उधोग लगायतका संघ संस्थाले पनि सहयोग गरेको आयोजक क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए । 
    चैत १६ गतेसम्म चल्ने प्रतियोगितामा बजाज खडक वारियर्स, टिभिएस किंग्स राजविराज, राजविराज ब्रर्दश, राजविराज किंग्स र तिलाठी कोईलाडी जायन्टस गरी कुल पाँच टिमको सहभागिता रहेको छ । 
    करिब ५० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा सहभागि टिमका खेलाडीहरुको डाक बढाबढ अक्सन मार्फत छनौट गरिएको थियो । 
    प्रतियोगितामा प्रत्येक टिममा राष्ट्रिय र स्थानीय खेलडीहरुको मिश्रण गरी टिम तयार पारिएको छ । प्रतियोगिताको निर्णायक तथा स्कोररमा कमलेश ठाकुृर, योगेश देव, निरज सिंह, मुकेश साह, शम्भु दास, पवन दास लगायतको प्राविधीक रहेको आयोजक समितीले जनाएको छ । 
    क्रिकेट संघ सप्तरीका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा आयोजित उदघाटन समाहरोमा नगर प्रमुख यादव, उपप्रमुख झा, प्रजिअ जर्नादन गौतम, नेपाल खेलकुद पत्रकार मंच सप्तरीका अध्यक्ष मनोज माझी, प्रेस मंचका महासचिव अवधेश झा लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित
आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित
टायर पन्चर हुँदा अनियन्त्रित भई कार पल्टिदा एकको मृत्यु, दुई गम्भिर
टायर पन्चर हुँदा अनियन्त्रित भई कार पल्टिदा एकको मृत्यु, दुई गम्भिर
होली पर्वमा ५ सय २३ सुरक्षाकर्मीसहित  ड्रोन र सिसी क्यामराबाट निगरानी गरिने
होली पर्वमा ५ सय २३ सुरक्षाकर्मीसहित  ड्रोन र सिसी क्यामराबाट निगरानी गरिने
प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा
प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा
भ्रामक प्रचारमा नपर्न जसपा निकट राष्ट्रिय विद्यार्थी संघको आग्रह
भ्रामक प्रचारमा नपर्न जसपा निकट राष्ट्रिय विद्यार्थी संघको आग्रह
अदालतबाट सजाय पाएर फरार  रहेका दुई प्रतिवादी पक्राउ
अदालतबाट सजाय पाएर फरार  रहेका दुई प्रतिवादी पक्राउ
उपचारको अभावमा दृष्टिबिहीन १५ वर्षिया सुनिता घरमै बस्न बाध्य 
उपचारको अभावमा दृष्टिबिहीन १५ वर्षिया सुनिता घरमै बस्न बाध्य 
ग्यास सिलिण्डर पड्किएर आगलागि, एक घाइते
ग्यास सिलिण्डर पड्किएर आगलागि, एक घाइते
प्रदेश २ महिला क्रिकेटमा महोत्तरी च्याम्पियन
प्रदेश २ महिला क्रिकेटमा महोत्तरी च्याम्पियन
काँग्रेस र नेकपाबाट सयौं फोरममा प्रवेश
काँग्रेस र नेकपाबाट सयौं फोरममा प्रवेश